काठमाडौं । राष्ट्रिय सभाबाट रसुवा बाढीबारे विशेष प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको छ। मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा सभाध्यक्ष नारायणप्रसाद दाहालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्तावलाई सभाले सर्वसम्मत रूपमा पारित गरेको हो। भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण ठूलो धनजनको क्षति भएको थियो। बाढीमा परी ज्यान गुमाएकाहरूप्रति राष्ट्रिय सभाले […]
काठमाडौं । सार्वजनिक स्थानमा ड्युटीमा खटिएका प्रहरीको काम–कारबाही नागरिकले अडियो तथा भिडियोमार्फत रेकर्ड गर्न पाउनुपर्ने मागसहित दायर गरिएको रिटमा सर्वोच्च अदालतले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको छ। नेपाल ल क्याम्पसमा कानून अध्ययनरत विद्यार्थी विवेक चौधरी र विकास यादवले सार्वजनिक सरोकारको विषय भन्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए। उक्त रिटमाथि मंगलबार न्यायाधीश श्रीकान्त […]
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो मानवीय क्षति भएपछि राष्ट्रिय शोक घोषणा गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्। राष्ट्रिय सभाको शून्य समयमा बोल्दै सांसदहरूले भदौ १० गतेलाई राष्ट्रिय शोक दिवसका रूपमा घोषणा गरी विपद्मा ज्यान गुमाउनेहरूप्रति राज्यको सम्मान र संवेदना प्रकट गर्नुपर्ने बताएका हुन्। नेपाली कांग्रेसका सांसद युवराज शर्माले राष्ट्रिय सभा अध्यक्षमार्फत सरकारलाई […]
काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यमा सहयोग गर्न दक्षिण कोरियाबाट आएको विशेषज्ञ टोली रसुवाको धुञ्चे पुगेको छ। बाढी प्रभावित क्षेत्रमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल आएको टोलीले आजदेखि आफ्नो कार्य सुरु गर्ने भएको छ। टोलीले भोटेकोशी बाढीबाट प्रभावित विभिन्न क्षेत्रमा पुगेर खोज तथा उद्धारसम्बन्धी कार्य अघि बढाउने […]
विराटनगर । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत व्यवस्थापन तथा नागरिकको सुरक्षाका लागि नेपाल प्रहरीले ७ हजार ९९२ जना प्रहरी परिचालन गरेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित क्षेत्रमा नागरिकको खोजी तथा उद्धारसँगै सम्भावित विपद्जन्य जोखिम न्यूनीकरणका लागि विभिन्न प्रदेश तथा प्रहरी युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको हो। परिचालित […]
रसुवा । भोटेकोशी बाढीमा परी ज्यान गुमाउने ६६ जनाको शव जिल्लाका विभिन्न स्थानमा फेला परेको छ । जिल्ला प्रहरीका अनुसार बेत्रावतीमा १०, टिमुरेमा ५० र स्याफ्रुबेँसीमा ६ वटा शव भेटिएका हुन् । फेला परेका शवमध्ये ६ जनाको पहिचान भएको छ । बेपत्ता भएकाहरूको खोजी जारी छ भने प्रभावित ६०० भन्दा बढीको उद्धार गरिएको छ । […]
धनुषा । मधेस प्रदेश सरकारले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि दोस्रो चरणको राहत सामग्री आज पठाउँदैछ । मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यमा सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले राहत सामग्री पठाउने निर्णय गरेको हो । बैठकमा भोटेकोशी […]
झापा । झापा गाउँपालिकाले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २५ लाख २८ हजार २८८ सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा शिक्षकबाट रकम सङ्कलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ । गाउँपालिकाकी कार्यवाहक अध्यक्ष अन्जुदेवी […]
काठमाडौँ । विनाशकारी बाढीबाट विस्थापित महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ध्यान दिँदै प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’ तथा मनोसामाजिक परामर्शलगायत सेवा प्रदान गर्न थालिएको छ । भदौ १० गते बिहान भोटेकोशीलगायत त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट प्रभावित तथा विस्थापित महिला र किशोरीलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष ९युएनएफपिए० को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका […]
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९८७ पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मङ्गलबार बिहानसम्म सबैभन्दा धेरै चितवनमा ३२१ जनाको शव फेला परेको छ । त्यस्तै, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १७०, नुवाकोटमा ९५, गोरखामा ६५, धादिङमा ५५, तनहुँमा ३८ र रसुवामा २७ जनाको शव […]