
काठमाडौं । अन्ततः नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदीबीच मिलापत्र भएको छ । एपीवान टेलिभिजनका मालिक क्याप्टेन रामेश्वर थापाको पहलमा दुवैबीचको झगडा मिलापत्रमा टुंगिएको हो । नेपाल कलाकार संघका अध्यक्ष रवीन्द्र खड्कालगायतले नायिका र पत्रकारबीचको विवाद मिलाउन निकै प्रयास गरेका थिए । सोही प्रयासले बिहीबार सार्थकता पाएको हो । सुवेदी र शर्माबीचको मिलापत्रमा कलाकार […]
काठमाडौँ । ‘के माया लाग्छ र ?’ बोलको गीत यतिखेर सर्वत्र चर्चामा छ । धेरै दर्शकले रुचाएको यो गीतमा स्वर दिने गायिका एलिना चौहानलाई पनि गीतले चर्चामा ल्याइदिएको छ । गीतकै कारण अहिले उनी दर्शकदेखि संगीतकार, गीतकारको नोटिसमा परेकी छिन् । धेरैले उनलाई गीतको अफर गर्न थालेका छन् । लकडाउन खुकुलो भएसँगै १० वटा गीत […]
काठमाडौं । विवादित छविकी मोडल तथा यूट्यूवर सोनिका रोकायाले हालै फेसबुक लाइभमा आएर ‘रौद्ररुप’ देखाएकी छन् । विक्षिप्त मनोदशामा देखिएकी उनले अश्लील गालीगलौजसहित आपत्तिजनक कुराहरु बोलिन् । ‘कति कुरा नबोल्न खोज्दा खोज्दै पनि साइको बनाइदिन्छन्’ भन्दै उनले लाइभ सुरु गर्छिन् । त्यसपछि उनले अंग्रेजी र नेपालीमा अश्लील शब्दहरु प्रयोग गर्दै आफ्नो भँडास निकालेकी छन् । […]
काठमाडौ । अभिनेत्रीलाई लक्षित गरेर चलचित्र पत्रकार प्रकाश सुवेदीले टेलिभिजन कार्यक्रममा गरेको अभद्र भाषाको प्रयोग विरुद्ध कलाकार तथा चलचित्र क्षेत्रका विभिन्न संगठन उभिएका छन्। कलाकार संघ, नेपाल चलचित्र संघ, नेपाल चलचित्र निर्माता संघ, चलचित्र निर्देशक समाज, नेपाल चलचित्र प्राविधिक संघ, चलचित्र द्वन्द्व संघ र चलचित्र नृत्य संघले सो घटनाको विरोध गरेको हो । एपी वान […]
एजेन्सी । इन्फोर्समेन्ट डाइरेक्टरेट (ईडी) का केही सूत्रले सुशान्तसिंह राजपुतकी पूर्वप्रेमिका अंकिता लोखन्डेको फ्ल्याटको ईएमआई सुशान्तले तिर्ने गरेको भन्ने खबर सार्वजनिक गरे । यो खबरको खण्डन गर्दै अंकिताले आफ्नो इन्स्टाग्रामा आफ्नै बैंक खाताबाट ईएमआई तिरेको बैंक विवरण सार्वजनिक गरेकी छिन् । उनले स्टेटमेन्ट सेयरगर्दै लेखेकी छिन्, “यहाँ मैले मेरोबारे आएको हल्लालाई प्रस्ट्याउन खोजेकी छु । […]
काठमाडौं । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । उनलाई क्यान्सर भएको खबर पाए पछि उनका फ्यानहरु निकै दुखी भएका छन् । उनलाई तेस्रो चरणको फोक्सोको क्यान्सर भएको र क्यान्सरको उपचारको लागि अमेरिका जानसक्ने भारतिय मिडियाले जनाएको छ । केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका उनी डिस्चार्ज भए लगत्तै यस्तो […]
काठमाडौं । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको अन्तिम फिल्म दिल बेचारा भारतमा २४ जुलाईमा ओटीटी प्लेटफर्मममा रिलिज भएको थियो । फ्यान्सहरुले यो सिनेमालाई लगातार सिनेमाघरमा रिलिज गर्न माग गरिरहेका थिए । तर कोरोनाका कारण फिल्म सिनेमा घरमा रिलिज हुन पाएको थिएन । यसैबीच न्यूजील्याण्डको सिनेमाघरमा दिल बेचारा रिलिज भएको छ । न्यूजिल्याण्ड कोरोना संक्रमण […]
काठमाडौं : अहिले नेपाली गीतसंगीत आकाशमा गायक निशान भट्टराईले तहल्का नै मच्चाइरहेका छन्। उनी जुन गीतमा स्वर भर्छन्, त्यसले युट्युबको पारो कतिखेर चढाउँछ पत्तै हुँदैन। उनको संगीतप्रतिको लगाव, गायनको फरक शैली अनि शब्द चयनको गाम्भीर्यले उनलाई छोटो समयमै निशानामा पुर्यायो भन्दा दुई मत नहोला। खिरिलो शरीर, लोभलाग्दो मायालु अनुहार अनि शब्दलाई न्याय गर्न सक्ने निखारिएको […]
काठमाडौं । खामोशी विथ लाइफको नाराका साथ बोल्न र सुन्न नसक्ने फरक क्षमताका प्रतिभाका लागि भारतमा भइरहेको अन्तर्राष्ट्रिय डेफ ला ग्राभेटियामा नेपालकी एक मात्र प्रतिस्पर्धीका रूपमा विश्व कीर्तिमानी बहिरा कलाकार सुजल बम कडा प्रतिस्पर्धा गरिरहेकी छिन्। श्रवणशक्ति नभएका बीच हुने यो प्रतियोगितामा सुजल प्रतियोगिता नं. १ सय १० का रूपमा १ सय ११ जना सहभागीका […]
काठमाडौं। चर्चित टेलिभिजन शो कमेडी च्याम्पियनका विजेता हिमेश पन्तले कार पाएका छन्। विजेता बनेको पाँच महिनापछि पूर्वघोषित पुरस्कारस्वरूप ‘डाट्सन रेडी गो’ कार पाएका हुन्। आज एक कार्यक्रमकाबीच च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी र कान्तिपुर टिभीका प्रमुख दिनेश डिसीले कारको साँचो हस्तान्तरण गरेका हुन्। कमेडी च्याम्पियनको दोस्रो सिजन पनि घोषणा भइसकेको छ। रियालिटी शो […]