एजेन्सी । कोरोना भाइरस विरुद्ध तयार पारको अक्सफोर्ड–आस्ट्राजेनेका खोपले रगतमा असर गर्छ भन्ने हल्ला निराधार रहेको बताइएको छ । स्पस्टोक्ति युरोपेली युनियनको औषधि नियामक निकायका अनुसार डेनमार्क र नर्वे लगायत कतिपय देशहरूमा त्यो खोपमा रगत जम्ने समस्या देखिएको भन्दै प्रयोग स्थगित गरिएको थियो । यस घटनापछि युरोपेली युनियनको औषधि नियामक निकायले खोपमा समस्या नरहेको दावी […]
विर्तामोड । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा […]
विराटनगर । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक अन्यत्र यो कार्यक्रम लागू भइसकेको छ । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना […]
विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार सम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ […]
विराटनगर । प्रदेश १ मा दुई दिनमा तीन हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार कोभीशील्ड खोप बिहीबार प्रदेशमा २ हजार ५ सय जनाले खोप लगाएका छन् । पहिलोदिन बुधबार प्रदेशका विभिन्न ८ जिल्लामा खोप लगाउनेको संख्या १ हजार ३ सय ९६ […]
ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो खोप जिल्ला अस्पतालकी नर्सिङ निरीक्षक विजया राईले लगाइन् । अन्तराष्ट्रिय नर्सिङ दिवस परेकाले नर्सलाई नै पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । पहिलो दिन २२ महिला र ३७ पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख राजकुमार पोख्रेलले बताए । पोख्रेलका […]
काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ […]
एजेन्सी । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट […]
काठमाडौं । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ । यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं […]
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको […]