काठमाडौं । निषेधाज्ञामा अनुमति पत्रबिना डुल्न पाइँदैन । तर, केही दिनअघि स्वयम्भूमा अचम्मकै दृश्य देखियो । प्रदेश ३(०१(००२ झ ४९२२ नम्बरको सरकारी गाडी लिएर एक सरकारी कर्मचारी युवक स्वयम्भूमा एक युवतीसहित पुगेको दृश्य भाइरल बन्यो । त्यसपछि उक्त गाडीसहित सवारी हुने जोडीको पहिचान अघि बढाइयो । र, पहिचानका क्रममा युवती लिएर पुग्ने सरकारी कर्मचारी फेला […]
विराटनगर । प्रदेश १ मा आज ९९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४०१ महिला र ५९२ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ४० हजार ४०६ पुगेको छ । प्रदेश १ मा आज ८५१ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३३९, मोरङमा २५६, […]
रौतहट । दुर्गा भगवती गाउँपालिका–५ का १८ वर्षीय युवकले युवतीलाई प्रेमपत्र लेखेको भन्दै उनीमाथि निर्घात कुटपिट गरिएको छ । विकास पासवान नामका युवकलाई बाँधेर कुटपिट गरेको भिडियो र तस्बिर सामाजिक संजालमा भाइरल बनेको हो । कक्षा ११ मा पढ्ने युवक पासवानलाई केही व्यक्तिले बाँधेर कुटपिट गरेका हुन् । कुटपिट गरेको स्थानमा एक दर्जन बढी मानिस […]
संखुवासभा । मादी नगरपालिका–५ च्याङरिङमा आगलागीबाट एक दम्पतीको मृत्यु भएको छ । आगलागीमा परेर किरियापुत्री बसेका च्याङ्रिङका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद दाहालले बताए । बुबाको किरियामा बसेका दम्पतीको आगलागीमा परेर गयराति १ बजे मृत्यु भएको हो । आगलागीमा परेर […]
विराटनगर । बिहीबार साँझ ७ : ३५ बजे विराटनगर महानगरपालिका ४ स्थित विराटनगर विमानस्थलको नहरनजिक पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र ३–०१–००२ च २१३९ नम्बरको कारले दुई जना पैदल यात्रीलाई एकै पटक ठक्कर दियो । दुर्घटनामा परेर एक जनाको मृत्यू भयो भने अर्का एक जना गम्भीर घाइतेको नोबेल अस्पतालमा उपचार भइरहेको छ । भारतीय नागरिक ३५ […]
पाँचथर । कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका फिदिमनगरपालिका ८ का दुईजना पुरुषको बिहीबार राति निधन भएको छ । रानिटार स्थितघुमाउने टारका अन्दाजी ७० वर्षीय वृद्ध र कागतेका अन्दाजी ६० वर्षीय पुरुषको निधन भएको वडाध्यक्ष सेरबहादुर नेम्बाङले जानकारी दिए । ‘दुवैजना मृतकमा कोरोनाको लक्षण देखिएको थियो,’ नेम्बाङले भने ‘उनीहरुका परिवारका अन्य सदस्य पनि बिरामी छन् ।’ […]
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा १५ बर्षिया छोरी बलात्कार पछि बुबा फरार भएका छन् । गत मंगलबार घरमा कोही नभएको समयमा ३५ बर्षिय वुवाले छोरीलाई बलात्कार गरेको भन्दै बिहीबार आमाले इलाका प्रहरी कार्यालय कटारीमा जाहेरी दिए लगत्तै उनी फरार भएका हुन् । उनको खोजी कार्य जारी राखिएको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए । उनको भागेर […]
विराटनगर । प्रदेश १ मा आज ९८२ जना संक्रमणमुक्त भएका छन । संक्रमणमुक्त हुनेमा ४३७ महिला र ५४५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सवैभन्दा बढी मोरङबाट ४५० जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३९ हजार ४११ पुगेको छ । प्रदेश १ मा आज ७६४ जना संक्रमित थपिएका […]
विराटनगर । मोरङको केराबारी गाउँपालिकाबाट प्रहरीले चार थान बन्दुकसहित चार जनालाई पक्राउ गरेको छ । केराबारी ३ का ३२ वर्षीय हस्तकुमार राईको हत्या गरि फरार रहेका चार जनालाई प्रहरीले पक्राउ गरेको हो । राईसहित १० जना बाँसघारी खोप सरकारी राष्ट्रिय बनतर्फ शिकार खेल्न गएकोमा जेठ ८ गते गजेन्द्र राईले प्रहार गरेको भरुवा वन्दुकको गोली लागेर […]
विराटनगर । उच्च अदालत विराटनगरले निषेधाज्ञाका बेला समस्यामा परेका विपन्न नागरिकलाई २४ घण्टाभित्र राहत उपलब्ध गराउन विराटनगर महानगरपालिका र १ नं. प्रदेश सरकारलाई आदेश दिएको छ । अधिवक्ता विनोद साहलगायतले दायर गरेको रिटमा सुनुवाई गर्दै उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश राजनप्रसाद भट्टराईको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । कोरोना महामारी नियन्त्रणका […]