चालु संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को चालु अधिवेशन भोलि राति १२ बजेदेखि अन्त्य गर्न सिफारिस गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै त्यससम्बन्धी पत्र राष्ट्रपति कार्यालयमा पठाएको हो। सरकारको सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन अन्त्य गर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाअनुसार सरकारले अधिवेशन अन्त्यका लागि सिफारिस गरेको हो। संघीय संसद्को चालु […]

कम्युनिष्ट नेता घनेन्द्र बस्नेतप्रति ओलीद्वारा श्रद्धाञ्जली अर्पण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनका अग्रज नेता घनेन्द्र बस्नेतको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् । दिवंगत नेता बस्नेतप्रति अन्तिम श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष ओलीले नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक क्रान्ति र पार्टी निर्माणमा बस्नेतले पुर्‍याएको योगदानको स्मरण गरे । श्रद्धाञ्जली सभामा एमालेका शीर्ष नेताहरू, कार्यकर्ताहरूको […]

संघीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको आठौँ वार्षिक प्रतिवेदन, २०८३ ’ पेस गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरि […]

दुर्गा प्रसाईँलाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नागरिक बचाउ महाअभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग गरेको छ । प्रसाईँले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा बुधबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्युरो भोटाहिटी, काठमाडौंसमेतका विपक्षी निकायसँग लिखित कारण पेस गर्न आदेश दिएको हो । काठमाडौं अदालतले प्रसाईंलाई तीन […]

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना तथा सञ्चालन विधेयक पारित

काठमाडौं । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८३ सर्वसम्मतिले पारित भएको छ। बुधबार बसेको प्रतिनिधिसभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो। विधेयक २०८१ साल पुसमा राष्ट्रियसभामा दर्ता भएको थियो।

दसैं-तिहारमा हवाई भाडा बढेको भन्दै सांसद प्रसाईँको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईँले दसैँ-तिहारलाई लक्षित गरी हवाई टिकटको मूल्य अस्वाभाविक रूपमा बढाइएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद प्रसाईँले चाडपर्वका समयमा हवाई कम्पनीहरूले यात्रुको बाध्यतालाई अवसरका रूपमा प्रयोग गर्दै महँगो भाडा असुल्ने गरेको आरोप लगाए। उनले धनगढी र भद्रपुरतर्फको हवाई टिकटको मूल्य चाडपर्वको समयमा […]

१५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई देउवाले गराए जानकारी

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतरपक्षको नेतृत्व गरिरहेका पूर्वसभापति शेरबहादुर देउवाले १५औँ महाधिवेशनबारे निर्वाचन आयोगलाई जानकारी गराएका छन्। देउवाले १५औँ महाधिवेशन असोज १५ गतेदेखि सुरु गर्ने र मंसिरको २१ गतेदेखि २३ गतेसम्म गर्ने तयारी गरेको जानकारी निर्वाचन आयोगलाई गराएका हुन्। देउवाको पत्र निर्वाचन आयोगमा औपचारिक रुपमा दर्ता भएको उनी निकट एक नेताले जानकारी दिए। गत पुसमा […]

रासायनिक मल कारखाना स्थापनाका लागि चाँडै प्रस्ताव आह्वान गछौं : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले नेपालमै रासायनिक मल कारखाना स्थापना गर्ने प्रक्रिया अघि बढिरहेको बताएका छन्। उनका अनुसार कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको छ। बुधबार सिंहदरबारमा इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले रासायनिक मल कारखाना स्थापनालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका हुन्। छलफलमा सहभागी रास्वपा सांसद डा. राम […]

थुनुवा र कैदीबन्दीको मानव अधिकारसम्बन्धी प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं । प्रतिनिधि सभा, कानुन, न्याय तथा मानव अधिकार समितिले विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीको मानव अधिकारको अवस्थासम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ पारित गरेको छ । समितिको आजको बैठकले उक्त प्रतिवेदन सदस्यबाट प्राप्त राय–सुझावलाई समेटेर परिमार्जनसहित बहुमतले पारित गरेको हो । बैठकले उक्त प्रतिवेदन संसद्मा पेस गर्ने निर्णय गरेको छ […]

मोरङ–६ कांग्रेस अधिवेशनमा तनाव, झडपपछि निर्वाचन प्रक्रिया अवरुद्ध

विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा विवाद चर्किएपछि झडप भएको छ। सुन्दरहरैँचा–४ स्थित सिक्देल बन्धु समन्वय प्रतिष्ठानमा बुधबार भएको घटनापछि मनोनयन दर्तासहितको निर्वाचन प्रक्रिया प्रभावित भएको हो। मनोनयन दर्ताका क्रममा प्रतिनिधिको नामावलीमा एक महिलाको नाम समावेश नभएको विषय उठेपछि विवाद सुरु भएको प्रत्यक्षदर्शी क्षेत्रीय प्रतिनिधिहरूले बताएका छन्। विवाद […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं