काराकास । भेनेजुएलामा आएको विनाशकारी भूकम्पमा परी ९०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने ३ हजार ३ सय ६० भन्दा बढी घाइते भएका छन्। सरकारका अनुसार भग्नावशेषमा पुरिएकाहरूका लागि उद्धार कार्य तीव्र पारिएको छ भने हराइरहेका परिवारका सदस्यहरूको पर्खाइमा मानिसहरू छटपटाइरहेका छन्। देशको उत्तरी क्षेत्र र राजधानी काराकासका दर्जनौँ भवनहरू भत्किएपछि घाइतेहरूको अस्थायी चिकित्सा […]
टोकियो । मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रम माथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक रहेको संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायका प्रमुखले बताएका छन् । इरानले आणविक हतियार विकास नगरेको सुनिश्चित गर्न बलियो प्रमाणीकरण प्रणाली तत्काल लागू गर्नुपर्ने उनको भनाइ छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएइए) का महानिर्देशक राफेल ग्रोसीले शुक्रबार जापानमा पत्रकारहरूसँग कुरा गर्दै इरानको आणविक […]
काठमाडौं । भेनेजुएलामा गएको दुई भूकम्पमा हालसम्म १८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १ हजार ५०० भन्दा बढी घाइते भएका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार सबैभन्दा बढी प्रभावित शहर ला गुएराका सयौं मानिसहरू भग्नावशेषमा फसेको अनुमान गरिएको छ । यसैबीच, राति अबेरसम्म भेनेजुएला सरकारले भूकम्पमा ३९ हजार भन्दा बढी मानिसहरू बेपत्ता रहेको बताएको […]
टोकियो । उत्तरपूर्वी जापानमा ७.२ म्याग्निच्युडको भूकम्प आउँदा कम्तीमा चार जना घाइते भएको जनाइएको छ । जापान मौसम विज्ञान एजेन्सी र स्थानीय अग्निशमन विभागले विज्ञप्ति जारी गर्दै भूकम्प इवाटे प्रान्तको प्रशान्त तटमा ४४ किलोमिटर गहिराइमा आएको जनाएको छ । हासिकामी र हाचिनोहेका स्थानीय अग्निशमन विभागका अनुसार चार जना घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ । […]
काठमाडौं । दक्षिण अमेरिकी देश भेनेजुयलामा बुधबार शक्तिशाली भूकम्प गएको छ । केही सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई शक्तिशाली भूकम्प गएपछि राजधानी कराकास सहित विभिन्न क्षेत्रका भवनहरू भत्किएका छन् । भूकम्पका कारण मानवीय क्षति र भौतिक विनाशको स्तर उच्च हुन सक्ने अनुमान गरिएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार पहिलो भूकम्पपछि करिब ४० […]
नयाँदिल्ली । मध्य पूर्वमा व्याप्त तनाव नियन्त्रण गर्न जारी कूटनीतिक प्रयासको बीचमा, इरान स्थित भारतीय दूतावासले सुरक्षा चिन्ताको कारण देखाउँदै बुधबार भारतीय नागरिकलाई इरानको यात्रा नगर्न चेतावनी दिएको छ । औपचारिक जारी गरिएको सुरक्षा सुझावमा, दूतावासले तेहरानमा विद्यमान सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिरहेको बताएको छ । पछिल्लो समयमा सकारात्मक घटनाक्रम र समग्र स्थितिमा भएको सुधारउन्मुख […]
दोहा । कतारको रास लाफान औद्योगिक नगरस्थित एक कारखानामा आइतबार राति भएको विस्फोटमा कम्तीमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको आन्तरिक मन्त्रालयका अनुसार राजधानी दोहाबाट करिब ८० किलोमिटर उत्तरमा रहेको रास लाफान औद्योगिक क्षेत्रमा प्राविधिक गडबडीका कारणले विस्फोट भएको हो । उक्त क्षेत्र कतारको प्राकृतिक ग्यास निर्यातको प्रमुख […]
वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ भने सेयर बजार ओरालो लागेको छ। राष्ट्रपति ट्रम्पले आइतबार फक्स न्युजसँग कुरा गर्दै यदि इरानसँग सम्झौता हुन नसकेमा अमेरिकाले फेरि बमबारी गर्न सक्ने र विश्व ऊर्जा व्यापारका लागि अत्यन्त महत्त्वपूर्ण समुद्री मार्ग स्ट्रेट अफ होर्मुजलाई ‘आफ्नो नियन्त्रणमा लिन’ सक्ने बताएका […]
एजेन्सी । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेको हो । यसैगरी बहु–प्रवेश भिसाको […]
वासिङ्टन । संयुक्त राज्य अमेरिकाले पूर्वी प्रशान्त महासागरमा संदिग्ध लागुऔषध तस्करीको आरोपमा डुंगा आक्रमण जारी रहेको बताउँदै पछिल्लो आक्रमणमा डुंगामा सवार तीन जनाको मृत्यु भएको अधिकारीहरूले बिहीबार बताएका छन् । अमेरिकी सेनाले सेप्टेम्बरको सुरुमा “साउदर्न स्पियर“ अपरेसन सुरु गरेको बताउँदै राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याटिन अमेरिकाबाट सञ्चालित लागु–औषध कार्टेलहरूसँग अमेरिका प्रत्यक्ष युद्धमा रहेको बताएका छन् । […]