कस्तो छ आज विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिदर १३८ रुपैयाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १७१ […]

फ्रान्ससम्म पुग्छ इलामको धूपी, पाती र मेन्थाको तेल

इलाम । इलाममा उत्पादित जडीबुटीको तेल विदेश निर्यात हुने गरेको छ । माईजोगमाई गाउँपालिकास्थित नित्यराज दहालको उद्योगमा उत्पादित तेल विदेश निर्यात हुन थालेको हो । दहालले १३ वर्षअघि स्थापना गरेको यस उद्योगबाट गत वर्षदेखि तेललगायत स्थानीय जडीबुटी विदेश निर्यात हुन थालेको बताए । उनले विशेष गरी फ्रान्समा यहाँबाट उत्पादित वस्तु जाने गरेको जानकारी दिए । […]

कुम्भ मेला भागदौडमा मृत्यु हुनेको संख्या ३० पुग्यो

काठमाडौं । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौडका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । महाकुम्भका डीआईजी वैभव कृष्णले बुधबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै महाकुम्भमा भएको भागदौडमा परी मृत्यु हुनेको संख्या ३० पुगेको जानकारी दिए । जसमध्ये २५ जनाको सनाखत भइसकेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भागदौडमा ६० जना घाइते भएका छन् । […]

एमाले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको छ । प्रवासी नेपाली मञ्चको कार्यक्रममा जापान प्रस्थान गरेका एमाले महासचिव शङ्कर पोखरेलले उपमहासचिव ज्ञवालीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकेको कार्यालय सचिव डा‍. भीष्म अधिकारीले जानकारी दिए । एक हप्तासम्म जापानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने सन्दर्भमा गएराति महासचिव पोखरेल जापान प्रस्थान गरेका हुन् । […]

आन्दोलनरत पहिचान पक्षधरले कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने

विराटनगर । पहिचान पक्षधरले कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने भएका छन् । पहिचानवादी मोर्चाले ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादका विषयमा प्रदेश सरकारसँग वार्ता नगर्ने स्पष्ट पारेको हो । केबलकारको विषयमा वार्ता गर्दा संघीय सरकारसँग मात्रै गर्ने पहिचानवादी मोर्चाको अडान छ । ‘प्रदेशले वार्ताका लागि बोलाएको छ भन्ने सुन्यौं । तर, आधिकारिक रुपमा हामीलाई थाहा छैन । […]

सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पत्रकार महासंघको आपत्ति

काठमाडाैं । नेपाल पत्रकार महासंघले सरकारले संघीय संसदमा दर्ता गराएको सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमनसम्बन्धी विधेयकप्रति आपत्ति जनाएको छ । बुधबार महासंघका महासचिव रामप्रसाद दाहालले विज्ञप्ति जारी गर्दै विधेयकका केही प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् । अगुवा नागरिक संस्था महासंघलगायतका सरोकारवाला पक्षसँग सामान्य परामर्श र छलफलसमेत नगरी सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा […]

पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पहिचान नष्ट हुँदैन : योगेश भट्टराई

काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले पाथीभरामा केबलकार निर्माण हुँदा कुनै पनि पहिचान नष्ट नहुने बताएका छन् । काठमाडौंमा बुधकार पत्रकार सम्मेलन गर्दै भट्टराईले केबलकारको डीपीआर सबै आफूले हेरेको बताउँदै यसले पाथीभराको महिमालाई अझै फैलाउने बताउनुभयो । ‘यहाँ धेरै भ्रम फैलाइएको छ । केबलकार कान्छि थान माथिबाट लैजाने, पाथीभराको डाँडामा नै पु¥याउने […]

विज्ञ भन्छन्, ‘पाथीभरा केबलकारले पहिचान नष्ट होइन, संरक्षण गर्छ’

ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रशिद्ध तीर्थस्थल पाथीभरामा केबलकार निर्माण सुरु भएको छ । निर्माण सुरु भएसँगै जिल्ला वासीमा मात्रै होइन यसको चर्चा र खुसीयाली देशभर छायो । केही समुह बाहेकले सबैले केबलकार निर्माणको स्वागत गरिरहेका छन् । विज्ञ भन्छन्, ‘केबलकार निर्माणले जिल्लाको विकास बढाउँछ नै, यहाँको पहिचान र विश्वासलाई विश्वभर फैलाउन मदत पुर्‍याउँछ ।’ पहिचन […]

आज शहीद दिवस

काठमाडौं । मुलुकभर आज (बुधबार) सहिद दिवस मनाइँदै छ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाउने गरिन्छ । देशभर विविध कार्यक्रम गरेर सहिदको सम्मानमा दिवस मनाइन्छ । विक्रम संवत २००७ मा प्रजातन्त्र प्राप्त भएपछि दिवस मनाउन थालिएको हो । […]

पाथीभरा घटना र जिल्लाको विकासका विषयमा बोल्दै योगेश भट्टराई, १२ बजे पत्रकार सम्मेलन

काठमाडौं । ताप्लेजुङमा निर्माण भइरहेको पाथीभरा केबलकारको विरोधमा सुरु भएको आन्दोलन र जिल्लाको विकासका विषयमा जानकारी दिन एमाले सचिव तथा सांसद योगेश भट्टराईले आज पत्रकार सम्मेलन गर्दैछन् । मध्यान्ह १२ बजे काठमाडौंको बागबजार स्थित होटल हार्दिकमा पत्रकार सम्मेलन गरी जिल्लाको समस्या र यसको निकासका विषयमा भट्टराईले जानकारी दिने उनका स्वकीय सचिव सन्तोस मादेनले जानकारी दिए […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं