दोस्रो लहरको संक्रमण बढ्यो, खोपले मात्रै पुग्दैन : डब्ल्युएचओ

काठमाडौँ । संक्रमणको पहिलो लहर ठीक नहुँदै दोस्रो लहरको संक्रमण फैलिएपछि युरोप लगायतका मुलुक फेरि आक्रान्त भएका छन् । संक्रमण बढेपछि युरोपेली मुलुकहरूमा फेरि प्रतिबन्ध कायम भएका छन् । बेलायत, इटाली, फ्रान्स लगायतका मुलुकले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यू नै जारी गरेका छन् । तर पनि संक्रमण घटेको छैन । यो समाचार तयार […]

कोरोना खोप तयार, सोमबार घोषणा, नोभेम्बरभित्रै प्रयोगका लागि प्रक्रिया थालिने

लन्डन । बेलायती उत्पादकले कोरोना भाइरसविरुद्ध पहिलो ‘प्रभावकारी’ खोप तयार भएको सोमबार घोषणा गरेका छन्। विश्वलाई तहसनहस बनाइरहेको यो भाइरस नियन्त्रणको उपाय निकालेको दाबी गर्दै त्यहाँका वैज्ञानिकले ‘विज्ञान र मानवताका लागि महान् दिन’ भनेका छन्। उक्त खोप लगाएकामध्ये ९० प्रतिशतभन्दा बढीलाई सुरक्षा प्रदान गर्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। खोपको विकास गर्ने कम्पनीहरू फाइजर र बायोएनटेकले […]

जडीबुटी खानुहुन्छ ? सावधान कलेजोको समस्या होला

काठमाडौं । काठमाडौंका रामकृष्ण तिवारीलाई केही दिनअघि उनकी पत्नीले पारिजातको पात पकाएर झोल दिइन् । ती महिलाले पारिजातको झोल पिउँदा कोरोना भाइरस लाग्नबाट जोगाउँछ भन्ने सुनेकी रहिछन् । तिवारीले खुसीसाथ दुई गिलास पिए । तर, त्यसपछि उनको शरीरमा एक्कासि रक्तचाप घट्यो । ‘शरीरमा ब्लड प्रेसर कम भएर दुई दिनसम्म काम गर्न सकिनँ’, उनी भन्छन्, ‘एउटा […]

राती सुतेर उठ्दा हात खुट्टामा देखिने निलो धब्बा ‘बोक्सि’ले टोकेको हो ?

विराटनगर । राती सुतेर उठ्दा कहिलेकाहिँ विहान तपाईंको शरीरका बिभिन्न भागमा निलो दाग देखिन्छ ? यस्तो कुनै दाग दुख्ने हुन्छ त कुनै नदुख्ने पनि । धेरैले यो ‘बोक्सि’ले टोकेको पनि भन्ने गर्छन् । तर यो के कारणले भएको होला धेरैलाई थाहा नहुन पनि सक्छ । आज हामी यो के कारणले हुन्छ जानकारी दिदैछौँ । शररीमा […]

नेपालमा पनि कोरोनाको तीन खोप परीक्षण गरिंदै

काठमाडौं । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल सुरु गरेको छ । सरकारले कोरोना भाइरसविरुद्धका खोपको तेस्रो चरणको परीक्षण नेपालमा गर्न तीन प्रमुख अन्तर्राष्ट्रिय निर्मातासँग छलफल अगाडि बढाएको छ । सरकारमातहतको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बेलायतको अक्सफोर्ड विश्वविद्यालय, नेपालस्थित रुसी राजदूतावास र चीनको होङ्सी कम्पनीसँग छलफल […]

यसो गर्नुस् मस्तिष्क तेज हुन्छ

काठमाडौँ । मस्तिष्क तेज बनाउनको लागि मानिसले आफ्नो पेटको स्वास्थ्यको ध्यान राख्नुपर्दछ । किनभने तेज दिमाग (शार्प ब्रेन) को लागि पेट सबै भन्दा महत्वपूर्ण हुन्छ । एक स्वस्थ शरीरमा नै स्वस्थ मस्तिष्क हुनसक्छ । स्वस्थ मस्तिष्कले नै मानिसको जीवन सुन्दर बनाउन सक्छ । त्यसैले आफ्नो जीवनको सपना पुरा गर्नको लागि बाहिरी संसारको योजना संगै शरीर […]

सुरक्षाको माग गर्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्टाफ नर्स आन्दोलित

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका स्टाफ नर्सहरु आन्दोलित भएका छन् । कोरोना संक्रमित र अन्य बिरामीहरुको उपचारमा खटिएका नर्सहरुलाई प्रतिष्ठानले स्वास्थ्य सामग्रीबिना डिउटीमा खटिन बाध्य पारेको भन्दै सोमबारदेखि आन्दोलित भएका हुन्। प्रतिष्ठान भर्ना भएका बिरामीको उपचारमा खटिँदा स्वास्थ्य प्रोटोकल अनुसारका स्वास्थ्य सामग्री उपलब्ध नगराएको र नर्सहरुको सुरक्षामा चासो नदेखाएका कारण बाध्य भएर […]

प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गर्ने

विराटनगर । प्रदेश १ मा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला निर्माण गरिने भएको छ । एक वर्ष भित्रमा निर्माण सम्पन्न हुनेगरि सामाजिक विकास मन्त्रालयले प्रकृया अघि बढाएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएपछि गुणस्तरीय ल्याव परीक्षणका लागि काठमाडौं, भारतको दिल्ली सम्म जानुपर्ने बाध्यताको अन्त्य हुने सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले प्रयोगशालाले प्रभावकारी, गुणस्तरीय […]

स्तनबाट दूध बग्ने समस्या के हो ?

ल्याटिन भाषामा ‘ग्यालाक्टो’को अर्थ ‘दूध’ भन्ने बुझिन्छ। मेडिकल शब्दावलीमा पछिल्तिर ‘रिया’प्रत्यय थप्नुको अर्थ असामान्य वृद्धि भन्ने बुझिन्छ। जस्तैः झाडा लाग्ने अवस्थालाई डाइरिया, पीप बढी बग्ने अवस्थालाई पाइरिया, रुघा लागेको बखत अधिक पातलो सिँगान बग्ने अवस्थालाई राइनोरिया आदि।स्तनबाट असामान्य तवरमा दूध बढी बग्ने अवस्थालाई ग्यालाक्टोरिया भनिन्छ। यस्तो असामान्य प्रकारको दूध कञ्चन हुनुका साथै पहेँलो, सेतो वा […]

आफूले भेटेको मान्छेलाई कोरोना लागे के गर्ने ?

काठमाडौैं । नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन उच्च गतिमा बढिरहेको छ । शुक्रबार मात्र ८३८ जना कोरोना संक्रमित थपिएका छन् । जोन हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार संक्रमितको आधारमा नेपाल विश्वको ६६ औं स्थानमा छ । मृत्युको हिसाबले हेर्दा भने नेपाल विश्वमा ९७ औं स्थानमा छ । यसरी संक्रमणको दरसँगै जोखिम पनि उच्च दरमा बढिरहेको […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं