मेची भन्सारमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ लागू

झापा । पूर्वी नाका काँकरभिट्टास्थित मेची भन्सार कार्यालयमा परीक्षणका रूपमा ‘अनलाइन भ्यालुएसन सफ्टवेयर’ प्रणाली लागू भएको छ । सन्दर्भ मूल्य सूचीको साटो कारोबार मूल्यलाई नै आधार मानेर व्यापारिक वस्तुको यथार्थ भन्सार मूल्यांकन हुने भएको हुँदा यस प्रणालीले भन्सार प्रणालीलाई पारदर्शी र छरितो तुल्याउने मेची भन्सार कार्यालयका प्रमुख कर अधिकृत शिवलाल न्यौपानेले जानकारी दिए । मेची […]

चिसो बढेपछि बालबालिका र वृद्धवृद्धा प्रभावित

उदयपुर । शीतलहरूसँगै अत्यधिक चिसोबाट जिल्लाको त्रियुगा नगरपालिका सहित आसपासका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन् । त्रियुगाको जोगीदह, मोथ्याई, बगाहा, गाईघाट, लक्ष्मीपुर क्षेत्रका वृद्ध वृद्धा बालबालिका समस्यामा परेका लक्ष्मीपुरका स्थानीयवासी देवलाल चौधरीले बताए । जोगीदह हाड खोलाका कृष्णदेव चौधरी भन्छन्, “तीन दिनदेखि लगातार शीतलहर चलिरहेको छ, गाउँघरका बूढापाका सबै घर बाहिर निस्कन सकेका छैनन्, […]

नेपालकाे राजनीतिमा बाह्य चुनौती बढ्याे : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले राजनीतिमा बाह्य चुनौती बढिरहेको बताएका छन् । आन्तरिक एकता बलियो बनाएर चुनौतीको सामना गर्नुपर्ने उनले बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाएका भट्टराईले भनेका छन्, ‘बाह्य चुनौती बढिरहेको छ । जसको सामना गर्नैपर्छ, भागेर लुकेर हुनेवाला छैन । आन्तरिक एकता बलियो बनाऔं । राष्ट्र र जनतका एजेन्डा बोकौं […]

बालेन-रवि बीच भएकाे ७ बुँदे सहमतिमा के छ ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबीच ७ बुँदे सहमति भएको छ । उनीहरुबीच आगामी निर्वाचनमा मिलेर जानेबारे सहमति भएको हो । सहमतिपत्रमा रास्वपा र घण्टी चुनाव चिह्नबाट निर्वाचनमा सहभागी हुने उल्लेख छ । साथै, रास्वपा सभापति रवि लामिछाने हुने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता […]

जेन जेड आन्दोलनमा फरार कैदीको भारतमा मृत्यु

झापा । जेन जेड आन्दोलनको क्रममा कारागारबाट फरार भएका बिर्तामोड नगरपालिका वडा नं. ३ का ४० वर्षीय आलम मियाँको भारतमा मृत्यु भएको छ । गत भदौ २४ गते काठमाडौँको सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका कैदी मियाँ लुकीछिपी भारतको हिमाञ्चल प्रान्तको एचएनएफए पानी प्रशोधन कम्पनीमा काम गर्दै आएका थिए । पुस १० गते अचानक बेहोस भएर […]

अफगानिस्तानमा सडक दुर्घटनामा ३ जनाको मृत्यु, १५ जना घाइते

काबुल । अफगानिस्तानको उत्तर र दक्षिणी भागमा भएका तीनवटा अलग–अलग सडक दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन् । दक्षिणी जाबुल प्रान्तको शहर–ए–सफा जिल्लास्थित ख्वाजा बाबा क्षेत्रमा शुक्रबार दिउँसो दुई यात्रुवाहक सवारी साधन आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको र तीन जना घाइते भएका छन् । त्यसै दिन उत्तर ज्वोज्जान […]

झापाको मानव आश्रमद्वारा १२१ जना सडकबाट उद्धार

झापा । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा सञ्चालित मानव आश्रम झापा शाखाले एक वर्षमा १२१ जना सहयोगापेक्षी व्यक्तिको उद्धार गरेको छ । आश्रमले सडक र सार्वजनिकस्थलमा कष्टपूर्ण जीवन गुजारिरहेका सडक मानवहरूलाई उद्धार गरेर पालनपोषण, उपचार र सम्भव भएसम्म आफन्तसँग पुनर्मिलन गराउँदै आएको शाखाका संयोजक खगेन्द्र विश्वकर्माले बताए । आश्रमको १७ औँ शाखाको रूपमा २०८१ मङ्सिर २३ गते […]

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी । गुल्मीमा चराका प्रजातिको संख्या ३५५ पुगेको छ । नेपाल पंक्षी संरक्षण संघले गरेको पछिल्लो अध्ययनका क्रममा जिल्लाको थाप्ले सत्यवती वन क्षेत्रमा चराका नयाँ ३० प्रजाति फेला परेसँगै कूल सङ्ख्या ३५५ पुगेको हो । जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवती वन संरक्षण क्षेत्रमा उक्त सङ्ख्यामा चराहरू रहेका संघका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए […]

यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ हुप्पी ल्याण्ड चोभारमा

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको हुप्पील्याण्ड चोभारको चौरमा आयोजना हुने भएको छ ।  काठमाडौं उपत्यकाको विभिन्न स्थानमा रहेका वनभोज स्थलको अवलोकन पछि चोभारमा रहेको हुप्पील्याण्ड चौरलाई वनभोजका लागि उपयुक्त स्थलका रूपमा छनोट गरिएको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ ।  ‘हामीले वनभोजको मिति तय भएपछि काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका चौर र खुल्ला […]

राप्रपाले आज बिर्तामोडमा प्रदर्शन गर्ने

काठमाडाैं । राप्रपाले आज बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ। राजा, राजनीतिक दल र जेनजीकाबिच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको बिर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठले बताए । देशमा अहिले ध्रुवीकरण तीव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बिचमा छिट्टै हुने समेत […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं