ओलीले सचिवालय बैठकमा भने – ‘निर्वाचनको वातावरण बनिसकेको छैन’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनी नसकेको बताएका छन्। पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकमा सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गराउने षड्यन्त्र गरिरहेको बताए । सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने तथा संसद् पुन:स्थापना हुन नदिने […]

क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

राँझा (बाँके) । बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरीमा क्यामेरा जडान गरेर मान्छे आक्रमण गर्ने बाघको खोजी गरिरहेको छ । बाघको खोजीका लागि घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर अनुगमन गरिरहे पनि हालसम्म फेला नपरेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए। “हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, […]

सर्वोच्चमा जलेका १० हजार बढी मुद्दाका मिसिल तयार

काठमाडौं । सर्वोच्च अदालतमा आगजनीमा परेर जलेका १० हजार बढी मुद्दाको मिसिल तयार पारिएको छ । सर्वोच्चमा रहेका कुल २४ हजार मुद्दाका मिसिलमध्ये गत भदौ २४ गते जेन जेड आन्दोलनका क्रममा २० हजार मिसिल आगलागीमा परेर जलेको थियो । चार हजार मिसिल मात्रै आगलागीबाट जोगिएको थियो । सर्वोच्च अदालतका प्रवक्ता निराजन पाण्डेका अनुसार यही पुस […]

झापामा जंगली हात्ती मृत फेला

बनियानी (झापा) । यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जंगली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जंगली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेको छ भने डिभिजन वन […]

काठमाडौं -५ बाट ईश्वर पोखरेल एकल सिफारिस

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ पूर्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नाम एकल सिफारिस भएको छ। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पोखरेललाई उम्मेदवारका रूपमा सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको हो। बैठकले पोखरेल उपयुक्त उम्मेदवार भएको निष्कर्ष निकालेको थियो। काठमाडौँ- ५ पोखरेलले नियमित निर्वाचन लड्दै आएको […]

भक्तपुर–२ बाट महेश बस्नेतको नाम एकल सिफारिस

भक्तपुर । नेकपा (एमाले) का सचिव महेश बस्नेत आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नं २ बाट एकल सिफारिस भएका छन्। निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो। नेता बस्नेत २०७४ को निर्वाचनमा यसै क्षेत्रबाट निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी […]

तराईमा जाडो सँगै फैलियो मौसमी फ्लु, अस्पतालमा बिरामीको लर्को

विराटनगर । तराई क्षेत्रमा चिसो बढेसँगै टाउको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या वृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा हुनुजस्ता कारणले जाडो मौसममा टाउको दुखाइ बढ्ने चिकित्सकको भनाइ छ । कोशी अस्पताल विराटनगरका वरिष्ठ फिजिसियन डा. रोशन खड्का जाडो […]

प्रतिनिधिसभा निर्वाचन : मोरङमा विनोद ढकालको नाम ३ क्षेत्रबाट सिफारिस 

विराटनगर । फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले नेता विनोद ढकालको नाम मोरङका ३ निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ ।  ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङका क्षेत्रीय कमिटीहरूको बैठक आइतबार बसेको थियो । बैठकले सबै निर्वाचन क्षेत्रबाट जम्मा ४३ जना उम्मेदवारको नाम सिफारिस गरेको छ । जसमा, ढकालको नाम क्षेत्र नं. १, […]

डीएसपी मधु नेपाल कारागार चलान

रुपन्देही । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल कारागार चलान भएका छन् । बहुविवाहको अभियोगमा पक्राउ परेका उनलाई अदालतले कारागार चलान गर्न आदेश दिएको हो । बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई गीता पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनीहरू दुवै मंसिरको तेस्रो हप्ता रुपन्देही प्रहरीसमक्ष पुगेका थिए । तर उनीसँगै पक्राउ परेकी […]

पाथीभरा क्षेत्रमा हिमपात

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा आज साँझदेखि हिमपात भएको छ । हिमपात भएसँगै पाथीभरा क्षेत्रमा चिसो बढेको छ । यसअघि पाथीभरा क्षेत्रमा गत मङ्सिर ६ गते सामान्य हिमपात भएको थियो । केही दिनअघिसम्म मौसम खुले पनि पछिल्ला दिनमा मौसम झुम्मिएकाले जिल्लाभर चिसो बढेको छ । आज दिउँसो सदरमुकाम फुङ्लिङ सहितका ठाउँमा छिटफुट वर्षासमेत भएको थियो […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं