काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र, विमानस्थल अघि समर्थकको स्वागत

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन् । पोखराबाट आइतबार दिउँसो उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । विमानस्थलबाट बाहिरिने क्रममा उनले विमानस्थलको मुख्यद्वारमा स्वागत गर्न जम्मा भएका समर्थकलाई अभिवादन गरेका छन् । पूर्वराजालाई स्वागत गर्न ठूलो संख्यमा उनका समर्थक विमानस्थलको मुख्यद्वारा अगाडि भेला भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय […]

विमान चार्टर्ड गरेर काठमाडौं आउँदै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किँदै छन् । उनी ३ बजे काठमाडौं ओर्लने बताइएको छ । उनी समिट एअरको विमान चार्टर्ड गरेर काठमाडौं आउन लागेका हुन् । उनलाई राजावादीहरू विमानस्थलमा भव्य स्वागतको तयारी गरेका छन् । जसले गर्दा काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव : केही स्थानमा बदली र वर्षा

काठमाडौं । पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुको समिश्रणले देशका केही स्थानमा बदली र वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनुका साथै अहिले कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । बाँकी […]

मोरङ एमाले अधिवेशनमा संस्थापनलाई धक्का, ढकाल पक्षको प्यानल विजयी

विराटनगर । नेकपा एमाले मोरङको दसौँ अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मत परिणाम आएको छ । उक्त मत परिणाम अनुसार अध्यक्ष केपी शर्मा ओली पक्षलाई नेता विनोद ढकाल पक्षले पराजित गरेको छ । ढकाल पक्षबाट उम्मेदवार बनेका पाँचै जना पदाधिकारी विजयी भएका हुन् । निर्वाचन आयोगले भने औपचारिक परिणाम घोषणा गरेको छैन । […]

फागुन २४ गते ताप्लेजुङ्गे रमाउने दिन, वनभोजको तयारी अन्तिम चरणमा

काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले फागुन २४ गते शनिबार नेपालकै ठूलो १३औं ताप्लेजुङ वनभोजको आयोजना गर्ने भएको छ । यसको तयारी अन्तिम चरणमा पुगेको केन्द्रका अध्यक्ष बलबहादुर तामाङले जानकारी दिए । यसपटक काठमाडौंको जहरसिंह पौवा, टावरडाँडामा वनभोजको आयोजना गर्न लागिएको छ । ताप्लेजुङमा जन्मिएर विभिन्न सिलसिलामा काठमाडौंमा बस्दै आएकाहरूलाई एक ठाउँमा भेला गर्ने र […]

मेलम्चीको पाइप फुटेर जलमग्न, सडकमै पर्यो खाल्डो

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा मेलम्ची खानेपानीको पाइप फुटेको छ । मंगलबार बिहानै खानेपानी वितरणको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएको थियो । पाइप फुटेर थापाथली क्षेत्र जलमग्न भएपछि सो क्षेत्रको पानी वितरण बन्द गरिएको काठमाडौं उपत्यका खानेपानी वितरण केन्द्रले जानकारी दिएको छ । यसअघि बबरमहलमा पनि मेलम्चीको पाइप फुट्दा सो क्षेत्र जलमग्न भएकव थियो […]

सुनसान सुकेटार विमानस्थल, अढाई महिना भयो गएन जहाज

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थलमा अढाई महिनादेखि उडान ठप्प छ । नेपाल वायु सेवा निगमका ट्वीनेटर जहाज ग्राउण्डेड भएपछि मंसिर अन्तिम सातादेखि सुकेटार विमानस्थल ठप्प भएको हो । निगमका २ वटा जहाज हुँदासम्म सातामा ५ दिन काठमाडौँ–ताप्लेजुङ उडान हुँदै आएको थियो । एउटा ग्राउण्डेड भएर एउटामात्रै चल्न थालेपछि सातामा एक उडान हुन थालेको थियो । […]

यस्तो रहनेछ आज देशभरको मौसम

काठमाडौं । हाल देशमा उल्लेखनिय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली रही बांकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । आज राती सुदूरपश्चिम प्रदेश […]

कस्तो रहला आज देशभरको मौसम ?

काठमाडौ‌ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम […]

कांग्रेस पाथीभरा केबलकारको पक्ष

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस ताप्लेजुङको पाथीभरामा बन्न लागेको केबलकारको पक्षमा उभिएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको शीर्ष नेताहरूको बैठकले यस्तो धारणा व्यक्त गरेको हो । ‘वार्ताका लागि सरकारले निर्माण कार्य रोक्ने कुरालाई समर्थन गर्दै नो केबुलकार भन्नेसँग सैद्धान्तिक सहमति छैन,’ प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘वार्ता गर्न र त्यहाँ देखिएका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं