काठमाडौं । ताप्लेजुङ समाज–नेपालले जिल्लाको संस्कृति संरक्षण र स्थानीय पहिचानको प्रवर्द्धनलाई मुख्य प्राथमिकतामा राख्दै नयाँ नीति तथा कार्यक्रम पारित गरेको छ । ताप्लेजुङबाट काठमााडौंमा आएर विभिन्न पेसामा संलग्नहरूको संस्था ताप्लेजुङ समाज नेपालको शुक्रवार आयोजित स्थापना दिवस विशेष अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रमले नयाँ नीति पनि पारित गरेको हो । रमेश बराल अध्यक्षतामा चुनिएपछिको यो नयाँ नीति […]
विराटनगर। कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ। झापाको कमल गाउँपालिकाबाट घुम्ती अस्पतालको शुभारम्भ गरिएको हो । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले अस्पतालको शुभारम्भ गरेका हुन् । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, […]
झापा । झापाको माइ खोला लगायत स्थानमा बम राखेर आतंकित बनाउने व्यक्तिलाई प्रहरीले पक्राउ परेको छ । प्रहरीले कनकाई नगरपालिका–८ का ५५ वर्षीय खगेन्द्र खरेल ‘सञ्जय’ लाई पक्राउ गरेको हो । उनी ‘जेनजी आन्दोलन’ का क्रममा सुनसरीको झुम्का कारागारबाट भागेका थिए । यसअघि उनी २०८१ साल पुसमा सुनसरीको इटहरी उपमहानगरपालिका अगाडि प्रेसर कुकर बम राखेको […]
काठमाडौं । झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि विमानस्थलको रनवे क्षेत्र आसपासका रुखहरू काटिएका छन् । काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रन–वेभन्दा करिब ३०० मिटर अगाडि पुगेर घाँसे मैदान र माटोमा भासिएको […]
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही पुस २३ गते बिहान १०ः०० बजेदेखि बिहीबार बिहानसम्म देशभर १९ वटा विपद्का घटना घटे । त्यसमध्ये १५ वटा आगलागीका घटना भए । विपद्मा परेर कुल ४८ जना घाइते भए भने एक जनाको निधन भयो । विपद्का कारण कुल रु १० लाख १२ हजारबराबरको क्षति भयो […]
फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजंघा आधार शिविर क्षेत्र सुनसान बनेको हो । पर्यटकीय मौसममा पर्यटकले भरिभराउ हुने कञ्चनजंघा आधार शिविर खम्बाचेन, लोनाक र पाङ्पेमा क्षेत्र अहिले सुनसान बनेको छ । कञ्चनजंघाको दक्षिणी आधार शिविर चेइराम, […]
झापा । मेचीनगर नगरपालिका-४ बाहुनडाँगी बजारमा माघे सङ््क्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ । सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका मन्त्री घिसिङले बुधबार साँझ बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन् । बालुवाटारबाट फर्किएपछि उनले ऊर्जा मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामाबारे आफ्नो धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेको बताइएको छ । चुनाव […]
काठमाडौं । जेन-जी आन्दोलनमा पूर्ण रूपमा क्षति भएका सवारी साधनले कर छुट पाउन भएका छन् । बागमती प्रदेश सरकारले जेन जेड आन्दोलनको बेला क्षति पुगेका सवारी साधनलाई विशेष कर छुट दिने निर्णय गरेको हो । बागमती प्रदेशको मन्त्रिपरिषद्को गत पुस १६ गते गरेको निर्णयलाई प्रदेशले राजपत्रमा प्रकाशन गर्दै छुट दिने भएको हो । जेन-जी आन्दोलनका […]
विराटनगर । कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा मंगलबार पुनः मन्त्रिपरिषद् गठन भयो । तर, यस पटक पनि संविधानले परिकल्पना गरेको समावेशी र लैङ्गिक प्रतिनिधित्व भने कमजोर नै देखियो । अझै प्रतिपक्षले यसलाई असफलता लुकाउने प्रयासका रूपमा लिएका छन् । भन्छन्, ‘सत्ता साझेदार दल भित्रका आकाङ्क्षी सांसदहरूलाई ‘भाग पुर्याउन’ मात्रै मुख्यमन्त्री हिक्मतकुमार कार्की यो गरेका […]