म्यान्मारमा सेना हारनजिक पुग्दा भारत र चीनको भूमिका निर्णायक

एजेन्सी – म्यान्मारमा चलिरहेकव गृहयुद्धमा अब सत्तारूढ सेना हारनजिक पुग्न थालेको छ । विद्रोहीहरूले चीन र भारत दुवैतर्फको सीमाक्षेत्र आफ्नो कब्जामा पारेका छन् । युद्धका कारण हजारौँको संख्यामा मानिसहरू भारतमा शरणार्थी हु्न विवश भएका छन् । म्यान्मारको युद्धका कारण निम्तिएको अस्थिरताले भारतमा हतियार र मादक पदार्थको तस्करी बढेको छ । म्यान्मारमा युद्ध भीषण बन्दै गर्दा चीनले आफ्नो पकड […]

पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीले २५ जनाको मृत्यु

काठमाडौं– पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा विगत तीन दिनदेखि अत्यधिक रूपमा तापक्रम वृद्धिका कारण कम्तीमा २५ जनाको मृत्यु भएको र हजारौँलाई अस्पतालमा भर्ना गरिएको उद्धार टोली र स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उच्च तापक्रमका कारण धेरै बिरामीहरूमा पानीको मात्रा कम भएको र प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको चिकित्सकहरूले बताएका छन् । यद्यपि, मुटुको रोग र क्यान्सर […]

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

काठमाडौं– साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एक रिपोर्ट अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा हज यात्रीहरू अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ। तर साउदी अरबले अहिलेसम्म मृत्यु हुने र […]

रूसले उत्तर कोरियासँग गरेको सम्झौताप्रति जापानको चासो

टोकियो– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियाको सैन्य र प्राविधिक सहयोग स्वीकार गर्ने गरी भएको सम्झौतामा जापान गम्भीर रूपमा चिन्तित भएको सरकारी प्रवक्ताले बिहीबार बताएका छन् । प्योङयाङमा बुधबार उत्तर कोरियाली नेता किम जोङ–अनसँगको भेटवार्तामा राष्ट्रपति पुटिनले आक्रमणको समयमा एकअर्कालाई सहयोग गर्ने प्रतिबद्धताका साथ रणनीतिक सम्झौतामा हस्ताक्षर गरेका हुन्। बुधबार हस्ताक्षर भएको सम्झौता अनुरूप रूसले […]

दक्षिणी रुसको तेल ट्यांकी भण्डारमा ड्रोन आक्रमण

काठमाडौं– दक्षिणी रुसको अजोभ सहर नजिकै मंगलबार राति तेल भण्डारण ट्यांकीहरूमा ड्रोन आक्रमणमा हुँदा ठूलो आगलागी भएको स्थानीय अधिकारीहरूले बताएका छन् । युक्रेनले उक्त आक्रमण आफ्नो संलग्नता नरहेको बताएपनि यसले विगतमा पनि रूसी ऊर्जा सुविधाहरूमा यस्तै आक्रमणहरू गर्दै आएको थियो। ‘ड्रोन आक्रमणको परिणामस्वरूप अजोभमा तेल उत्पादन ट्यांकीहरूमा आगलागी भएर नष्ट भएका छन् । प्रारम्भिक तथ्यांकअनुसार […]

भारतमा अत्यधिक गर्मीका कारण करिब १०० जनाको मृत्यु

भारत – भारतको उत्तर प्रदेश र त्यससँग जोडिएको राज्य बिहारमा पछिल्लो तीन दिनमा भीषण गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या ९८ पुगेको स्थानीय अधिकारीले सोमबार बताएका छन् । गर्मीका कारण उत्तर प्रदेशमा ५४ जनाको मृत्यु भएको छ भने बिहारमा ४४ जनाको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार गर्मीका कारण बिरामी परी मृत्यु भएका अधिकांश व्यक्ति ६० […]

चीनको एक शीत भण्डारमा आगलागी, ११ को मृत्यु

हिजियाजुआङ (एजेन्सी) – उत्तरी चीनको हेबेई प्रान्तको काङ्झाउ सहरको काङ्सिआन काउन्टीस्थित परित्यक्त शीतभण्डारमा सोमबार भएको आगलागीमा परी ११ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्। दिउँसो करिब २स्३० बजे कुइरझुआङ टाउनशिपको डोङकुन गाउँमा रहेको उक्त शीतभण्डार भत्काउने क्रममा आगलागी भएको थियो। सो आगलागी १०स्५५ बजे राति यो निभाइएको थियो। आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ।

अष्टेलियामा नेपथ्यको बबाल धमाका

एडिलेड – अष्ट्रेलियामा जारी नेपथ्यको श्रृंखलावद्ध प्रस्तुती अन्तर्गत आयोजित दोश्रो कन्सर्ट शनिबार अन्त्यतिर पुग्दै थियो। त्यतिबेलै ब्याण्डले ‘तालको पानी माछीले खाने’ गीत गाउन थाल्दा खचाखच भरिएको हलमा भएभरका दर्शकहरु नाचेको गजबको दृश्य देखिन थाल्यो। आफुहरु बस्दैआएको सहरको त्यस ‘हिण्डले म्यूजिक हल’मा यति भब्यताका साथ नेपाली कार्यक्रम हुनेछ भनेर एडिलेडका नेपालीहरुले सायदै कल्पना गरेका थिए। अघिल्लोपटक […]

नेपालले गर्‍यो युक्रेनको पक्षमा मतदान

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान गरेका छन् । यसैगरी ३५ देश […]

अमेरिकी राष्ट्रपतिलाई लाग्यो कोरोना

काठमाडौं – अमेरिकाका राष्ट्रपति जोसेफ बाइडेनलाई कारोना सङ्क्रमण भएको छ । आफ्ना अमेरिकी समकक्षीमा कारोना भाइरसको सङ्क्रमण भएको जानकारी पाएपछि राष्ट्रपति सी चिनफिङले उनलाई सहानुभूतिको सन्देश पठाएका छन् । सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं