सुनको मूल्य अझै ओरालो, आज तोलाको कति ?

काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको […]

भरुवा बन्दुकसहित एक जना पक्राउ

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–५ स्थित दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीले एक नाल भरुवा बन्दुकसहित एक जनालाई नियन्त्रणमा लिनुका साथै बेवारिसे अवस्थामा रहेको अर्को एक नाल भरुवा बन्दुकसमेत बरामद गरेको हो। भदौ १५ गते मकालु गाउँपालिका–५ का २९ वर्षीय सिताराम गुरुङले भरुवा बन्दुक लुकाईछिपाई राखेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी […]

विपन्नलाई उपचारमा छुट

खोटाङ । खोटाङ जिल्लाका विपन्न नागरिकलाई यहाँका केही अस्पतालले विशेष छुट उपलब्ध गराउने भएका छन् ।  तवाचुङ नगरपालिका र खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाका विपन्न नागरिकलाई काठमाडौँ मेडिकल कलेज ९केएमसी० अस्पताल र नोवेल मेडिकल कलेज विराटनगरले उपचारमा ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने भएका हुन् । स्थानीय तहसँगको सम्झौताअनुसार केएमसी, सिनामङ्गलले उपचार गराउन आउने नागरिकका लागि २५ […]

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

हेटौँडा । हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठुला यात्रुवाहक […]

सुदूरपश्चिममा गौरा पर्व सुरु: घरघरमा बिरुडा राखी मनाइँदै

डडेल्धुरा । सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखी मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ । तामाको भाँडोलाई […]

विपत्ति आउनु १२ दिनअघि नै चीनले दिएकाे थियाे सूचना ?

काठमाडौं । नेपालमा गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण ठुलो जनधनको क्षति भइरहेका बेला छिमेकी मुलुक चीनले एक सनसनीपूर्ण दाबी गरेको छ । चीनले नेपालमा निम्तिएको यो प्राकृतिक विपत्तिबारे घटना हुनुभन्दा १२ दिनअघि नै चेतावनी दिएको बताएको हो । बाढी र प्राकृतिक प्रकोपको समयमा आवश्यक तथ्याङ्क तथा पूर्वसूचना साझा नगरेको भन्दै […]

भोटेकोशी बाढी: ३१५ पर्यटकको उद्धार, ५८३ सम्पर्कविहीन

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी हराएका विभिन्न देशका पर्यटकमध्ये ३१५ जनाको उद्धार गरिएको छ । बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले गोसाइँकुण्ड र कैलाश मानसरोवर यात्राका क्रममा हराएकामध्ये १२ देशका ३१५ विदेशी पर्यटकको उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये सबैभन्दा धेरै भारतीय पर्यटक छन् । हालसम्म भारतका १८७, चीनका १०८, माल्टाका […]

यस्तो छ विदेशी विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ […]

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ […]

झापामा ५ लाख नागरिकलाई जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप

झापा । जिल्लामा जापानिज इन्सेफ्लाइटिस (मस्तिष्क ज्वरो) को सङ्क्रमणबाट छ जनाको मृत्यु भएपछि स्वास्थ्य कार्यालयले उच्च सतर्कता अपनाउँदै बृहत् खोप अभियानको तयारी थालेको छ । झापामा यसको सङ्क्रमणदर र मृत्युदर उच्च देखिएपछि सरकारले झापाबाट खोप अभियान सुरु गर्न लागेको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख ब्रिजकुमार दासका अनुसार भदौ अन्तिम सातादेखि सञ्चालन हुने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं