देउवा समूहको तरुण दल अध्यक्षमा दिल लामा

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले नेपाल तरुण दलको अध्यक्षमा दिल लामालाई मनोनित गरेको छ । पार्टीको १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिले लामालाई अध्यक्षमा मनोनित गरेको पत्रमार्फत जानकारी गराएको हो । कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा ४२ (१) (च) बमोजिम उनलाई अध्यक्षमा मनोनित गरिएको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले जारी […]

रास्वपाले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले न्यायाधीशविरुद्ध महाभियोग प्रक्रिया अघि बढाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । सचिवालयका एक सदस्यले दिएको जानकारीअनुसार अब पार्टीले संसदीय दलको बैठक राखेर प्रक्रिया अघि बढाउनेछ । पार्टी प्रवक्ता जगदिश खरेलले पनि अब न्यायपालिकाको पुनःसंरचना आवश्यक भएकाले न्याय निरुपणका सन्दर्भमा संसद्मार्फत् नै निकास निकाल्ने […]

पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति खोजिँदै

काठमाडौं । सरकारले पूर्वराजा वीरेन्द्र, रानी ऐश्वर्य तथा उनीहरूको परिवारका नाममा रहेको चल तथा अचल सम्पत्तिको खोजी सुरु गरेको छ। यसका लागि संघीय सरकारले देशभरका सबै स्थानीय तहलाई पत्राचार गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै गाउँपालिका र नगरपालिकालाई पत्र लेख्दै सम्पत्ति खोजबिनमा आवश्यक सहजीकरण गरिदिन […]

पत्रकार पक्राउ प्रकरणमा सरकारको भूमिकामाथि विश्वप्रकाश शर्माको प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले पत्रकार पक्राउ प्रकरणलाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठाएका छन्। पक्राउ परेका पत्रकार रिहा भइसके पनि पक्राउको आदेश कसले दिएको हो र त्यसको जिम्मेवारी कसले लिने भन्ने विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने उनले बताएका छन्। केही महिनाअघि सञ्चारगृह अगाडि मोटर राखेर आतंक सिर्जना गर्ने व्यक्तिको पहिचान गरी सार्वजनिक […]

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज (शनिबार) बस्दैछ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको उनले जानकारी दिए ।

कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको महाधिवेशन काठमाडौंको खुलामञ्चमा गर्ने भएको छ। केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव अमृत कार्कीले महाधिवेशनका लागि काठमाडौंका तीन स्थान तय गरिएको जानकारी दिएका छन्। उनका अनुसार महाधिवेशन खुलामञ्चमा आयोजना हुनेछ भने भृकुटीमण्डपको बगैँचा क्षेत्रमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था गरिनेछ। त्यस्तै, मतदानका लागि राष्ट्रियसभा गृह प्रयोग गरिने भएको छ। […]

जापानका लागि प्रस्तावित राजदूत थापाबारे निर्णय लिन सोमबार बैठक बस्दै

काठमाडौं । जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाबारे निर्णय गर्न संसदीय सुनुवाइ समितिको बैठक आगामी सोमबार दिउँसो ३ बजे बस्ने भएको छ । सिंहदरबारमा बस्ने बैठकले थापालाई राजदूतमा अनुमोदन गर्ने वा नगर्ने विषयमा निर्णय गर्नेछ । यसअघि असोज २८ गते भएको संसदीय सुनुवाइका क्रममा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ र आवश्यक विवरण प्राप्त नभएपछि समितिले […]

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी

काठमाडौँ । नेपाली कांग्रेसले गत असोजमा सम्पन्न १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी गरेको छ। त्यसका लागि आवश्यक कागजात तयार पार्ने काम भइरहेको र सम्भव भएसम्म आजै आयोग पुगेर निवेदन दिने तयारी रहेको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय […]

रवि लामिछानेले किन भेटे सभामुख ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् । बिहीबार सभामुखको कार्यकक्ष सिंहदरबारमा अर्याल र रविबीच भेटवार्ता भएको हो । छलफलको विषय भने खुलाइएको छैन । सभापति लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबीच बुधबार भेटवार्ता भएको थियो । त्यसको भोलिपल्टै लामिछानेले सभामुख भेटेका हुन् ।

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा कार्यसमिति सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित विशेष समारोहमा पार्टी सभापति गगनकुमार थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। सभापति थापाले गत असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका थिए। शपथ ग्रहणपछि […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं