पुजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी, अस्पतालमा बेड अभाव

विराटनगर । मोरङको रंगेलीमा पुजाको प्रसाद खाँदा ४० जना स्थानीय बिरामी भएका छन् । रंगेली नगरपालिका ७ का पिन्टु दत्तको घरमा शनिबार लगाएको लक्ष्मी पुजाको प्रसाद खाँदा एकै गाउँका ४० जना बिरामी भएका हुन् । कोजाग्रत पुर्णिमाको दिन बङ्गाली समुदायले लक्ष्मी पुजा गर्ने र सो रात जागरम समेत बस्ने भएकाले त्यस दिन छरछिमेक भेला भएर […]

शवमा दलाली : पैसा तिर्न नसक्दा अस्पतालले दिएन कोरोना संक्रमितको शव

विराटनगर । विराट मेडिकल कलेजले उपचारका क्रममा लागेको खर्च नतिरेको भन्दै एक कोरोना संक्रमितको शव परिवारलाई दिएको छैन । तीन दिनसम्म पनि कोरोना संक्रमणका कारण मृत्यु भएका एक पुरुषको शव आफन्तलाई अस्पतालले नबुझाएको हो । शनिबार बिहान उपचारका क्रममा मृत्यु भएका विराटनगर ३ का ६५ वर्षीय तामाङ थरका पुरुषको शव उपचारमा लागेको शुल्क नतिरेको भन्दै […]

विराटनगरमा आइतबार साँझ दुई कोरोना संक्रमितको मृत्यु

विराटनगर । विराटनगरमा उपचाररत कोरोना भाइरस संक्रमित दुई वृद्ध पुरुषको आइतबार साँझ मृत्यु भएको छ। कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत विराटनगर महानगरपालिका–३ का ७० वर्षीय वृद्धको मृत्यु भएको हो। कात्तिक ७ गते कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो। अस्पतालका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार उपचारकै क्रममा वृद्धको मृत्यु भएको […]

पर्यटनका सबै क्षेत्र खोल्ने तयारीमा सरकार, प्रस्ताव छिट्टै मन्त्रिपरिषद्मा लगिने

काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्यटनका सबै क्षेत्र खोल्ने तयारी गरेको छ। कोभिड १९ महामारीकै बीच पर्यटनका सबै क्षेत्र खुला गर्ने तयारी भइरहेको जनाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल पर्वतारोहण संघ (एनएमए) को ४७ औं वार्षिकोत्सवका अवसरमा आयोजित वेबिनार कार्यक्रमलाई सम्बोधन गर्दै कोभिडसँग सुरक्षित रहँदै विस्तारै पर्यटन खोल्दै जानाको […]

आईपीएलबाट राजस्थान बाहिरियो, कोलकाता प्ले अफ नजिक

एजेन्सी । राजस्थान रोयल्स १३औँ आईपीएल टी ट्वान्टी क्रिकेटमा लिग चरणबाटै बाहिरिएको छ । दुबईमा आइतबार राति जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्ससँग ६० रनले पराजित भएपछि राजस्थान आईपीएलको प्ले अफ होडबाट बाहिरिएको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर […]

प्रदेश १ मा ३५७ जना कोरोनाका नयाँ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा दशैं पछि पीसीआर परिक्षण बढाएसँगै संक्रमितको संख्या पनि बढ्न थालेको छ । आइतबार मात्रै प्रदेशभर ३ सय ५७ जना कोरोना का नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । आइतबार थपिनेमा मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, तेह्रथुम र […]

खुलेआम हिँड्दै कोरोना संक्रमित, अस्पतालहरुमा बेड अभाव

धरान । सुनसरीमा कोरोना भाइरस संक्रमित बिरामीको संख्या दैनिक वृद्धि भइरहेको छ। संक्रमितको संख्या वृद्धि भएसँगै जिल्लाका अस्पतालहरुमा बेड अभाव हुन थालेको छ। अस्पतालहरुमा बेड अभावका कारण सुनसरीका धेरै संक्रमित होम आइसोलेशनमा बसेका छन्। होम आइसोलेसनमा बसेका कोरोना भाइरसका संक्रमित बिरामीहरुले न्युनतम स्वास्थ्य मापदण्डको पालना नगर्दा कोरोना भाइरसको झन् जोखिम बढेको हो।होम आइसोलेसनमा बसेका संक्रमितहरु […]

बेवारिसे अवस्थामा एक महिलाको शव फेला

विराटनगर । मोरङको उर्लाबारी—४ आइतबारेको पूर्वपश्चिम राजमार्गमा शनिबार साँझ बेवारिसे अवस्था एक महिलाको शव फेला परेको छ। पूर्व(पश्चिम राजमार्गमा मृत भेटिएकी अन्दाजी वर्ष ३० की ती महिलाको पहिचान खुल्न नसकेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ। घटनाको प्रारम्भिक अवस्था अनुसार सडक दुर्घटनामा परी मृत्यु भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ। गाडीले ठक्कर ‌ दिएर महिलाको […]

मोरङमा पछिल्लो १२ घण्टामा थप ६ जनाको कोरोनाले मृत्यु

काठमाडौं । मोरङका विभिन्न अस्पतालमा पछिल्लो १२ घण्टाको अवधिमा थप छ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यसरी मृत्यु हुनेहरुमा नोबेल शिक्षण अस्पताल विराटनगरमा चार, विराट मेडिकल कलेज बूढीगङ्गामा एक र म्याक्स इन्टरनेसनल हस्पिटल एवं ट्रमा सेन्टर विराटनगरमा एक जनाको मृत्यु भएको हो। नोवेल शिक्षण अस्पतालमा मोरङको उर्लाबारीकी ६६ वर्षीया महिला, झापा विर्तामोडका ७५ वर्षीय […]

प्रदेश १ मा कोरोना : २४ घण्टामा २ सय २२ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार २ सय २२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । थपिनेमा मोरङमा १ सय २६, सुनसरीमा ५८, झापामा २९, इलाममा ३, धनकुटामा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा १ सय ५ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा