काठमाडौं । गृह मन्त्रालयले तिहारको अवसरमा देउसी–भैलो कार्यक्रम चौबिसै घण्टा सञ्चालन गर्न अनुमति दिएको छ। मन्त्रालयले सोमबार देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै सुरक्षित, मर्यादित र व्यवस्थित रूपमा देउसी–भैलो खेल्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो। मन्त्रालयले निर्धारित सर्तहरूको पालना गरी देउसी–भैलो कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। परिपत्रमा नेपालीहरूको मौलिक सांस्कृतिक, धार्मिक तथा परम्परागत पर्व […]
इटहरी । नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ । इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ । कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो । पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा […]
काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ आजबाट प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजअन्तर्गत यो सिनेमा आजबाट हलमा रिलिज भएको हो । चलचित्रले ठूलो संख्यामा शो पाएको छ । कतिपय शो अग्रिम बुकिङमै हाउसफूल भएको देखिएको छ । ‘कबड्डी’का अघिल्ला चारवटै शृंखला बक्सअफिसमा सफल भएका थिए । ‘कबड्डी–५’ले पनि पहिलो दिन ठूलो परिमाणमा […]
काठमाडौं । सरकारले भारतीय फिल्म ‘उड्ता तिर’लाई नेपालमा प्रदर्शनका लागि प्रतिबन्ध लगाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले वितरण कम्पनी नेसनल सिने ग्रुप नेपाललाई पत्र लेख्दै चलचित्रलाई सार्वजनिक प्रदर्शनका लागि अनुमति दिन नसकिने जनाएको हो । मन्त्रालयको श्रव्यदृश्य तथा प्रसारण शाखाले वितरकलाई पठाएको पत्रमा निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८ (३) ले […]
काठमाडौं । ‘जिन्दगी यो फूलैफूलको थुँगो हुँदैन, फर्किने र आउनेको टुंगो हुँदैन’ बोलको चर्चित गीत दुई दशकदेखि नै श्रोतामाझ लोकप्रिय छ। गायिका अञ्जु पन्तको स्वरमा लोकप्रिय बनेको यस गीतका रचनाकार को हुन् भन्ने प्रश्न भने लामो समयसम्म ओझेलमा रह्यो। गीतका रचनाकार कोशी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री राजन राई हुन्। राईका अनुसार पार्टीको संगठन विस्तारका क्रममा ठेस […]
विराटनगर। रुसी नाटककार आन्तोन चेखभको लोकप्रिय एकाङ्की ‘द स्वान सङ’ को नेपाली रूपान्तरण ‘अन्तिम गीत’ विराटनगरमा मञ्चन हुने भएको छ। महेश पौड्यालको अनुवाद र नवराज बुढाथोकीको निर्देशन रहेको उक्त नाटक यसअघि काठमाडौंमा मञ्चन भइसकेको छ। शैली थिएटरको प्रस्तुति, रुसी सदनको साझेदारी तथा आरोहण गुरुकुल, विराटनगरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो। नाटक आगामी २०८३ साल […]
ललितपुर । रचनाकार, संगीतकार, लोकगायक तथा नाटककार रत्न बेहोसी (रत्न बज्राचार्य)को निधन भएको छ । नेपाली तथा नेपाल भाषाको गीत-संगीत क्षेत्रमा लामो समयसम्म योगदान पुर्याएका बेहोसीको आज ९१ वर्षको उमेरमा निधन भएको नेवा: पत्रकार दवूका पूर्वअध्यक्ष एवम् सञ्चारकर्मी सुरजवीर बज्राचार्यले जानकारी दिए । नेपाली तथा नेपाल भाषा (नेवारी) गीत-संगीत क्षेत्रमा छ दशकभन्दा बढी समय योगदान […]
काठमाडौं । भारतीय वरिष्ठ अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा आज बिहान निधन भएको छ । गोवास्थित आफ्नै घरमा उनलाई हृदयघात भएको थियो । मणिपाल अस्पतालका डा. शेखर साल्करका अनुसार उनलाई बचाउने प्रयासमा करिब ४५ मिनेटसम्म सीपीआर दिइएको थियो, तर उनलाई बचाउन सकिएन । डा. साल्करका अनुसार पाटेकरको निधन बिहान ५ः२० बजे भएको हो ।
काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले दश दिनमा करिब दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । गत शुक्रबारबाट रिलिज भएको चलचित्रले आइतबारसम्म १० दिनमा एक करोड ९३ लाख ६ हजार ४ सय ६५ रुपैयाँ ग्रसकलेक्सन गरेको हो । यो सिनेमा १० दिनमा ६५ हजार ५ सय ६० दर्शकले हेरेका छन् । रिलिजको चाररपाँच दिन पछिबाट […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगर आफैँमा कलाकार उत्पादन गर्ने उर्वर थलोका रूपमा परिचित छ। कला, साहित्य, संगीत र चलचित्र क्षेत्रमा यो सहरले थुप्रै प्रतिभा जन्माएको छ। तर रंगमञ्चमा नियमित रूपमा नाटक मञ्चन हुने क्रम भने अपेक्षाकृत कम छ। पछिल्लो समय भने विराटनगरका दर्शक पनि रंगमञ्चमा झुम्न थालेका छन्। त्यही माहौलमा शनिवार वीरेन्द्र सभागृहमा मञ्चित […]