विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ रहन सबैलाई आह्वान गरेका छन् । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ को अवसरमा आज (बुधबार) शुभकामना सन्देश जारी गर्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न प्रजातन्त्रको रक्षा र प्रवर्द्धन अनिवार्य रहेको बताए । उनले नेपाली जनताले ठूलो संघर्ष र बलिदानपछि प्रजातन्त्र […]
पाँचथर । पाँचथरकाे फाल्गुन्द गाउँपालिका-३ का वडाध्यक्ष सुखबिर नेम्वाङको ५६ वर्षको उमेरमा निधन भएको छ । नेम्वाङ नेपाली कांग्रेसको फाल्गुनन्द गाउँपालिका सभापतिसमेत थिए । राज्यको पुनःसंरचनापश्चात २०७४ सालमा पहिलो पटक वडाध्यक्षमा निर्वाचित उनी २०७९ सालमा दोस्रो कार्यकालका लागि विजयी भएका थिए । पछिल्लो समय उनलाई मुखको क्यान्सर भएको थियो । क्यान्सरकै कारण उनको निधन भएको […]
काठमाडौं । आज देशभर ७५औँ प्रजातन्त्र दिवस मनाइँदै छ । २००७ साल फागुन ७ गते प्रजातन्त्र बहाली भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो राणा शासन अन्त्य भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाउने गरिन्छ । राणाहरूको […]
काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश लगायत देशका पहाडी भु-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी […]
काठमाडौं । नेपालमा अमेरिकी सहायता संस्था ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) अन्तर्गतका परियोजना स्थगित भएका छन् । नेपाल सरकारलाई यसबारे २ फागुन २०८१ मा इमेल आएको अर्थ मन्त्रालयले जनाएको छ । नेपाल सरकार र यस निकायबीच २९ भदौ २०७४ मा एमसीसी कार्यान्वयनबारे सम्झौता भएको थियो । सम्झौता अन्तर्गत एमसीसीबाट भुक्तानी हुने क्रियाकलाप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको […]
ताप्लेजुङ । ताप्लेजुङका समाजसेवी तथा जिल्लाको विकास र केबलकारको पक्षमा बोल्दै आएका पदम चेन्जी माबोले विकास र केबलकारको पक्षमा बोल्दा मोसो मात्रै नभई ज्यानै थाप्न तयार रहेको बताएका छन् । ताप्लेजुङ सदरमुकाममा मङ्गलबार निकालिएको सद्भाव र्यालीलाई सम्बोधन गर्दै उनले आफूले विकासको पक्षमा बोल्दा कालोमोसो दलिनु परेको र जिल्लाको विकासका लागि बोल्दा आफूलाई भन्दा जिल्लालाई नै […]
सुनसरी । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको पक्षमा अभिव्यक्ति दिएको भन्दै पदम चेन्जी माबोलाई सुनसरीको धरानमा मोसो दल्ने घटनामा संलग्न भएको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । प्रहरीले जनता समाजवादी पार्टी नेपाल, धरानका उपाध्यक्ष सुमन चेम्जोङलाई पक्राउ गरेको हो । घटनापछि माबोले इलाका प्रहरी कार्यालय धरानमा आफूलाई मोसो दल्ने ८ जना विरुद्ध किटानी जाहेरी […]
काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सडक निर्माणका लागि बजेट पर्ने, ठेक्का लाग्ने भएपनि कामले पूर्णता नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्ने क्रममा सांसद नेम्वाङले आफ्नै निर्वाचन क्षेत्रका केही सडकमा भइरेहेको कामको विवरणबारे जानकारी गराउँदै ध्यानाकर्षण गराएका हुन् । ‘बजेट पर्छ, ठेक्का लाग्छ तर कामले पूर्णता प्राप्त गर्न सक्दैन […]
ताप्लेजुङ । ताप्लेजुङका स्थानीयले केबलकार निर्माण चाँडै हुनपर्ने माग गर्दै सदरमुकाम फुङलिङमा मङ्गलबार र्याली निकालेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’ हेरैं उक्त र्यालीको तस्बिर ।
ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण चाँडै सक्नु पर्ने जिल्लावासीले माग गरेका छन् । उनीहरूले एउटै स्वरमा भेला भएर भनेका छन्, ‘ताप्लेजुङले के भन्छ ? केबलकार ल्याउ भन्छ । स्थानीयवासी के भन्छन् ? केबलकार ल्याउ भन्छन् ।’ मङ्गलबार सदरमुकाम फुङलिङमा भेला भएका सैयौँ जिल्लावासीले सद्भाव र्याली निकाल्दै केबलकारले जिल्लाको […]