बिर्तामोडमा बन्यो सुविधा सम्पन्न क्यान्सर अस्पताल, उपचारका लागि विदेश जानु नपर्ने

विर्तामोड । अब नेपालीले क्यान्सर उपचारका लागि विदेशका अस्पताल धाउनु नपर्ने भएको छ । स्वदेशमा नै गुणस्तरीय क्यान्सर उपचार सेवा दिने ध्येयले झापाको विर्तामोडमा स्थापित ‘पूर्वाञ्चल क्यान्सर अस्पताल’ पूर्णरुपमा सञ्चालनमा आएसँगै क्यान्सर उपचारका क्षेत्रमा ऐतिहासिक सफलता मिलेको हो । यसका लागि आधुनिक भौतिक पूर्वाधार, आवश्यक उपकरण तथा जनशक्ति अस्पतालमा रहेको छ । बीएण्डसी अस्पताल परिसरमा […]

प्रदेश १ मा ताप्लेजुङ बाहेका जिल्लामा स्वास्थ्य बिमा, ११ लाखले गरे बिमा

विराटनगर । प्रदेश १ मा १० लाख ९६ हजार ५ सय ३९ जनाले स्वास्थ्य बिमा गराएका छन् । प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङबाहेक अन्यत्र यो कार्यक्रम लागू भइसकेको छ । २०७७ को चैतसम्म ताप्लेजुङमा पनि कार्यक्रम लागू हुने प्रदेशको स्वास्थ्य बिमा बोर्ड कार्यालयले जनाएको छ । स्वास्थ्य बिमा परिचयपत्र नवीकरण गर्नेको संख्यासमेत उत्साहजनक रहेको कार्यालयका सूचना […]

प्रदेश १ मा १३ हजारले लगाए कोभिड १९ विरुद्धको खोप (कुन जिल्लामा कतिले लगाए तथ्याङ्कसहित)

विराटनगर । प्रदेश १ मा १३ हजार बढीले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । खोप शुरु भएको ५ दिनको अवधिमा १३ हजार २ सय ८३ जनाले खोप लगाएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आइतबार सम्म सुनसरीमा २ हजार ६ सय ५४, झापामा २ हजार ५ सय ८१, मोरङमा २ हजार २ […]

प्रदेश १ : तीन हजार बढीले लगाए कोरोना खोप

विराटनगर । प्रदेश १ मा दुई दिनमा तीन हजार ८ सय ९६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । प्रदेश १ स्वास्थ्य निर्देशनालयका निमित्त निर्देशक ज्ञानबहादुर बस्नेतका अनुसार कोभीशील्ड खोप बिहीबार प्रदेशमा २ हजार ५ सय जनाले खोप लगाएका छन् । पहिलोदिन बुधबार प्रदेशका विभिन्न ८ जिल्लामा खोप लगाउनेको संख्या १ हजार ३ सय ९६ […]

ताप्लेजुङमा पुग्यो कोरोना खोप, पहिलो दिनमानै ५९ जनाले लगाए

ताप्लेजुङ । ताप्लेजुङमा बिहीबार ५९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो खोप जिल्ला अस्पतालकी नर्सिङ निरीक्षक विजया राईले लगाइन् । अन्तराष्ट्रिय नर्सिङ दिवस परेकाले नर्सलाई नै पहिलो खोप लगाइएको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ । पहिलो दिन २२ महिला र ३७ पुरुषले खोप लगाएको स्वास्थ्य कार्यालय निमित्त प्रमुख राजकुमार पोख्रेलले बताए । पोख्रेलका […]

अमेरिकामा सोमबारबाट कोरोनाविरूद्धको खोप लगाइने

काठमाडौं । अमेरिकामा सोमबारबाट कोभिड(१९ विरुद्धको खोप लगाइने भएको छ । कोरोना भाइरसको महामारीले विश्वमै सबैभन्दा धेरै असर परेको अमेरिकामा फाइजर र बायोएनटेक कम्पनीले बनाएका खोप सोमबारबाट लगाउन थालिने बीबीसीले जनाएको छ । पहिलो चरणमा तीस लाख डोज खोप सबै राज्यमा पुर्‍याइँदैछ । सुरुमा २ करोड १० लाख स्वास्थ्यकर्मी र स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ […]

माउथवासले ३० सेकेन्डमा नै कोरोनाभाइरसलाई नष्ट पारिदिने दाबी

एजेन्सी । माउथवासको सम्पर्कमा आएको ३० सेकेन्ड भित्रै कोरोनाभाइरस नष्ट हुने तथ्य वैज्ञानिकहरुले फेला पारेका छन् । प्रयोगशालामा गरिएको अनुसन्धानमा सो कुरा पत्ता लागेको हो । माउथवास कोरोनाभाइरस नष्ट गर्न निकै प्रभावकारी हुने कार्डिफ युनिभर्सिटीका वैज्ञानिकहरुले फेला परेका हुन् । बेलायतको वेल्समा रहेको युनिभर्सिटीको अस्पतालमा भर्ना भएका कोभिड–१९ का बिरामीमाथि गरिएको क्लिनिकल ट्रायलपश्चात् यस्तो रिपोर्ट […]

कोरोना खोपको आपत्कालीन प्रयोगका लागि फाइजरलाई अनुमतिको तयारी

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितलाई खोप दिन औषधि निर्माता कम्पनी फाइजर र उसको सहयोगी बायोटेकलाई अनुमतिको तयारी भएको छ ।अनुमतिका लागि फाइजरले अमेरिकी खाद्य एवं औषधि प्रशासन (एफडीए)मा आवदेन दिएको छ । यो खोपको परीक्षणको क्रममा ६५ वर्ष भन्दामाथिका ९४ प्रतिशतमा प्रभावकारी देखिएको दाबीसँगै उसलाई अनुमति दिने तयारी भएको हो । यद्यपि अमेरिकी खाद्य एवं […]

अब निःशुल्क कोरोना संक्रमितको उपचार नगर्ने अस्पताललाई कारवाही

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिने बताए। उनले सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको जानकारी दिँदै केही अस्पतालले अझै निःशुल्क उपचार नगरेको […]

सरकारले ल्यायो खोप ल्याउन अध्यादेश

काठमाडौं । सरकारले कोरोना भाइरसलगायत संक्रामक रोगविरुद्ध खोप एवं औषधि आकस्मिक रूपमा उपयोग गर्न अध्यादेश ल्याएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद्को सिफारिसमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७७ जारी गरेकी हुन्। राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले खोप तथा औषधि खरिद सहज तुल्याउने उद्देश्यले अध्यादेश जारी गरिएको जानकारी दिए। विश्व बजारमा कोरोना भाइरसविरुद्धको खोप उपलब्ध […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं