प्रधानमन्त्री ओली संखुवासभामा, साढे ३ बजे काठमाडौं फर्कने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् । बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए । ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको सीमा सुरक्षा पोस्ट ९बीओपी०को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् । ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक […]

प्रधानमन्त्री ओली संखुवासभा जाँदै, बीओपीको अवलोकन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सङ्खुवासभा जाँदैछन् । बिहान साढे ८ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गर्ने ओलीले त्यहाँ सञ्चालित विभिन्न आयोजनाको अवलोकन गर्नेछन् । प्रधानमन्त्री ओली सङ्खुवासभा जाने भएपछि तयारी पनि तीव्र पारिएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले बताए । ओली सुरूवातमा चीनसँग सीमा जोडिएको उत्तरी नाका किमाथाङ्का पुग्ने कार्यक्रम तय भएको […]

ब्राउन सुगर किनबेच हुँदाहुँदै झापामा चार जना पक्राउ

झापा । झापाको बिर्तामोडमा लागुऔषध ब्राउनसुगर किनबेच हुँदाहुँदै चार जना पक्राउ परेका छन् । बिर्तामोड–२ फुलबारी टोलका वर्षीय २५ मोहनकुमार ओलीको घरमा लागूऔषध खरिद बिक्री भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले मंगलबार बेलुका चार जनालाई पक्राउ गरेको हो । प्रहरीले ओलीसँगै बिर्तामोड–का २४ वर्षीय दयालाल राजवंशी, ३१ वर्षीय सञ्जयकुमार […]

माटोको भाँडामा पनि भारतीय नागरिककै भर

विराटनगर । माटोको भाँडा बनाउने कुमाल पुख्र्योली पेशा प्रति विमुख हुँदा नेपाली बजारमा भारतीय माटोको भाँडा आउन थालेका छन् । भाँडा बनाउने माटो र मेहनत अनुसारको आम्दानी नहुँदा नेपाली कुमाल आफ्नो पुख्र्यौली पेशबाट विखुम हुँदा सीमा आसपासका बजारमा भारतीय कुमालले बनाएका भाँडा बिक्री हुन थालेका हुन् । कोरोना संक्रमणलाई नियन्त्रण गर्न सरकारले नेपाल र भारतको […]

कृषि मन्त्रीलाई राजेन्द्र लिङ्देनको प्रश्न–‘असफल भइयो कि बनाए ?’

झापा । वर्षायाममा धान रोप्ने बेला किसानलाई मल उपलब्ध गराउन नसकेको सरकारले हिउँदे बालीका लागि समेत मल ल्याउन नसक्ने देखिएको छ । बंगलादेश सरकारले ५० हजार टन युरिया मल पैंचो दिन सहमति जनाए पनि हालसम्म सरकारले ल्याउन सकेको छैन । मल नपाएर किसान छट्पटाएको देखेपछि झापा क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनले कृषि तथा […]

लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर । झापाको दमक नगरपालिका ८ बाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा स्थानीय २८ बर्षीय अंकित कार्की र दमक नगरपालिका ७ का २८ बर्षीय अमन लिङफेक लिम्बु रहेको झापा प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोमवार राती सवा ८ बजे डाईजोपाम ८३ एम्पुल, फेनारगन ८३ […]

फाल्गुनन्दको मार्गदर्शन सबैले पालना गर्न आवस्यक छ : मन्त्री भट्टराई

विराटनगर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय विभूति तथा समाज सुधारक महागुरु फाल्गुनन्दको मार्गदर्शन सबैले पालना गर्न सकेमा राष्ट्रिय एकतालाई अझ सबल र कसिलो बनाउन सकिने बताएका छन् । महागुरु फाल्गुनन्द लिङ्देनको १ सय ३६ औं जन्म जयन्तीको अवसरमा मंगलबार शुभकामना दिदै मन्त्री भट्टराईले लिङ्देनले समाज सुधारमा पुर्याएको योगदानको चर्चा गरे । […]

समाज सुधारक ‘फाल्गुनन्द’को जन्मजयन्ती मनाइँदै

विराटनगर । समाज सुधारकका रुपमा परिचित फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती मंगलबार किराँत धर्मावलम्बीहरूले विषेश महत्वका साथ मनाउँदैछन् । नेपाल सरकारले २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा समेत गरिएका लिङ्देनका जन्मस्थानमा जयन्तीका दिन विषेश पुजासहितका कार्यक्रम राखिने गरिएकोमा यो वर्ष कोरोना महामारीका कारण सामाजिक दुरी कायम गर्दै समान्य पुजा र कार्यक्रम मात्र गर्ने तयारी गरिएको छ […]

कोरोना खोप तयार, सोमबार घोषणा, नोभेम्बरभित्रै प्रयोगका लागि प्रक्रिया थालिने

लन्डन । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले […]

परिणाम देखिने गरि काम गर्न जिल्ला अस्पताललाई मन्त्रीको निर्देशन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जिल्ला अस्पतालहरुले परिणाम देखिनेगरि काम गर्नुपर्ने बताएका छन् । उनले अस्पतालहरुले विस्तार गरेको सेवाका बारेमा स्थानीयले थाहा पाउने गरि काम गर्न समेत निर्देशन दिए । प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा मंगलबार भएको प्रदेश स्तरिय अस्पतालहरुको बार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठिमा मन्त्री घिमिरेले जिल्ला अस्पतालहरुलाई प्रदेश […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा