कांग्रेससँगको सहकार्य महत्वपूर्ण रह्यो : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारमा नेपाली कांग्रेसले गरेको योगदान र सहकार्यप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्। कांग्रेसबाट प्रदेश सरकारमा सहभागी मन्त्रीहरूको राजीनामा स्वीकृत गर्दै मुख्यमन्त्री कार्कीले प्रदेशको विकास, समृद्धि र सुशासनका लागि कांग्रेससँगको सहकार्य महत्वपूर्ण रहेको बताए। उनले कांग्रेससँगको सहकार्य सुमधुर र सकारात्मक रहेको उल्लेख गर्दै आगामी दिनमा पनि प्रदेशको […]

देउवाको अपिल : एकता र सहकार्यमा जोड दिऔँ

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयपछि स्वदेश फर्किएलगत्तै पार्टीभित्रको असहमति अन्त्य गर्दै राष्ट्रिय एकता र सहकार्यलाई प्राथमिकता दिन आह्वान गरेका छन्। करिब साढे पाँच महिनापछि काठमाडौँ आइपुगेका देउवाले आफू व्यक्तिगत राजनीतिक शक्ति आर्जन गर्ने उद्देश्यले नभई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने भावनाका साथ सक्रिय हुन स्वदेश फर्किएको बताएका छन्। उनले […]

ग्याँस अभावदेखि पत्रकार पक्राउसम्मका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले खाना पकाउने ग्याँसको अभाव, कालोबजारी, पत्रकार पक्राउ तथा विभिन्न जिल्लाका नागरिकका समस्यालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रिय सभाको आजको बैठकको शून्य समयमा सदस्य विष्णुदेवी पुडासैनीले ग्याँसको अभावका कारण नागरिकले खाना पकाएर खानसमेत नपाउने अवस्था सिर्जना भएको भन्दै समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरिन्। सदस्य कृष्णप्रसाद अधिकारीले खाना पकाउने […]

काठमाडौं आइपुगे शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं आइपुगेका छन् । पूर्वप्रधानमन्त्री देउवा पाँच महिनापछि स्वदेश फिर्ता भएका हुन् । देउवाको स्वागतमा हजारौँ कार्यकर्ता बाजागाजा झाँकीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । विमानस्थलमा सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

सुदूरपश्चिम प्रदेशसभाको बैठक आज, मुख्यमन्त्री शाहले विश्वासको मत लिँदै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज अपराह्न ५ बजे बस्दैछ। बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी तथा उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन्। यस्तै, लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित प्रदेशसभा सदस्यका विषयमा पनि छलफल हुने सम्भावित कार्यसूची रहेको उनले बताइन्। सत्ता गठबन्धनमा रहेको नेकपा ९एमाले० ले गत असार ३१ […]

देउवा आज स्वदेश फर्कँदै, विमानस्थलमा भव्य स्वागतको तयारी

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका पूर्व सभापति शेरबहादुर देउवा आज (बिहीबार) स्वदेश फर्किँदै छन्। उपचारका लागि विदेश गएको साढे पाँच महिनापछि पत्नी आरजु राणासहित उनी नेपाल फर्किन लागेका हुन् । देउवाको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो संख्यामा समर्थक उतार्ने काँग्रेस इतर समूहको तयारी छ । मध्यान्ह १२ बजे काठमाडौँ अवतरण हुने बताइएको छ […]

५ संसदीय समितिको बैठक बस्दै, के छन् कार्यसूची ?

काठमाडौं । संघीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ । बिहान ९:३० बजे बस्ने अर्थ समितिको बैठकमा उपसमितिका प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम […]

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्, राष्ट्रिय सभाको बैठक आज बस्दै छ । अपराह्न १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले दिए राजीनामा

विराटनगर ।  नेपाली काँग्रेसका चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएका छन्। बुधवार बसेको मन्त्रिपरिषद् बैठकको समापनपछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष राजीनामा बुझाएका हुन्। भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मन्सुरी, स्वास्थ्य मन्त्री मानबहादुर लिम्बू र भौतिक पूर्वाधार विकास मन्त्रालयकी राज्यमन्त्री शोभा चेम्जोङले […]

लेखा समिति बैठकमा विवाद, सांसद सुनारद्वारा बहिष्कार

काठमाडौँ । सार्वजनिक लेखा समितिको बुधवारको बैठकमा भ्रष्टाचारसम्बन्धी उजुरी र छानबिन प्रक्रियालाई लिएर रास्वपाका सांसद खगेन्द्र सुनारले बैठक बहिष्कार गरेका छन्। सुनारले आरोपितको पक्षपोषण गर्दै प्रश्न उठाउने सांसदलाई नै अपमान गरिएको आरोप लगाए। उनले भ्रष्टाचारको आरोप लागेकामाथि छानबिन नसकिँदासम्म पदमा बहाल रहन नहुने बताए। सुनार बाहिरिएपछि सांसद वर्षमान पुनले समितिमा सबै सदस्यको हैसियत बराबर हुने […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं