विराटनगर । सहर तथा गाउँ क्षेत्रमा बाँझो जमिन अत्याधिक बढेपछि मोरङको कटहरीस्थित जीवन विकास समाजले बाँझो खेतमा खेती गर्ने अभियान सुरु गरेको छ । शुक्रबार कटहरी–२ करिब ४ कठ्ठा जमिनमा पछुवा धान रोपी अभियानको सुरुवात गरिएको छ । प्रदेशको कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेन्द्र उप्रेती, जीवन विकास समाजका अध्यक्ष योगेन्द्र मण्डलले धान रोपेर अभियान […]
ताप्लेजुङ । सशस्त्र प्रहरीले भारतसँग सिमाना जोडिएका पाँचथरका दुई स्थानमा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरेको छ । याङवरक गाउँपालिकाको चिवाभञ्ज्याङ र फालेलुङ गाउँपालिकाको सुर्केथाममा स्थापना गरिएको हो । चिवाभञ्ज्याङ बीओपीको बिहीबार प्रदेश सांसद सिता थेवे र सशस्त्र प्रहरी बल १ नं प्रदेश प्रमुख (डिआईजी ) बंशीराज दाहालले संयुक्त रुपमा उद्घाटन गरे । शुक्रबार सुर्केथामको […]
काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष खतिवडाले राजीनामा बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए । शुक्रबार दिउँसोको मन्त्रिपरिषद्को बैठकमा आफूलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिएकोमा धन्यवाद दिएका खतिवडाले त्यसपछि अर्थ मन्त्रालयमा कर्मचारीसँग बिदाइ कार्यक्रम गरेका थिए । त्यसपछि उनी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय पुगेर पनि […]
विराटनगर । प्रदेश १ मा १ सय ४५ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिले सम्मकै उच्च हो । मोरङमा ७०, सुनसरीमा ३४, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्वु, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा आज ६० जनामा संक्रमण पुष्टि भएको छ […]
काठमाडौं । आज बस्ने मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभामा नेकपा उपाध्यक्ष वामदेव गौतमलाई नियुक्ति गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने भएको छ । बैठक ११ बजे पछि बस्ने बताईएको छ । बैठकले अर्थ, सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाको फेयरवेल पनि गर्ने स्रोतले जानकारी दिएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको बिहीबार बसेको सचिवालय बैठकले राष्ट्रिय […]
काठमाडौं । शुक्रबार बिहान संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । बिहान ७ बजेर २० मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको हो । संखुवासभाको मकालु बरुण राष्ट्रिय निकुञ्ज, ताम्कु र पाथिभरा आसपास केन्द्रबिन्दू भएर भूकम्प गएको बताईएको छ । भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महशुस गरिएको थियो ।
धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्प्तालमा सप्तरीका दुई कोरोना संक्रमितको मृत्यु भएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार राजविराज ७ का दुबै पुरुषको विहीबार १ घण्टाको अन्तरालमा मृत्यु भएको हो । प्रवक्ता सापकोटाका अनुसार छिन्नमस्ता अस्पतालबाट रिफर भएर कोभिड १९ अस्पतालमा भदौ ८ गते भर्ना भएका ५५ वर्षीय […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिबालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटरमा बसेको सचिबालय बैठकले यसअघि गत माघको सचिबालय बैठकको निर्णय अनुसार गौतमलाई नै राष्ट्रियसभामा लैजाने निश्चित गरेको हो । राष्ट्रियसभाको खाली रहेको मनोनित कोटामा गौतमलाई पठाउने निर्णय गत माघको सचिबालय बैठकले गरेको भएपनि प्रधानमन्त्री केपी […]
विराटनगर । प्रदेश १ मा आज ९५ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा ६, धनकुटा र ते¥हथुममा २–२ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ३३ जनामा संक्रमण देखिएको छ । १३ महिला र २० पुरुषको कोरोना रिपोर्ट […]
काठमाडौं । गोकुल बाँस्कोटाले ७० करोड घुस प्रकरण नाम दिईएको एक अडियो सार्वजनिक गरेका विजय प्रकाश मिश्रले आफुसँग त्यसको भिडियो समेत सर्वजनिक गर्ने बताएका छन् । देशबाहिर रहेका मिश्रले एक टेलिभिजनसँग अनलाईन अन्तवार्ता दिँदै आफुले उक्त भिडियो अख्तियार र अदालतमा बुझाउने बताए । मिश्र हाल जापानमा छन् । तर उनलाई अख्तियारले ७ दिन भित्र हाजिर […]