यी २ प्रदेशमा भोली पर्नसक्छ पानी

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले तराईका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । आज तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र […]

मेची भन्सारबाट अलैंचीको निर्यात ६० प्रतिशतले बढ्यो

भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको निर्यात ६० दशमलव १० प्रतिशतले बढेको छ । मेची भन्सार कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा रु पाँच अर्ब ५३ करोड ३२ लाख ४९ हजार बराबरको अलैँची निर्यात भएको छ । पाँच महिनाको अवधिमा दुई हजार ६२२ दशमलव १० मेट्रिक टन अलैँची निर्यात भएको कार्यालयका सूचना […]

…अनि सगरमाथाको टुप्पोमा दाबुटीले बनाइन् कफी

विराटनगर । साथीभाइ भेटघाटको क्रममा हिजोआज संवादको ताप बढाउन कफी अनिवार्यजस्तै बनेको छ । तर, यही कफी कसैका लागि केवल कुराकानीको बहाना मात्र नभई आत्मनिर्भर भविष्य र अन्तर्राष्ट्रिय पहिचानको माध्यम पनि बन्न सक्छ भन्ने उदाहरण हुन् – दाबुटी शेर्पा । दोलखाको विकट सिमी गाउँबाट सुरु भएको उनको जीवनयात्रा आफैँमा संघर्षको प्रेरक दस्तावेज हो । नामको […]

यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ माघ १० मा

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ माघ १० गते हुने भएको छ । यस अघिका वर्षहरूमा फागुनमा हुँदै आएको वनभोज कार्यक्रम प्रतिनिधिसभा निर्वाचनका कारण एक महिना अघि नै गर्न लागिएको आयोजक ताप्लेजुङ सरोकार केन्द्र, काठमाडौंले जनाएको छ । शनिबार बिहान बागबजारमा रहेको सरोकार केन्द्रको कार्यालयमा बसेको बैठकले निर्वाचनलाई मध्यनजर राख्दै माघमा नै वनभोज कार्यक्रमको आयोजना […]

ताप्लेजुङको घुन्सा र फलेटारमा फल्यो स्याउ, व्यावसायिक खेतीको नयाँ सम्भावना उजागार

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ अन्तर्गतका हिमाली बस्ती घुन्सा र फलेटारमा स्याउखेतीको परीक्षण सफल भएको छ । स्थानीय किसान र विभिन्न संस्थाहरूले परीक्षणका रूपमा रोपेका स्याउ बिरुवाले फल दिँदा उत्साह बढेको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घा आधार शिविर प्रवेशद्वारमा अवस्थित फले र घुन्सामा इटालीबाट ल्याइएका बिरुवा रोपिएको थियो । रोपेको […]

ताप्लेजुङ समाजको अध्यक्षमा रमेश बराल, कार्यसमिति ५७ सदस्यीय (सबै पदाधिकारीहरूकाे नामसहित)

काठमाडौं । ताप्लेजुङ समाज नेपालको तेस्रो अधिवेशनले रमेश बरालको अध्यक्षतामा ५७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । सुर्य क्याट्रिङ धुम्बाराही काठमाडौंमा शनिवार सम्पन्न साधारण सभा तथा तेस्रो अधिवेशनले बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ समितिको वरिष्ठ उपाध्यक्ष अग्नि पौडेल चयन भएका छन् भने, चार उपाध्यक्षहरूमा क्रमशः चैतन्य तुम्बाहाम्फे, देउमान विष्ट, योगेन्द्रकुमार […]

कर्तव्यको छायाँमा बिर्सिएको सिपाहीको एक घर

रिक्साको सिट छुनै लाग्दा भीडका आँखाले छेड्छन् “पुलिसको बुढी रे… हान !” किन ? म गर्भ बोकेको मान्छे, युद्ध होइन, भविष्य बोकेको आमा । तर, यहाँ पेटको बच्चासम्मलाई भीडको उग्रताले डर देखाउँछ, सिपाहीको घरलाई देशले आफैँ दोषको निशाना बनाइदिन्छ । उता, सडक धधकिरहेको छ, अव्यवस्था, हल्ला, नाराहरू, र त्यही भिडमा हराइरहेको मेरो लोग्ने । ब्यान्डेजले […]

‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं । गायिका जुनु प्रसाई र सन्तोश बि सिको स्वरमा सजिएको ‘ताप्लेजुङको हाङ्पाङ् हो घर’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा ताप्लेजुङको हाङ्पाङ् र समग्र जिल्लाको महत्वलाई उजागर गरिएको छ । भीमकुमार ओझाको शब्द र बिनोद गहतराजको लयमा तयार भएको उक्त गीतमा जुनु र सन्तोशको सुमधुर आवाजले आत्मा भरिएको छ । नारायण दङ्गालको […]

कथाकार सुरेश यक्सोको कथाकृति ‘पेनिबा’ विमोचन

काठमाडाैं । नेपाली साहित्य क्षेत्रका उदयीमान र बहुप्रतिभाशाली युवा कथाकार सुरेश यक्सोद्धारा लिखित कथाकृति ‘पेनिबा’ आज एक विशेष समारोहबीच विमोचन गरिएको छ । मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र सभ्यता अन्वेषण केन्द्रको आयोजनामा काठमाडौँमा सम्पन्न भव्य कार्यक्रममार्फत उक्त कथासङ्ग्रह सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ (बैरागी काइला) ले […]

विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

विराटनगर। मोरङको बुढीगंगा गाउँपालिका-२ स्थित विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा रहेको रेवन्त–रुक्मणि मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले अन्तर्राष्ट्रिय मान्यता पाएको छ। युरोपेली सोसाइटी फर मेडिकल ओन्कोलोजी (ESMO) बाट आधिकारिक मान्यता प्राप्त गर्दै विराट क्यान्सर इन्स्टिच्युट नेपालको पहिलो संस्था बनेको हो। जर्मनीको बर्लिनमा गत अक्टोबर १७ देखि २१ सम्म आयोजित विशेष कार्यक्रममा उक्त संस्थालाई एकीकृत ओन्कोलोजी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं