कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ […]

गुरु पूर्णिमा मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा आज देशभर श्रद्धा र सम्मानका साथ मनाइँदै छ। यस दिन शिक्षा, दीक्षा तथा ज्ञान प्रदान गर्ने गुरुजनप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको छ। वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्म जयन्तीका अवसरमा मनाइने व्यास जयन्तीलाई नै गुरु पूर्णिमाका रूपमा मनाउने चलन रहिआएको छ। वेद व्यासले वेद, वेदान्त, […]

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदर स्थानको आसपासमा तथा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणता बादल लागेको छ । मधेस, बागमती र […]

प्रधानमन्त्रीको अपिल: सुनसरी घटनाका दोषीमाथि कारबाही, पीडितलाई न्याय र क्षतिपूर्ति दिइने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई न्याय, पीडितलाई क्षतिपूर्ति र दोषीमाथि कानुनबमोजिम कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । उनले घटनाबाट प्रभावित परिवारको पीडा सरकारले महसुस गरेको बताउँदै न्याय र […]

पुनः सुनसरीको देवानगञ्ज बजारमा झडप

विराटनगर । असान्त बनेको सुनसरीको देवानगञ्ज बजारमा मंगलबार राति पनि दोहोरो झडप भएको छ । देवानगञ्ज–३ स्थित देवानगञ्ज बजारमा मंगलबार राति करिब ८ बजेबाट झडप सुरु भएको हो । बजार क्षेत्रमा दुई पक्षबीच भइरहेको झडप नियन्त्रणमा लिनका लागि प्रहरीलाई सकस परेको छ । दुवै पक्ष घरेलु हतियारसहित बजारमा निस्किएपछि झडप भएको फिल्डमा खटिएका एक प्रहरीले […]

स्वास्थ्य मन्त्री मेहता विराटनगरमा, ३ अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट

विराटनगर । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटनामा घाइते भई विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता मंगलबार विराटनगर पुगेकी छन्। घटना लगत्तै मन्त्रालयले उपचार व्यवस्थापनमा सक्रियता बढाइरहेका बेला मन्त्री मेहताले स्वयं अस्पताल पुगेर घाइतेहरूसँग भेटघाट गरेकी हुन्। मन्त्री मेहताले नोबेल शिक्षण अस्पताल,विराट मेडिकल कलेज शिक्षण अस्पताल र […]

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निमन्त्रणा

काठमाडौं । भारत सरकारले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ । भारतको विदेश मन्त्रालयले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाएको पुष्टि गरेको हो । मंगलबार भारतीय विदेश मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री साहलाई भ्रमणको निमन्त्रणा पठाइएको बताएका हुन् । पत्रकारले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइएको […]

सुनसरी घटनामा रास्वपाको ध्यानाकर्षण, हिंसाबाट समाधान ननिस्कने रविको भनाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुनसरीलगायत पूर्वी जिल्लामा भएका पछिल्ला घटनाप्रति दुःख व्यक्त गर्दै शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्। मंगलबार जारी विज्ञप्तिमार्फत लामिछानेले घटनाबाट सिर्जित तनावपूर्ण अवस्थाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्। उनले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना […]

भिसा दस्तुरवापत काँकडभिट्टा अध्यागमनले कति उठायो ?

भद्रपुर (झापा) । प्रवेशाज्ञा (भिसा) दस्तुरवापत गत आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड ६५ लाख ६८ हजार ५३७ राजस्व संकलन गरिएको छ । पूर्वी नेपालको मुख्य प्रवेशद्वार काँकरभिट्टा अध्यागमन कार्यालयले नेपाल प्रवेश गर्ने विदेशी नागरिकबाट उक्त राजस्व रकम जम्मा गरेको हो । निमित्त कार्यालय प्रमुख इन्द्रकुमार राजवंशीले सो नाकाबाट नौ हजार ४४७ जना विदेशी […]

कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको मंगलबार जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिएका छन्। पूर्वमन्त्री श्रेष्ठका अनुसार दिवंगत नेताको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि श्रद्धाञ्जलीसहितको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं