राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीलाई केयूको गोप्य पत्र, के छ पत्रमा ?

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी सो पदमा रहन अयोग्य हुने भन्दै अदालतमा पुगेको मुद्धा विचाराधिन छ । भदौ २ गते मंगलवार उनलाई अदालतमा जवाफका लागि बोलाइएको छ । सर्वोच्चका न्यायाधिश हरिकृष्ण कार्कीको इजलासले पदमा रहन आवश्यक पर्ने शैक्षिक प्रमाणपत्र पनि पेश गर्न भनेको छ । गिरी राष्ट्रिय चिकित्सा शिक्षा आयोगका […]

इलाममा क्वारेन्टाईन बसेका २२ बर्षीय पुरुषको मृत्यु, पीसीआर रिपोर्ट आउन बाँकी

इलाम । इलामको सूर्योदय नगरपालिकाको करफोक क्वारेन्टाईनमा बसेका २२ बर्षीय एक पुरुषको मृत्यु भएको छ । भारतको हैदराबादबाट आई गत २६ गते देखि क्वारेन्टाईनमा बस्दै आएका सूर्योदय नगरपालिका ९ घर भएका ती पुरुषको गएराती मृत्यु भएको हो । स्वास्थ्यमा समस्या भए पछि आईतबार बिहान १० बजे देखि सूर्योदयन गरपालिकाको स्वास्थ्यकर्मीको टोलीले उनको उपचार गरेपनि राती […]

सरुवा सुरक्षाकर्मी र कर्मचारीसँगै भित्रियो संक्रमण

ओखलढुंगा । सरुवा भएर आउने सुरक्षाकर्मी तथा कर्मचारीमा संक्रमण देखिएको छ। कर्मचारी आवतजावत तथा सरुवा नरोकिँदा संक्रमण समुदायस्तरमा फैलने जोखिम बढेको छ। तराई तथा तीव्र संक्रमण फैलिइरहेका क्षेत्रबाट आउनेमा संक्रमण पुष्टि भएपछि स्थानीय त्रसित भएका छन्। तराईबाट सरुवा भएर ओखलढुंगा र खोटाङ आएका ७ जना प्रहरीमा संक्रमण देखिएको छ। ओखलढुंगामा १ र खोटाङमा ६ जना […]

आज र भोली देशभर वर्षा हुने

काठमाडौं । मनसुनी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही देशको अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक बुलेटिन निकालेर मनसुनी न्यून चापीय रेखा नेपालको दक्षिणतर्फ रहनुका साथै बङ्गालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण जलवाष्पयुक्त हावा देशभर भित्रिएकाले आगामी […]

दैनिक संक्रमित र मृत्यु संख्या विश्वकाे सबैभन्दा बढी भारतमा !

काठमाडाैँ । पछिल्लाे समय काेराेना संक्रमणकाे केन्द्र भारत बनेकाे छ । त्यहाँ दैनिक संक्रमित र मृत्यु हुनेकाे संख्या अहिले विश्वमै सबैभन्दा धेरै रहेकाे छ । आइतबार भारतमा एकैदिन ५८ हजार १०८ जना नयाँ संक्रमित फेला परेकाे वर्ल्डाेमिटर्सकाे तथ्यांकले देखाएकाे छ । जुन अन्य देशकाे भन्दा सर्वाधिक दैनिक संक्रमित संख्या हाे । आइतबार त्यहाँ काेराेनाबाट मृत्यु […]

विराटनगरमा बृद्धाको मृत्यू : आफन्त र छिमेकी परै बसे, २२ घण्टापछि सेनाले उठायो शव

विराटनगर । शनिबार राति घरमै मृत्यु भएकी विराटनगर– ३ कि ८७ वर्षकी वृद्धाको नेपाली सेनाले अन्त्येष्टि गरेको छ । मृतकको घरमा रहेका बुहारी र नातीलाई कोरोना संक्रमण पुष्टि भएका कारण आफन्त र छिमेकीले वृद्धाको अन्त्येष्टिमा सहभागी हुन नमानेका हुन् । मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले आफन्त र परिवारका सदस्यसँगै छिमेकीले पनि अन्त्येष्टिमा सहभागी हुन […]

कालिकोटमा खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

कालिकोट । पञ्चदेवल विनायक नगरपालिकाका एकै परिवारका खोलाले बगाएर चार जनाको मृत्यु भएको छ । शनिबार साँझ अछाम र कालिकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा चार जनाको मृत्यु भएको हो । प्रहरीले मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–९ तानकोट बस्ने ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया विपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा […]

सैनिक अदालतद्वारा सहायक रथीसहित तीन सैनिक अधिकृत भ्रष्टाचारको अभियोगमा बर्खास्त

काठमाडाैं । नेपाली सेनाको सैनिक अदालतले सहायक रथीसहित तीन जनालाई भ्रष्टाचार गरेको ठहर गरेको छ। सेनाको समरी जनरल सैनिक अदालतले सेनाका सहायक रथी प्रयोग जबरा, महासेनानी नविन सिल्वाल र प्रमुख सुवेदार मिठुराम विश्वकर्मालाई दोषी ठहर गर्दै बर्खास्तको फैसला गरेको जंगीअड्डाले जनाएकाे छ। उनीहरू पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा कार्यरत रहँदा ‘सम्पत्ति र अनुशासन तथा […]

मोरङको दुहवीमा ३०० शय्याको ‘श्रमिक क्वारेन्टिन’ बन्ने

मोरङ । मोरङको दुहबी नगरपालिकामा ‘श्रमिक क्वारेन्टिन’ निर्माण प्रक्रिया सुरु भएको छ। शनिबारदेखि सुरु भएको श्रमिक क्वारेन्टिन ३०० बेड क्षमताको हुनेछ। उक्त क्वारेन्टिनमा कोभिड-१९ पोजिटिभ देखिएका कर्मचारीलाई राख्न प्रयोग हुनेछ। उद्योगमा काम गर्ने कर्मचारी संक्रमित भएमा राख्न क्वारेन्टिन निर्माण गर्न लागेको मोरङका व्यवसायीले जानकारी दिएका छन्। व्यवसायीहरूका अनुसार दुहवी नगरपालिका, प्रदेश सरकार र मोरङका उद्योगी […]

प्रदेश १ मा कोरोना : विराटनगरमा ८६ सहित १ सय ३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आइतबार १ सय ३ कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्ये ३४ महिला र ६९ पुरुष छन् । मोरङमा ९२, खोटाङमा ६, सुनसरीमा २, इलाममा १, र प्रदेश १ बाहिरका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगर महानगरपालिकामा आईतबार ८६ जनामा कोरोनो पुष्टि भएको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा