ताप्लेजुङ । फुङलिङ नगरपालिका ११ फावाखोलाका गोपाल बिष्ट भेडा धपाउँदै लेकबेंसी गर्न थालेको २२ वर्ष भयो । १२ वर्षअघिसम्म सिद्धिमा लगेका एक हजार भेडा दुई जना मात्रैले हेर्न सक्थे । फक्ताङलुङ गाउँपालिका ६ लेलेपको सेलेले पु¥याएका उनका तीन सय ५० भेडा हेर्न अहिले ७ जना मान्छे राखेका छन् । ४३ सय मिटर उचाइमा रहेको यहाँ घाँस प्रशस्त छ । […]
विराटनगर। केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति हितकर हुने ठहर […]
काठमाडौं । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति ९भेरियन्ट० मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट ९बी।१।१।७०को मात्र परीक्षण गर्न सकिन्छ। अरू सकिन्न। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस […]
विराटनगर । एम्नेष्टीको नेपाल कार्यालयलले शुक्रबार एक अपिल जारी गर्दै दोस्रो डोजको कोरोना खोप नपाएकाले १४ लाख नागरिकको जीवन जोखिममा परेको र कोरोना भाइरस नियन्त्रणमा चुनौती हुने भन्दै चिन्ता व्यक्त गरेको छ । एम्नेष्टीले नेपाललाई तत्काल भ्याक्सिन उपलब्ध गराएर खतरामा परेका नेपाली नागरिकको जीवन बचाउनका लागि भूमिका खेल्न धनी र खोप भण्डार गरी राखेका देशहरूसँग […]
बार्सिलोना । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन् । प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन् । ‘४ करोड ७० लाख स्पेनी देशभक्तहरू माझ एउटा महत्त्वपूर्ण घोषणा गर्न चाहन्छु,’ समाजवादी नेता सान्चेजले भने,’ अर्को बिहीबार हामी एउटा असाधारण […]
काठमाडौं । भारतमा आगामी अक्टोबरबाट कोरोना भाइरस ९कोभिड–१९० को अर्को लहर आउन सक्ने विज्ञहरुले अनुमान गरेका छन् । स्वास्थ्य विशेषज्ञ, वैज्ञानिक, संक्रामक रोग विशेषज्ञ, महामारीविद् र प्राध्यापक समाचार संस्था रोयटर्सले गरेको कुराकानीमा उनीहरुले तेस्रो लहर आउन सक्ने तर अहिलेको भन्दा नियन्त्रित हुने धारणा राखेका हुन् । अक्टोबरमा सुरु हुने तेस्रो लहर वर्षको अन्तिमसम्म रहने उनीहरुको […]
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । लोकतन्त्र र संविधानको रक्षाका लागि पाँच दलीय गठबन्धनलाई थप मजवुत बनाउनुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निकर्ष छ । कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले विपक्षी गठबन्धन बनाएका छन् । […]
ताप्लेजुङ । जिल्लाको सिरिजङ्घा गाउँपालिकाले प्रत्येक वर्ष एकजनालाई एमबीबीएस (डाक्टर) पढ्न छात्रवृत्ति दिने योजना ल्याएको छ । पालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत् ‘म स्वस्थ मेरो गाउँ स्वस्थ’ अभियान सञ्चालन गर्दै डाक्टर उत्पान गर्ने नीति लिएको हो । आमार्गी वर्षदेखि एमबीबीएस अध्ययनको प्रवेश परीक्षा उत्तिर्ण गाउँपालिकाभित्रका एक विद्यार्थीले वर्षिक १३ लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन् […]
विराटनगर । प्रदेश १ माआज१ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा १५२, सुनसरीमा १०२, झापामा७२, इलाममा७, […]
उदयपुर । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् । बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन […]