आज आमाको मुख हेर्ने दिन । क्यालेन्डरको एउटा पाना फेरिएको छ । तर, आज म आफ्नै जीवनको एउटा ठूलो पाना पल्टिएको महसुस गर्दैछु । एउटी छोरी जब आफै आमा बन्छिन्, तब मात्र उसले समयको त्यो अदृश्य ऐना देख्ने रहेछ, जहाँ उसले आफ्नी आमाको चेहरामा आफ्नो भविष्य र आफ्नो चेहरामा आमाको अतीत देख्छे। मेरो अस्तित्वको आकाशमा […]
विशेष कामले काठमाडौँ पुगेको समय थियो । कात्तिक अन्त्यतिर कथाकार सुरेश यक्सोको कथा संग्रह ‘पेनिबा’ विमोचनको तयारी चलिरहेको रहेछ । म काठमाडौँ जाँदा ललितपुरस्थित कवि सीता तुम्खेवासँगै बस्ने गर्छु । संयोगवश विमोचन कार्यक्रमको संयोजक पनि उहाँ नै हुनुहुन्थ्यो । त्यसैले पूर्व फर्किने कार्यक्रमलाई केही समय थाँती राखेर म विमोचन कार्यक्रममा सहभागी हुने मनसायका साथ बसेँ […]
लामो समय देखी राज्यसत्ताको अकर्मण्यता, सुशासन विहीनता, जबाफदेही विहीनता तथा आम नागरिकसँगको बढ्दो दुरी सबैले हेरिरहेका र भोगिरहेका थियौँ । यसका बारे चौतर्फी बहसहरू हुन्थे, आलोचना भई रहेका हुन्थे, सुझाव दिइन्थ्यो तर, सरकार कानमा तेल हालेर बसेको थियो । असन्तुष्टि, आक्रोश भित्रभित्रै बढिरहेको थियो । सरकार दैनिक कामकाज र आफ्नो शक्ति सन्तुलनमा व्यस्त थियो । […]
विगत तीन दिन यता करिब हजार जनासँग फोनमा कुरा भयो । त्यति कै संख्यामा म्यासेज हेरेको छु । त्यसमा अधिकांश पार्टीका कमरेडहरू र केही शुभेच्छुक मित्रहरू रहनु भएको छ । कुराकानीका क्रममा सुझाव, टिप्पणी, विरोध, आक्रोश, हतासा, निराशा, सम्भावना, उपाय, दृढता, जोसलगायतको मिश्रित र विविधतायुक्त धारणाहरू पाएको छु । बोल्नु पर्यों, पहल लिनु पर्यो भनेर […]
विराटनगर । हरेक वर्ष मार्च ८ का दिन अन्तर्राष्ट्रिय नारी दिवस आउँछ । मञ्चहरूमा समानता र सशक्तिकरणका ठूला–ठूला नारा गुञ्जिन्छन् । तर, ती नाराहरूले एउटी आमाको मुटुभित्रको छटपटी र समाजले उनीहरूमाथि गर्ने निर्मम प्रहारलाई कति बुझ्न सकेका छन् ? यो प्रश्न यसपटक मलाई नराम्रोसँग बिझिरहेको छ । हालै सम्पन्न निर्वाचनमा युवा नेत्री रञ्जु दर्शनाले सुत्केरी […]
स्थान : वनस्थली, घण्टी घर । मूलधारे १२ भाइ पत्रकारसँग ज्यानी दुष्मनी कमाएका सहकारी छामिखानेलाई तीनले बाल मतलब नराख्ने कुरा त सर्वविदितै छ । यसर्थ छामिखानेको भोपु बजाउने पनि ’हवस् माजिक’ सञ्जाल नै हो । जेलबाट छुटेर यतिका दिनसम्म उथलपुथल गरिसकेका छामिखानेको अन्तरङ्ग बाहिर ल्याउन हवस माजिक सञ्जाल जरुरी हुनु स्वाभाविकै थियो । यस्तै कुराको […]
मेरो भोट बिक्रीमा छैन मागेर पाइँदैन, मेरो भोट मागेर कहाँ पाइन्छ र माग्दैमा कहाँ दिइन्छ र भोट भिक्षा होइन मलाई घाँडो पनि भा छैन पैँचो दिने वस्तु होइन एक फाँको खैनी , एक खिल्ली बिँडी एक ढुङ्ग्रो मोही हो र मेरो भोट? मेरो भोट बिक्रीमा छैन मागेर पाइँदैन । मेरो भोट , देश बनाउने औजार […]
निक्कै दिनदेखि म बिरामी थिएँ । महिलाको समस्या अनेक तल्लो पेट र ढाड दुखाइले दैनिकी नै अस्तव्यस्त बनाएको थियो । यो समस्या नयाँ थिएन, धेरै ठाउँमा देखाएँ, तर खासै निको भएन । अन्तिम उपाय ठानेर पुस ३० गते दिदीसँग उपचारका लागि कोशी अस्पताल पुगेँ । गाइनो विशेषज्ञ डा. तृप्ति यादवलाई देखाएँ । उहाँले युरिन, भिडियो […]
नेपाली कांग्रेस विगत चार महिनादेखि एउटै विषयमा अल्झिएको छ, महाधिवेशन। विशेष गर्ने कि नियमित? निर्वाचन अघि कि पछि ? यस्तै चेपुवामा पर्दा यतिखेर “कतै कांग्रेस फेरि विभाजनमा पो पुग्छ कि!” भन्ने चर्चा नै चुलिएको छ। हर्क साम्पाङले हिजोआज भन्दै थिए, “आफूसँग भएको कुनै पनि शक्ति वा सम्पत्ति अरूलाई दिन सहजै मान्दैन मान्छे।” यति लामो विरासत […]
अभिमान र आतंकको प्रतीक सिंहदरबार, सत्ता र शक्तिको पर्याय सिंहदरबार, आकर्षण र आस्थाको धरोहर सिंहदरबार, अपेक्षा र आशाको केन्द्र सिंहदरबार, सभ्यता र इतिहासको बिम्ब सिंहदरबार, आज पहिचान फेरिँदै छ । सिंहदरबार आज निरीह देखिँदै छ, लाग्छ, सिंहराज चारै तिरबाट, हुँडारहरूले घेरिएको छ, अलि पर छ अर्को घेरा, अझ हिंस्रक सिकारीहरूको, सिंह किंकर्तव्यविमूढ छ, स्वनिर्णय विहीन […]