काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य पाँच सय र चाँदीको मूल्य ६५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला तीन लाख २२ हजार दुई सय र चाँदीको मूल्य चार हजार नौ सय कायम भएको जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला तीन लाख २२ हजार सात सय र चाँदीको […]
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ९० पैसा र बिक्रीदर १५३ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर ११० […]
झापा । सशस्त्र प्रहरीले भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरेको ठुलो परिमाणको मोबाइल पाट्र्ससहित रु १८ लाखभन्दा बढी मूल्यको सामान बरामद गरी भन्सार दाखिला गरेको छ । मेचीनगर नगरपालिका–४ स्थित माताचोक सीमा क्षेत्रबाट आइतबार राति सशस्त्र प्रहरी बल, नेपाल बिओपी बाहुडाँगीको टोलीले उक्त सामान बरामद गरेको थियो । सशस्त्र प्रहरीले उक्त सामान नियन्त्रणमा लिएर जाँच […]
सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि ओठमा मीठो मुस्कान । सुनसरीको रामधुनीका कृपाश्वर घले गुरुङको पछिल्लो परिचय । देशभित्र धेरै स्थानमा ‘ड्रागन फ्रुट’को राम्रो खेती भएको सुने पनि आफ्नो जग्गामा होला कि नहोला भन्ने द्विविधा छँदै थियो । ‘तँ आट म पुर्याउँछु’ भन्ने मनमा राखेर सुरु गरेको ड्रागन फ्रुटखेतीले आज कृपाश्वरलाई […]
भोजपुर । कुनै समय भोजपुरका गाउँघरमा कोदोको ढिँडो, रोटी, सातु र लिटो दैनिक खानाको हिस्सा थियो । पहाडी जनजीवनसँग गहिरो सम्बन्ध रहेको कोदो अहिले भने किसानको बारीबाट बिस्तारै हराउँदै गएको छ । खेतीका लागि उपयुक्त जमिन र हावापानी भए पनि पछिल्लो समय भोजपुरमा यसको खेती गर्ने किसानको सङ्ख्या घट्दै गएको छ । कम आम्दानी, बढी […]
काठमाडौं । सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ । कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको छ । त्यसमा उखुको उत्पादन लागत र वास्तविक खर्चको विवरण सङ्कलन हुनेछ । विभागले सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा तथ्याङ्क सङ्कलन गर्ने जनाएको […]
काठमाडौँ । अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका […]
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै आज सुनको मूल्य नयाँ उचाइतर्फ बढेको […]
उदयपुर । उदयपुर कटारी नगरपालिका-४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो […]
भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूला खेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्व सम्झौता गरेको हो । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन […]