समुद्रको ६,५६० फिट मुनी ‘डिप सि स्टेशन’ बनाउँदै चीन

बेइजिङ । चीनले आजकल धेरै अनौठो प्रयोग गरिरहेको छ। अन्तरिक्षमा अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको चीनले अब समुद्रको गहिराइमा यस्तो काम गरिरहेको छ कि सारा विश्व चकित हुँदेछ। वास्तवमा चीनले साउथ चाइना सीमामा ६,५६० फिट तल ‘डिप सी स्टेशन’ निर्माण गरिरहेको छ। वास्तवमा यसको प्रमुख उद्देश्य भनेको समुद्रको गहिराइमा लुकेको ‘खजाना’ पत्ता लगाउनु हो। तर, यसको मूल्य […]

प्रकृति लम्साल मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

काठमाडौं । भारतीय राज्य ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु प्रकरणमा कलेजका कर्मचारीहरू निलम्बित भएका छन् । केआईआईटी कलेजले बुधबार जारी गरेको विज्ञप्तिमा दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई निलम्बन गर्दै अनुसन्धान अगाडि बढाएको जनाइएको छ । घटनापछि आन्दोलनमा […]

ताप्लेजुङमा नागरिकको सहभागितामा आज सद्भाव र्‍याली निकालिँदै

काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माणका साथै जिल्लाको विकासमा सबै एकजुट हुनुपर्ने सन्देश दिन आज सदरमुकाम फुङलिङमा नागरिक सद्भाव र्‍याली निकालिँदै छ । ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा बिहान ११ बजेबाट सदरमुकाम फुङलिङमा निकालिने र्‍यालीमा सयौँ सङ्ख्यामा जिल्लावासीको सहभागिता रहने आयोजकले जनाएको छ । ‘बृृहत् नागरिक सद्भाव […]

ताप्लेजुङ सदरमुकामबाट सिस्ने हुँदै गोला जाने सडक आजबाट ७ घण्टा बन्द

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट सिस्ने, सिवाँहुँदै ओलाङचुङगोला जोड्ने सडक खण्ड दैनिक ७ घण्टा बन्द गरेर मर्मत सुरु गरिएको छ । आजबाट १० गते सम्म दैनिक ७ घण्टा सडक बन्द गर्दै मर्मत सुरु गरिएको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । सडक अत्याधिक जोखिमपूर्ण रहेको र मोटरसाइकल समेत कुदाउन समस्या हुने भएकाले बन्द गरेर […]

नेपाली विद्यार्थीको ओडिसामा शंकास्पद मृत्यु, विराटनगरमा आन्दोलनको घोषणा

विराटनगर । भारत ओडिसाको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शंकास्पद मृत्यु प्रकरणको विरोधमा विराटनगरमा आन्दोलनको घोषणा भएकाे छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका ४ विद्यार्थी संगठनले विराटनगरमा आन्दोलनको घोषणा गरेका हुन् । आन्दोलनअन्तर्गत विरोध प्रदर्शनलगायत विरोधका कार्यक्रम रहेका छन् । विद्यार्थी संगठनहरुको सोमबार राति भएको अनौपचारिक भर्चुअल बैठकले […]

क्यानाडामा अवतरणका क्रममा विमान पल्टियो, ८० यात्रुको उद्धार, केहि गम्भिर

एजेन्सी । क्यानाडाको टोरन्टोमा अवतरणका क्रममा विमान पल्टिएको छ । जसबाट ८० जना यात्रुको उद्धार गरिएको छ त्यसमा कम्तिमा ३ जना गम्भिर घाइते रहेको बताइएको छ । अमेरिकी संघीय उड्डयन प्रशासनका अनुसार मिनेसोटाबाट डेल्टा उडानमा सवार सबै ८० जनाको उद्धार भएको छ । विमान पल्टिएपछि अग्नि नियन्त्रकद्वारा आगो निभाइएको थियो भने आगो लाग्दै गर्दा यात्रुहरु […]

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । आज देशमा पश्चिमी वायूका साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । विशेष गरी बिहानीपख तराईका भूभागहरुमा हुस्सु र कुहिरो […]

कालोमोसो दल्ने को को विरुद्ध भयो पक्राउ पुर्जी जारी ?

काठमाडाैं । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको विवादलाई लिएर सुनसरीको धरानमा कालोमोसो दल्ने ८ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । केबलकारको पक्षमा लागेका पदम चेन्जी माबोलाई आइतबार मुक्कुम्लुङ संरक्षण संयुक्त संघर्ष समिति सुनसरीका कार्यकर्ताहरूले धरान उपमहानगरपालिका–९ पुतलीलाइनमा कुटपिट गरी कालोमोसो दलेका थिए । उनलाई मोसो दल्नेविरुद्ध अदालतबाट सोमबार पक्राउ पुर्जी जारी भएको […]

भारतमा नेपाली छात्राको मृत्यु प्रकरणमा केआईआईटी विश्वविद्यालयले के भन्यो ?

काठमाडौँ । भारतको उडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले थप अप्रिय घटना हुन नदिन नेपाली विद्यार्थीलाई नेपाल पठाइएको बताएको छ । विश्वविद्यालय विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूलाई क्याम्पसमा फर्कन प्रोत्साहित गरिने भन्दै उनीहरूको शैक्षिक पक्षलाई बाधा नपुर्‍याउने जनाएको छ । केआईआईटी विश्वविद्यालयको होस्टलमा एक नेपाली छात्राले आत्महत्या गरेकी छन् । मृतक छात्रा […]

१ महिनामा साढे ४ हजार गाडी दुर्घटना, मोटरसाइकल बढी जोखिममा

काठमाडौँ । गएको माघमा अत्यधिक सवारी साधन दुर्घटना भएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयका अनुसार माघमा मात्रै चार हजार ५३५ सवारी साधन दुर्घटनामा परेका छन् । कुल दुई हजार ९०६ दुर्घटनामा यती धेरै सवारी साधन परेका हुन् । ती दुर्घटनामा १९९ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको केन्द्रीय प्रहरी […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं