काठमाडौँ । अबदेखि आर्थिक वर्षको मौद्रिक नीति साउन १ गते सार्वजनिक गर्ने गरी आवश्यक तयारी गरिएको छ। सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा यस्तो सहमति जुटेको हो। समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले बजेट सार्वजनिक गर्ने समय निश्चित गरिएजस्तै मौद्रिक नीति घोषणाका […]
विराटनगर । कोशी प्रदेशसभाको बैठकमा विराटनगरका निजी आँखा अस्पताल बन्द गरिएको विषयमा पूर्व मुख्यमन्त्री केदार कार्कीले धारणा राख्ने क्रममा सभामुख अम्बरबहादुर विष्टले नियम र कार्यसूचीको विषय उठाएपछि बैठकमा केहीबेर सवाल जवाफ भएको छ। कार्कीले आँखा अस्पताल बन्द गरिएको विषयमा धारणा राख्दै बोल्न खोजेका थिए। त्यस क्रममा सभामुख विष्टले उक्त विषय नियमअनुसार र बैठकको कार्यसूचीअनुसार नभएको […]
बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ की बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप एक बालकलाई पक्राउ गरेको छ। जितपुरसिमरा उपमहानगरपालिका–२ बस्ने कक्षा ९ मा अध्ययनरत १४ वर्षीय प्रदीप खड्कालाई आइतबार साँझ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए। पक्राउ परेका खड्कालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर […]
उदयपुर । उदयपुरको बेलका नगरपालिका–५, जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। सोमबार बिहान पौने १० बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को।प्र। ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ स्कुलको बस एकआपसमा ठोक्किँदा […]
काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको उपरथीमा पदोन्नति भएका द्रव्यराम भण्डारी र रञ्जित थापा ९पिएचडी०लाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । सैनिक मुख्यालय जंगीअड्डामा आज आयोजित कार्यक्रममा प्रधान सेनापति सिग्देलले महासेनानीमा पदोन्नति भएका चार प्रमुख सेनानीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँ । पशुपतिनाथ मन्दिरमा आज विशेष पूजा सम्पन्न भएको छ । पशुपतिनाथ मन्दिरमा ३२५ जना भक्तजनले कोषले तोके अनुसारको दक्षिणाको रसिद काटी विशेष पूजा गरेका हुन् । चन्द्रमासअनुसार आज अन्तिम सोमबार हो । गत सोमबार करिब ३०० भक्तजनले विशेष पूजा गरेका थिए । भक्तजनले बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेको पशुपति क्षेत्र विकास […]
विराटनगर । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यससँगै आज सुनको मूल्य नयाँ उचाइतर्फ बढेको […]
विराटनगर । मोरङको विराटनगर महानगरपालिका–७ स्थित मालपोत कार्यालय अगाडि फेला परेको नवजात शिशुको प्रहरीले सकुशल उद्धार गरी अस्पताल पुर्याएको छ। मालपोत कार्यालय अगाडि अन्दाजी २–३ दिनको नवजात शिशु (छोरा) फेला परेको सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय मोरङको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले शिशुको उद्धार गरी उपचारका लागि कोशी अस्पताल, विराटनगर पुर्याएको हो। प्रहरीका अनुसार […]
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध कडा आर्थिक कारबाही घोषणा गरेपछि सोमबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ। एसियाली बजारमा पनि सुरुआती कारोबारमा अधिकांश प्रमुख सूचक ओरालो लागेका छन्। दक्षिण कोरियाको प्रविधि क्षेत्र केन्द्रित कोस्पी सूचकांक १.४ प्रतिशतले घटेको छ। टोकियो, सांघाई, ताइपेई र वेलिङ्टनका बजारमा पनि गिरावट आएको छ भने सिड्नी, जकार्ता र […]
झापा । गरिब परिवारमा कसैको मृत्यु हुँदा आर्थिक अभावका कारण अन्तिम संस्कार गर्नसमेत कठिन हुने अवस्था देखेपछि एक किशोरले गाउँका अगुवासँग सहयोगको प्रस्ताव राखे। गाउँलेले मृतकको घरमा सहयोगको बाकस राखेर प्रतिव्यक्ति १० रुपैयाँ जम्मा गर्न थाले। तीन दशकअघि १० रुपैयाँबाट सुरु भएको त्यही अभियान अहिले ३७७ सक्रिय सदस्य रहेको संस्थाका रूपमा विस्तार भएको छ। झापाको […]