काठमाडौं । गृहमन्त्री सुधन गुरुङले सशस्त्र प्रहरी बल (एपीएफ) का महानिरीक्षक राजु अर्याल सहितको टोलीसँग सुरक्षा तथा व्यवस्थापनसम्बन्धी विषयमा छलफल गरेका छन्। गृहमन्त्रीको सचिवालयका अनुसार उक्त भेटवार्तामा सीमा क्षेत्रको सुरक्षा अवस्थालाई थप प्रभावकारी बनाउन गस्ती गतिविधि सुदृढ गर्ने विषयमा निर्देशन दिइएको छ। सीमाबाट हुने अवैध गतिविधि नियन्त्रणमा कडाइ आवश्यक रहेको उनले औँल्याएका छन्। बैठकमा प्राकृतिक […]
काठमाडौं । देशका केही स्थानमा यति बेला पानी परिरहेको छ । देशका चार प्रदेशमा पानी पार्ने बादल विकास भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कास्की, लमजुङ, म्याग्दीलगायत जिल्लामा वर्षा भइरहेको छ । हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । “हाल वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भूभागमा मेघगर्जन÷चट्याङसहित पानी पार्ने बादल […]
काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण प्रक्रियामा ठूलो परिवर्तन गरिएको छ। सरकारले अबदेखि यस्तो परीक्षण सरकारी स्वामित्वका वा नेपाल सरकारबाट स्वीकृत स्वास्थ्य संस्थाबाटै गर्न सकिने व्यवस्था लागू गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मंगलबार जारी गरेको जानकारीअनुसार लामो समयदेखि केही सीमित निजी संस्थामा केन्द्रित रहेको स्वास्थ्य परीक्षण प्रणालीलाई खुला […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले विभिन्न प्रदेशका जनप्रतिनिधिसँग गरिँदै आएको छलफल श्रृंखलालाई निरन्तरता दिँदै सुदूरपश्चिम प्रदेशबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरूसँग परामर्श गरेका छन्। प्रधानमन्त्रीले यसअघि कोशी र कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग संवाद गरिसकेका थिए। सोही क्रमलाई अघि बढाउँदै मंगलबार सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग छलफल गरिएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार उक्त बैठक सिंहदरबारस्थित प्रधानमन्त्री […]
काठमाडौं । नागढुंगा–मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको जानकारी गराएको हो । चितवन इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ । […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि आफ्ना सम्पूर्ण कार्यक्षेत्रभित्र प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरेको जनाएको छ। मन्त्रालयले वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा उतार्ने उद्देश्यसहित उक्त निर्णय कार्यान्वयनमा ल्याएको स्पष्ट पारेको छ। प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगका कारण वातावरणमा परेको नकारात्मक असर न्यूनीकरण गर्न तथा वैकल्पिक एवं वातावरणमैत्री सामग्रीको […]
काठमाडौं । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा दिन आनाकानी गरेको तथा बिरामीलाई आवश्यक सुविधा नदिइएको पाइएपछि स्वास्थ्य बीमा बोर्डले कानुनअनुसार कारबाही हुने चेतावनी दिएको छ । बीमा कार्यक्रमअन्तर्गत सेवा प्रवाहका क्रममा केही सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमित सेवाग्राहीलाई दु:ख दिएको तथा सेवा प्रवाह नगरेको पाइएपछि बोर्डले सहज रूपमा स्वास्थ्योपचार गर्न गराउन आग्रह […]
काठमाडौं । आज मंगलबार पनि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको छ । आज दिउँसो कोशी र मधेश प्रदेशलगायत […]
दुबई । संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई बन्दरगाहमा कुवेतको एक ठूलो तेल ट्यांकरमा आक्रमण भएको छ । यस आक्रमणलगत्तै अमेरिकी कच्चा तेलको सूचक वेस्ट टेक्सास इन्टरमिडियट (डब्ल्यू.टी.आई.) को मूल्य ३.४ प्रतिशतले बढेको छ । कुवेतको सरकारी समाचार एजेन्सी ‘कुना’का अनुसार अंकरेज क्षेत्रमा रहेको ‘अल–सल्मी’ नामको जायन्ट ट्यांकरमा सिधै आक्रमण भएको हो । कुवेत पेट्रोलियम […]
काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले ५ जना प्रतिनिधिसभा सदस्यलाई सम्मान गर्ने भएको छ । ताप्लेजुङमा जन्मिएका र पुर्ख्यौली घर भएका गत फागुन २१ मा सम्पन्न निर्वाचनमा विजयी र समानुपातिक पाँच जना सांसदलाई सम्मान गर्ने निर्णय भएको ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । सम्मानित हुने सांसदहरूमा क्षितिज थेबे, यज्ञमणि न्यौपाने, गीता लिङदेन, […]