उदयपुर । उदयपुर त्रियुगा नगरपालिका २ खैजनपुर बस्ने ३८ बर्षीया रिता बुढाथोकीको करेन्ट लागेर मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे खेतमा पानी लगाउनका लागी मोटर चलाउने क्रममा अचानक करेन्ट लाग्दा रिता वेहोस भएकी थिईन । वेहोस भएकी उनको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा साँझ साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
झापा । झापाको मेचीनगर नगरपालिका १५ हल्दिबारी क्षेत्रबाट एक लाख मुल्य बराबरको अतिसबाजी (पटका) प्रहरीले बरामद गरिएको छ । पटकाहरु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले हिजो साँझ साढे ७ बजे एक लाख मुल्य बराबरको विभिन्न ब्राण्डका अतिसबाजी (पटका)हरु बरामद गरेको हो । लुकाई छिपाई राखीएको […]
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सार्वजनिक यात्रुवाहक सवारी साधनमा भाडादरको विवरण (लिष्ट) नभएमा कारबाही गर्ने भएको छ। शुक्रबारदेखि अभियानकै रूपमा थालनी गरी ४२९ वटा सवारी साधनहरूमा टाँसेको र आज पनि उक्त अभियानलाई निरन्तरता दिइरहेको महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सार्वजनिक सवारी साधनले नियम विपरीत चर्को भाडा लिने गरेको गुनासो व्यवस्थापन गर्न तथा यात्रुलाई […]
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा अपराह्न १ बजे बस्ने कांग्रेसले जनाएको छ। पार्टीको आगामी १४ औं महाधिवेशनको तयारी सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन पार्टीले अनुरोध गरेको छ।कांग्रेसले फागुन ७ देखि १० गतेसम्म पार्टीको १४औं […]
काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ८० लाख ८८ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ हजार २८१ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ४६ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७३ लाख ७१ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् । ५ लाख ९५ हजार १७ जनाको उपचार भइरहेको छ […]
विराटनगर । प्रदेश १ मा विहीबार १३४ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ५७, मोरंगमा ४२, झापामा ३१, ते¥हथुममा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको धरानमा ४७, इटहरीमा ७, रामधुनी, गढी र स्थानीय तह नखुलेका १–१ जना, मोरंगको विराटनगरमा ३२, बुढीगंगामा २, कानेपोखरी, सुन्दरहरैचा […]
काठमाडौं । सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोना भाइरस संक्रमण देखिएको छ । आफू र पत्नी निकितालाई संक्रमण भएको लामिछानेले बिहीबार सामाजिक संजालमार्फत जानकारी दिएका छन्। मंगलबार रातीबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर परीक्षण गराउँदा आफूहरुमा कोरोना संक्रमण देखिएको लामिछानेले जनाएका छन्। ुगत मंगलबार रातीबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, […]
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले विभिन्न बहाना बनाएर प्रविधिको दुरुपयोग गरी अश्लील गतिविधि भइरहेकाले सचेत हुन ध्यानाकर्षण गराएको छ । विभिन्न व्यक्तिको ल्याण्डलाइन र मोबाइल फोनमा नम्बर नै नदेखिने तथा सामाजिक सञ्जालको नक्कली आइडी बनाएर कल गरी आफू प्रहरीको साइबर क्राइम विभागको मान्छे भएको भनी प्रविधिको दुरुपयोग गर्ने क्रम देखिएकाले सूचना जारी गरी सतर्क […]
काठमाडौं । आज चौथो दिन पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ । नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ । विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज चौथो दिन पनि टिका लगाइँदैछ । […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठक स्थगित भएको छ। कातिक १५ देखि १७ गतेका लागि बोलाइएको केन्द्रीय कमिटीको तेस्रो बैठक स्थगित भएको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणको त्रास अझै भएकाले स्थगित भएको नेकपाले जनाएको छ। नेकपाका केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले विज्ञप्ति […]