स्रोत नखुलेको १४ लाख ८० हजारसहित पक्राउ परेका भारतीय गौर भन्सारबाटै फरार

रौतहट– सशस्त्र प्रहरीको चरम लापारवाहीका कारण स्रोत नखुलेको रकमसहित पक्राउ परेका एक जना भारतीय नागरिक गौर भन्सार कार्यालयबाटै बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलले स्रोत नखुलेको १४ लाख ८० हजार रुपैयाँसहित भारतीय नागरिक ३१ वर्षका गजेन्द्र रायलाई पक्राउ गरेको थियो । उनी रकम सहित गौर भन्सारमा बुझाउने क्रममा पिसाब फेर्ने बहानामा भन्सार कार्यालयको पश्चिम […]

साउदीमा गर्मीका कारण मृत्यु हुने हज यात्रीको संख्या नौं सय नाघ्यो

काठमाडौं– साउदी अरेबियाको मक्कामा जुन १२ देखि जुन १९ सम्म गर्मीका कारण ९२२ हज यात्रीको मृत्यु भएको छ । एक रिपोर्ट अनुसार साउदी अरबमा हज यात्राको क्रममा इजिप्टका मात्र ६०० भन्दा बढीको मृत्यु भएको छ । ठुलो सङ्ख्यामा हज यात्रीहरू अहिले पनि बेपत्ता रहेको मिडिया रिपोर्टमा बताइएको छ। तर साउदी अरबले अहिलेसम्म मृत्यु हुने र […]

श्री एयरलाइन्सको भरतपुरमा परीक्षण उडान

चितवन– निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले आज काठमाडौं–भरतपुर परीक्षण उडान गरेको छ । एयरलाइन्सले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र पर्यटनमन्त्री हितबहादुर तामाङको उपस्थितिमा चितवनको भरतपुर विमानस्थलमा परीक्षण उडान गरेको हो। क्यानाडामा निर्मित क्यू ४०० ड्यास ८ श्री एयरलाइन्सको ८० सिट क्षमताको जहाज भरतपुर आएको हो । परीक्षण उडान भएसँगै अब श्रीले नियमित उडान […]

तीनवटै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन जिम्मा विदेशीलाई दिने प्रधानमन्त्रीको संकेत

काठमाडौं‌ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकका तीनवटै अन्तरराष्ट्रिय विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई जिम्मा लगाउने सङ्केत दिएका छन्‌ । प्रतिनिधि सभामा जारी ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम’मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालनबारे सोधिएको प्रश्नको जवाफ दिँदै दाहालले तीनवटै विमानस्थल सञ्‍चालन जिम्मा विदेशी कम्पनीलाई दिनेबारे छलफल भइरहेको जानकारी दिएका हुन्‌ । ‘आज बिहान मात्रै पनि मैले सम्बन्धित मन्त्रालयसँग […]

काठमाडौं महानगरका विभागीय प्रमुखको गाडी बरामद

काठमाडौं– काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखले लामो समयदेखि दुरुपयोग गर्दै आएको गाडी बरामद गरेको छ । महानगरपालिकाले ईयूले अनुदानमा दिएको ‘बि एए ४८२०’ नम्बर प्लेटको मारुती सुजुकी कार कार्यालय समयमा बालाजुस्थित निवासबाट बरामद गरेको हो । उक्त गाडी लामो समयदेखि महानगरका एक १० औँ तहका विभागीय प्रमुखको जिम्मा थियो । ती विभागीय प्रमुख महानगरबाट फोटोन […]

उद्घाटन नहुँदै भासिएको कमला पुल अलपत्र, सर्वसाधारणलाई सास्ती

गोदार– धनुषा र सिरहालाई जोड्ने कमला पुल यस वर्ष पनि नबन्ने भएको छ । निर्माण सम्पन्न भएर उद्घाटन हुनुअगावै भासिएको उक्त पुल तीन वर्ष बितिसक्दा पनि निर्माण हुनसकेको छैन । गत चैत १८ गते पुलको निरीक्षण गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले ठेकेदारलाई असार १५ गतेसम्म पुल निर्माण सम्पन्न गर्न निर्देशन दिएका थिए । […]

सामाजिक सांस्कृतिक ऐक्यबद्धताको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान विपरित धार्मिक तथा सामाजिक सदभाव बिगार्ने र साम्प्रदायिकता फैलाउने गतिविधि नियन्त्रणका लागि जस्तो सुकै उपाय अपनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले धार्मिक गतिविधिका नाममा साम्प्रदायिकता फैलाउन खोज्ने व्यक्ति तथा समूहलाई प्रचलित कानुन बमोजिम कानुनी कारबाही हुने स्पष्ट पारे । […]

सबै नागरिकमा स्वास्थ्य सेवा पुर्‍याउन सरकारले काम गरिरहेको छ : स्वास्थ्यमन्त्री यादव

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले संविधानले स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकका रुपमा स्थापित गरेकाले त्यसको कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०८१ अन्तर्गत स्वास्थ्य मन्त्रालयका विनियोजित शीर्षकबारे छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको […]

बीएन्डसीले लाइसेन्स पाएपछि प्रधानमन्त्रीदेखि न्यायाधीशविरुद्ध खनिए केसी

काठमाडौं- दुर्गा प्रसाईं सञ्चालक रहेको झापास्थित बीएन्डसी मेडिकल कलेजलाई सर्वोच्च अदालतको फैसलाअनुसार चिकित्सा शिक्षा आयोगले सम्बन्धन दिएपछि प्रा.डा. गोविन्द केसी आक्रोशित भएका छन् । बिहीबार एक वक्तव्य निकाल्दै दुई दिनअघि बीएन्डसीलाई सम्बन्धन दिने आयोगको निर्णयप्रति केसीले आक्रोश पोखेका हुन् । उनले दुर्गा प्रसाईंलाई अराजक र उछृंखल मेडिकल व्यसायीको संज्ञा दिँदै चिकित्सा शिक्षा ऐनको ठाडो उल्लंघन […]

सर्पदंशको निःशुल्क उपचार

महोत्तरी– महोत्तरीको बर्दिवास नगरपालिका–३ मा शर्पदंशको नि:शुल्क उपचार गरिने भएको छ । सर्पले डसेमा वडा नम्बर ३ का नागरिकको निःशुल्क उपचार गरिने वडाध्यक्ष विराट विष्टले बताए। सोमबार गौरिडाँडास्थित सर्पदंश उपचार केन्द्रमा आयोजित एक कार्यक्रममा बोल्दै वडाध्यक्ष विष्टले पैसा अभावमा कोही नगरवासी उपचारबाट वाञ्चित हुन नपर्ने बताए । कार्यक्रममा प्रारम्भिक चरणमा ३० हजार बराबरको औषधि र […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
(977)9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं