९ तस्बिरमा हेरौं ‘ताप्लेजुङ वनभोज–२०८२’ मा छम्म छम्म नाच्ने स्थान 

काठमाडौं । यस वर्षको ‘ताप्लेजुङ वनभोज–२०८२’ काठमाडौंको चोभारमा रहेको हुप्पील्याण्ड चौरमा आयोजना हुने भएको छ । माघ १० गते आयोजना हुने वनभोजको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोजक ताप्लेजुङ सरोकार केन्द्रले जनाएको छ । कस्तो छ त वनभोज आयोजना हुने स्थल ? हेरौं ९ तस्बिर ।

कांग्रेस सभापतिमा पूर्णबहादुरलाई देउवाको समर्थन

काठमाडौं । पूर्वप्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५ औं महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने स्पष्ट पारेका छन् । मंगलबार बिहान केही सञ्चारकर्मीसँगको कुराकानीमा देउवाले खड्का उपसभापति भइसकेको र हाल कार्यवाहक सभापतिको जिम्मेवारी सम्हालिरहेको उल्लेख गर्दै आफूले पूर्णबहादुरलाई नै समर्थन गर्ने बताए । ‘मैले पूर्णबहादुरलाई नै सहयोग […]

मेची भन्सार कार्यालय : ५ महिनामा ३ अर्ब ८० करोड राजश्व संकलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सबैभन्दा बढी राजस्व पेट्रोलियम पदार्थको आयातबाट सङ्कलन गरेको छ । उक्त अवधिमा पेट्रोलियम पदार्थको आयातबाट रु तीन अर्ब ८० करोड ५८ लाख ६४ हजार राजश्व सङ्कलन भएको हो । कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले चालु आवको पाँच महिनामा पाँच किसिमका रु सात […]

सगरमाथाको फोहोर फिर्ता ल्याउने याेजना असफल, ११ वर्षपछि खारेज गरिँदै

काठमाडौं । सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर व्यवस्थापनका लागि लागू गरिएको धरौटी फिर्ता योजना असफल भएपछि सरकारले यसलाई खारेज गर्ने तयारी गरेको छ। बीबीसीका अनुसार पर्वतारोहीहरूलाई आफ्नो फोहोर आफैँ तल ल्याउन प्रोत्साहित गर्ने उद्देश्यले सुरु गरिएको यो योजनाले ११ वर्षसम्म पनि ठोस नतिजा दिन नसकेको निष्कर्ष निकाल्दै पर्यटन विभागले यसलाई हटाउन लागेको हो। हालको व्यवस्था अनुसार […]

भदौ २४ गतेको हिंसात्मक घटना नियोजित षड्यन्त्र थियो : पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले गत भदौ २४ गते देशमा भएका हिंसात्मक घटना कुनै नेपाली मन भएका व्यक्तिले गर्न नसक्ने बताएका छन् । लेखकले आज भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगसमक्ष प्रस्तुत गरेको लिखित धारणामा यस्तो बताएका हुन् । “मेरो राजीनामा पछि भदौ २४ गतेका दिन जेजस्ता हिंसात्मक एवं […]

पत्रकार सम्मेलन गर्दै पूर्वगृहमन्त्री लेखक

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्वगृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ […]

एमालेको समानुपातिक सूचीको पहिलो नम्बरमा गुरु बराल

काठमाडौं । नेकपा (एमाले)को समानुपातिक उम्मेदवारको सूचीको पहिलो नम्बरमा गुरु बराललाई राखिएको छ । अध्यक्ष केपी ओलीले पार्टीको तर्फबाट समानुपातिक सूची तयारी पार्दा बराललाई खस आर्य क्लस्टरबाट पहिलो नम्बरमा राखिएको हो ।

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज (सोमबार) जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् । लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् । पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय […]

योगेश र गोकर्णले भने – ईश्वर पोखरेललाई समानुपातिकको १ नम्बरमा राखौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको समानुपातिकतर्फको बन्दसूचीमा ईश्वर पोखरेललाई एक नम्बरमा राख्न उपाध्यक्ष गोकर्ण विष्ट र उपमहासचिव योगेश भट्टराईले सुझाव दिएका छन् । च्यासलमा बसेको सचिवालय बैठकमा गुरु बरालको नाम खुला तर्फको एक नम्बरमा ओलीले प्रस्ताव गरेका थिए । तर पार्टीमा एकताको सन्देश दिन पनि ओलीले राखेको प्रस्ताव संशोधन गर्नुपर्ने […]

यस्तो छ स्वीकृत भएका निर्वाचन आचारसंहिता ०८२ (पूर्णपाठ)

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ । शनिबार बसेको आचारसंहिता स्वीकृत गरेको आयोगले जनाएको छ । आयोगको वेबसाइटमा आज प्रकाशित आचारसंहिता आगामी माघको पहिलो सातादेखि लागू गर्ने आयोगको तयारी छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित, मर्यादित र विश्वसनीय बनाउन आयोगले आचारसंहितामा विगतमा झैँ कतिपय बुँदालाई परिमार्जन गरी नयाँ आचारसंहिता तयार गरेको हो। […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं