उदयपुरमा छिमेकीबिचको विवादले निम्त्यायो हत्या

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकामा छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा एक जनाको ज्यान गएको छ। आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको हो। घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय राम प्रसाद राई र ६४ वर्षीय […]

पर्यटन र आम्दानी जोड्दै पाँचथरको चौँरी महोत्सव, गोठ नै बने ‘गोठबास’

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिकाको चारराते–फालोट क्षेत्रमा नौ वर्षदेखि आयोजना भइरहेको चौँरी पर्यटन महोत्सवले यहाँका चौँरीपालकहरूलाई फाइदै फाइदा पुर्‍याएको छ। विसं २०७४ सालदेखि समुद्री सतहबाट तीन हजार ५०० मिटर उचाइको फालोट क्षेत्रमा आयोजना हुने महोत्सवले चौँरीपालन संवर्द्धन हुनाका साथै चौँरीजन्य सामग्रीले अन्तर्राष्ट्रिय बजार पाएको छ। चौँरीपालकका गोठहरू नै अहिले पर्यटक बस्ने स्थल बनेका छन् भने […]

११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् निर्माण हुने

काठमाडौं । सोलुखुम्बु जिल्लाको दुधकोशी नदीमा ११० मेगावाटको दुधकोशी पाँचौँ जलविद्युत् आयोजना निर्माण हुने भएको छ । यहाँको माप्य दुधकोशी गाउँपालिका–२, ३, ४, ६ र ७ मा आयोजनास्थल रहनेगरी सो आयोजना प्रस्ताव गरिएको हो । आयोजनाको विद्युतगृह माप्य दुधकोशी गापा–४ काँकुखोला र दुधकोशी नदीको संगमबाट ७३० मिटर माथि रहनेछ । आयोजना निर्माण सम्पन्न भएपछि राष्ट्रिय […]

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै

काठमाडौं । कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पंक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ। प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रमध्ये पर्ने सुनसरी स्थित एक ठूलो पोल्ट्री फार्ममा सङ्क्रमण देखिएपछि त्यहाँ रहेका करिब १ लाख ५५ हजार कुखुरा नष्ट गर्ने तयारी गरिएको छ। त्यसैगरी, मोरङ जिल्लाको बूढीगंगा क्षेत्रमा रहेको अर्को फार्मसहित दुई ठूला उत्पादन […]

प्रधानमन्त्री र मन्त्रीलाई आइफोन र गोप्य नम्बर हल्ला मात्रै

काठमाडौं । सरकारले मन्त्रीहरूलाई छुट्टै आइफोन उपलब्ध गराउने भन्ने चर्चा निराधार भएको स्पष्ट पारेको छ। प्रधानमन्त्री तथा मन्त्रीहरूको सचिवालयले यस्तो कुनै निर्णय नभएको बताउँदै सार्वजनिक रूपमा फैलिएको सूचना भ्रामक भएको जनाएको हो। प्रधानमन्त्रीसँग समन्वयका लागि मन्त्रीहरूले सिंहदरबारमै प्रत्यक्ष छलफल गर्न सक्ने व्यवस्था रहेकाले छुट्टै फोन वा नम्बरको आवश्यकता नरहेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असीम शाहले बताए। […]

मन्त्रालय घटाउनेबारे कांग्रेसले मुख्यमन्त्रीहरुसँग छलफल गर्दै

काठमाडौं । नेपाली कांग्रेसले सात प्रदेशका सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरुलाई छलफलका लागि केन्द्रीय कार्यालय बोलाएको छ । सानेपामा दिउँसो १ बजे हुने छलफल प्रदेशका मन्त्रालय घटाउनेबारे केन्द्रित हुने एक नेताले जानकारी दिए । ‘कांग्रेस नेतृत्वमा बनेका प्रदेश सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले नेतृत्व गरेका प्रदेशमा मन्त्रिपरिषद्को संख्या घटाउने लगायतका विषयमा छलफल हुन्छ,’ […]

खोटाङ र उदयपुरमा भारी वर्षा

काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव कायम रहँदा शनिबार पनि देशका विभिन्न जिल्लामा वर्षा भएको छ । खोटाङ र उदयपुरमा भने १२ घण्टामै भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागमा अहिले राति ९ः३० बजेको अभिलेखअनुसार पछिल्लो १२ घण्टामा खोटाङको भैँसे लामीडाँडा स्टेशनमा ७५.२ मिलिमिटर र उदयपुरको गढीमा ४९.६ मिलिमिटर वर्षा […]

कर्णाली र सुदूरपश्चिममा चट्याङसहित हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहँदा कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम ‘बुलेटिन’का अनुसार तराई भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र […]

सर्वोच्चको फैसला स्वीकार गर्ने देउवा पक्षको निर्णय

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय नेताहरूको बैठकले सर्वोच्च अदालतको आदेश स्वीकार गर्ने निर्णय गरेको छ । शनिबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको घरमा बसेको बैठकले विधिको शासन मान्ने नीति कांग्रेसको रहेकाले असन्तुष्टिका आधार हुँदाहुँदै पनि फैसला स्वीकार गर्ने निर्णय गरेको नेता मीन विश्वकर्माले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बैठकमा आगामी […]

एमाले अध्यक्ष ओली डिस्चार्ज

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली टिचिङ अस्पतालबाट डिस्चार्ज भएका छन् । अध्यक्ष ओलीको पित्तथैलीमा भएको पत्थरीको सोमबार शल्यक्रिया गरिएको थियो । शल्यक्रिया र उपचारपछि अध्यक्ष ओली आज डिस्चार्ज भएका हुन् ।

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं