काठमाडौं । प्रतिनिधि सभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० सिटका लागि मतदान भएको थियो । गत भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनपश्चात् गठित सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले तत्कालीन प्रतिनिधिसभा विघटन गरेसँगै यो निर्वाचन […]
काठमाडौं । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको अन्तिम मत परिणाम आउने क्रम जारी छ। निर्वाचन आयोगका अनुसार आइतबार साँझसम्म धनुषा १ बाहेक ६ वटा क्षेत्रको मात्रै मत परिणाम आउन बाँकी छ। आयोगका अनुसार सुनसरी ४, नुवाकोट १, गोरखा १, इलाम १, संखुवासभा १ र अछाम २ को मत परिणाम आउन बाँकी छ। हालसम्मको […]
काठमाडौँ । संखुवासभामा प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका अर्जुनकुमार कार्कीले अग्रता कायम राखेका छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिङमा शेर्पाबीच कडा प्रतिस्पर्धा भइरहेको छ । एमालेका उम्मेदवार कार्कीले आफ्नो अग्रतालाई कायमै राखेका छन् । कार्कीले ६ हजार ६४३ मत प्राप्त गर्दै अगाडि छन् […]
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित युवा नेता क्षितिज थेबे नेपाली राजनीतिमा उदाउँदै गरेको प्रभावशाली अनुहार हुन् । नेकपा (एमाले)का केन्द्रीय सदस्य समेत रहेका उनी २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा १३ हजार ९ सय ६२ मत प्राप्त गर्दै विजयी भए । अधिकांश स्थानमा रास्वपाका उम्मेदवार निर्वाचित हुँदा ताप्लेजुङका मतदाताले भने क्षितिजलाई […]
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले बुझाएको प्रतिवेदनको अध्ययनपछि मन्त्रिपरिषदमा पेश गरिने बताएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित कार्यक्रममा प्रतिवेदन ग्रहण गर्दै उनले उक्त दस्ताबेजको अध्ययन आफू र गृहमन्त्रीले संयुक्त रूपमा गर्ने र त्यसपछि मन्त्रिपरिषदमा प्रस्तुत गरिने जानकारी दिएकी हुन्। अध्ययनपछि आवश्यक निर्णय तथा कार्यान्वयनसम्बन्धी प्रक्रिया अघि बढाइने उनले उल्लेख […]
ताप्लेजुङ । ताप्लेजुङमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले उमेद्वार क्षितिज थेबे विजयी भएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार थेबेले नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू लाई २ हजार २५१ मतान्तरले पराजित गरेका हुन्। अन्तिम मतपरिणामअनुसार थेबेले १३ हजार ९६२ मत प्राप्त गरे भने तुम्याहाङले ११ हजार ७११ मत पाए । सुरुवातमा अग्रता लिएका तुम्याहाङले अन्तिमसम्म […]
चितवन । चितवन-३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) नेतृ सोविता गौतमले बालेन्द्र शाह(बालेन) को नेतृत्वमा नयाँ सरकार बन्ने बताएकी छन् । निर्वाचित भएको प्रमाणपत्र लिएपछि पत्रकारसँग कुराकानी गर्दै नेतृ गौतमले चुनावभन्दा अगाडि नै पार्टीले बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गरेकाले उनी नै प्रधानमन्त्री बन्ने बताएकी हुन् । रास्वपाका पक्षमा नेपाली जनताले गरेको विश्वासलाई नतिजा दिनेगरी काममा […]
भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजीव खत्री निर्वाचित भएका छन्। प्रतिनिधि सभा निर्वाचनको शनिबार सम्पन्न मतगणनाको अन्तिम मत परिणामअनुसार खत्रीले ४२ हजार ३३३ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका महेश बस्नेतलाई पराजित गरेका हुन्। बस्नेतले १० हजार ७१७ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका कबीर रानाले […]
काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको प्रारम्भिक नतिजामा अधिकांश क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन् भने केही क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवार पनि अघि देखिएका छन्। प्राप्त पछिल्लो विवरणअनुसार चितवन–३ मा रास्वपाकी सोविता गौतम ९२५ मतसहित अग्रस्थानमा छिन्। उनलाई नेकपाकी रेणु दाहालले ६७९ मतसहित पछ्याइरहेकी छन्। […]
विराटनगर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङमा ६४.५६ प्रतिशत मतदान भएको छ। जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार जिल्लाभर रहेका ५५५ मतदान केन्द्रबाट कुल ७ लाख ८३ हजार ५० मतदातामध्ये ५ लाख ५ हजार ८९४ मत खसेको हो। हालसम्म खसेको मतमध्ये २ लाख ४३ हजार ३९६ पुरुष, २ लाख ६२ हजार ४९६ महिला र २ जना अन्य […]