एमाले केन्द्रीय कमिटी बैठक आज पनि

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दै छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा बिहान ९ बजेपछि बैठक सुरु हुने कार्यक्रम छ। आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन्। एमाले सचिवालयका अनुसार प्रतिवेदनमाथि छलफलका लागि प्रत्येक केन्द्रीय सदस्यलाई बोलिसक्न ३ मिनेटको समय निर्धारण […]

प्रतिनिधि सभाको बैठक १ बजे

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । सिंहदबारमा दिउँसो १ बजे बस्ने बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष (तेस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रसूति बिदा ६ महिना पुर्‍याउने प्रस्तावसहित विधेयक संसद्मा

काठमाडौं । प्रसूति बिदा ९८ दिनबाट बढाएर ६ महिना पुर्‍याउने प्रस्तावसहितको विधेयक संसद्मा दर्ता भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक संसद् सचिवालयमा दर्ता गराएकी हुन्। विधेयकमा सरकारी, गैरसरकारी तथा निजी संघ–संस्थामा कार्यरत महिलाले कम्तीमा ६ महिनासम्म तलबसहित प्रसूति बिदा […]

ओलीले पद नछाड्ने, ‘निर्णायक’ आन्दोलन गर्न तयार हुन दिए निर्देशन

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको राजीनामा अहिलेका लागि टरेको एमालेकै नेताहरूले बताएका छन् । सोमबार ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा बसेको पार्टी केन्द्रीय कमिटीको बैठकमा ओलीले गरेकाे सम्बाेधनमा बताइएकाे कुराले पनि याे पुष्टि गर्छ । उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा समीक्षा र विश्लेषण गरेर मात्र नपुग्ने उल्लेख छ । उनको यसअघि राजीनामाको विषय […]

राष्ट्रिय सेवा दल विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाले राष्ट्रिय सेवा दल विधेयक, २०८३ पारित गरेको छ। विधेयकले विद्यार्थीमा देशप्रेम, अनुशासन र स्वयंसेवाको भावना विकास गर्ने तथा आवश्यकताअनुसार अन्य नागरिकलाई समेत तालिम दिन सक्ने व्यवस्था गरेको छ। विधेयकले बहालवाला सैनिक अधिकारीले मात्र तालिम दिनुपर्ने व्यवस्था हटाएको छ। राष्ट्रिय सेवा दलको महानिर्देशकमा अवकाशप्राप्त उपरथी नियुक्त हुने व्यवस्था गरिएको छ।  सरकारले तालिम प्राप्त […]

भोटेकोसी–त्रिशूली विपद्बारे संसदीय विशेष समिति गठन

काठमाडौं । भोटेकोसी–त्रिशूली विपद् तथा हिमालमा जलवायु परिवर्तनको प्रभावबारे अध्ययन गर्न प्रतिनिधिसभाले १५ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ। सभामुख डोलप्रसाद अर्यालले सोमबारको प्रतिनिधिसभा बैठकमा ‘हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोसी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति’ गठन भएको घोषणा गरेका हुन्। समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आठ जना सदस्य छन्। रास्वपाबाट गणेश […]

जेनजी आन्दोलनका माग बेवास्ता गरिएको सांसद राईको आरोप

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले जेनजी आन्दोलनको जगमा बनेको सरकारले नै आन्दोलनका मागलाई बेवास्ता गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद राईले आन्दोलनका क्रममा उठाइएका मागप्रति सरकार गम्भीर नदेखिएको भन्दै प्रश्न गरे । “जेनजीहरूकै मागलाई सरकारले बेवास्ता गरेको कुरा बिर्सनलायक छ रु म सरकारलाई प्रश्न गर्न चाहन्छु,” उनले भने […]

एमाले केन्द्रीय कमिटी बैठकमा मोबाइल लैजान रोक

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा भोलिदेखि मोबाइल लैजान नपाइने व्यवस्था गरिने बताएका छन्। रामबाग महलमा सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले बैठकलाई व्यवस्थित बनाउन मोबाइल बाहिर राख्ने व्यवस्था गरिने जानकारी दिए। उनले बैठकका क्रममा भिडियो खिच्न, अडियो रेकर्ड गर्न तथा लाइभ गर्न पनि निर्देशन दिए। ओलीले बैठकमा […]

एमाले केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ। बैठकमा केन्द्रीय सचिवालय बैठकले पारित गरेका एजेण्डालगायत समसामयिक विषयमा छलफल हुने जनाइएको छ। आज बिहान बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका एजेण्डा तय गरेको थियो। त्यस्तै, निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदन […]

एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजेदेखि सुरु हुँदैछ । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनपछि पहिलो पटक हुन लागेको केन्द्रीय कमिटीको बैठकमा सबै केन्द्रीय कमिटीका सदस्यलाई भनाइ राख्नका लागि समय उपलब्ध गराइने जनाइएको छ । केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न केन्द्रीय सचिवालय बैठक आज बिहान ९ बजे पार्टी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं