ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुगोला गाउँका लागि गलैँचा मुख्य आम्दानीको स्रोत बनेको छ । यहाँको परम्परागत गलैँचा उत्पादन चीनको बजारमा राम्रो मागको साथ निर्यात हुने गरेको छ । तर कोभिड–१९ महामारीका कारण नाका बन्द हुँदा यहाँको गलैँचा उत्पादन चीनसम्म पुग्न सकेको थिएन । नाका खुलेसँगै, ओलाङचुगोलामा उत्पादन भएको गलैँचा अहिले चीनका विभिन्न बजारमा निर्यात […]
धरान । पदम चेन्जी माबोलाई कालोमोसो दल्ने थप एक जना पक्राउ परेका छन् । अभद्र व्यवहार ऐन अन्तर्गत मुद्दा दर्ता गरिएका जनमुक्ति पार्टीका केन्द्रीय उपमहासचिव विष्णु थाम्देन पक्राउ परेका हुन् । उनी कालोमोसो दलेर धरानबाट फरार रहेका थिए । थाम्देनलाई इलाका प्रहरी कार्यालय धरानले बुधबार साँझ धरान–१० धर्मपथबाट पक्राउ गरेको हो । माबोले इलाका प्रहरी […]
काठमाडाैं । भगवान शिवको स्वरुपले अनेक अर्थ बोकेको छ । त्यसैगरी भगवान शिवले खरानी धस्ने गरेको धार्मिक कथन छ । खरानी, खासगरी लास जलाएर भस्म भइसकेपछिको अंश । अहिले पनि धेरै साधु सन्तले शरीरमा खरानी धस्छन् । किन होला त ? यो कुनै लहड होइन, आडम्बर पनि । यसभित्र दर्शन र विज्ञान दुबै छ । […]
काठमाडौँ । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फाइनल खेल आज हुँदैछ। बुधवार साँझ ६ बजे काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र म्यानमारबीच फाइनल खेल हुँदैछ। चार देशले भाग लिएको च्याम्पियनसिपमा म्यानमार र नेपाल पहिलो र दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् । लिग चरणको खेलमा पनि नेपाल र म्यानमारले २-२ गोलको बराबरी भएको थियो ।
काठमाडौं । भगवान् शिवजी उत्पत्ति भएका रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्य देव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाउन लागिएको हो । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा […]
इलाम । इलामको जस्जबीरेमा रहेको जस्बीरे चिया प्रशोधन उद्योगमा गए राति आगलागी भएको छ । आगलागीबाट करिब सात करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट उद्योगका सबै मेसिन, तयारी चिया र भवन पूरै नष्ट भएको छ । मंगलबार साँझ उद्योगमा अचानक आगो लागेको थियो भने आगलागीको कारण खुल्न सकेको छैन । यस […]
ताप्लेजुङ । पाथीभरा केबलकार निर्माणको विषयमा विवाद हुँदा परिस्थिति असहज बनेको भन्दै ताप्लेजुङमा तीन दिनदेखि जारी निषेधाज्ञा आजबाट हटाइएको छ ।प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले फागुन ११ गतेदेखि जारी निषेधाज्ञा हिजो राति ११ बजेबाट लागू हुने गरी हटाइएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ । जिल्ला सुरक्षा समितिको हिजो बसेको बैठकको सिफारिस बमोजिम निषेधाज्ञा […]
विराटनगर । नेकपा माओवादी केन्द्रद्वारा सुरु गरिएको तराई–मधेश जागरण अभियान मोरङ प्रवेश गरेको छ। माओवादीले कानेपोखरी गाउँपालिकाका चार विद्यालयलाई पत्र पठाएर नै फागुन १३ गते विद्यालय बन्द गर्न दबाब दिएको छ। पार्टीले गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत नेताहरूको उपस्थितिमा हुने बृहत जनसभाका कारण विद्यार्थी प्रभावित हुने भन्दै पल एकेडेमी, बालजगत इङ्लिस बोर्डिङ, […]
काठमाडौं । भाषाविद् चूडामणि गौतमको निधन भएको छ । उनको ८२ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । गौतम नेपाली भाषाको व्याकरण, शब्दकोश र अंग्रेजी ग्रामरका विभिन्न चार दर्जन पुस्तकका लेखक थिए । भाषिक तथा शैक्षिक उत्थानका अभियन्ता रहनुभएका उहाँ ‘ग्रामर गुरु’ भनेर प्रख्यात थिए ।
झापा । झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिए । युएनडिपी र कचनकवल गाउँपालिकाको लागत साझेदारी २५ बिघा खोला उकास जग्गामा बगरखेती कार्यक्रम सञ्चालन भइरहेको उनले बताए । कार्यक्रमको […]