टिपरमा १९९.३२ केजी गाँजा, चालक पक्राउ

उदयपुर । उदयपुर कटारी नगरपालिका-४ स्थित मरुवा खोलाबाट १९९.३२ केजी गाँजासहित टिपर र चालकलाई नियन्त्रणमा लिइएको छ । चेकजाँचका क्रममा टिपरमा ९ वटा बोरामा लुकाइ ल्याएको १९९.३२ केजी गाँजा बरामद गरिएको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले ना.७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारिएको थियो […]

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन्। कार्कीले आज दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । केन्द्रमा भएको एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको तीनबुँदे सहमतिअनुसार गत सोमबार नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरेका थिए। त्यसअघि नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई […]

रायो र मूला खेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्व सम्झौता

भोजपुर । टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूला खेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्व सम्झौता गरेको हो । गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन […]

प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्दै छ । अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई […]

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही बागमती, गण्डकी र प्रदेशका केही र कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थान तथा मधेस प्रदेशका एक र दुई स्थानमा […]

आजका लागि कति, कति तोकियो विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७८ रुपैयाँ ५० पैसा र बिक्रीदर १७९ रुपैयाँ २० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर […]

सिजुवा प्रहरी कार्यालय साउन महिनाको सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालय घोषित

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले साउन महिनाको सर्वोत्कृष्ट इलाका प्रहरी कार्यालयका रूपमा इलाका प्रहरी कार्यालय, सिजुवालाई सम्मान गरेको छ। प्रहरी सेवा प्रवाह, कार्यसम्पादन तथा नागरिकमैत्री सेवामा उत्कृष्ट भूमिका निर्वाह गरेको मूल्यांकनका आधारमा सिजुवा प्रहरी कार्यालयलाई सर्वोत्कृष्ट घोषित गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सम्मान प्राप्त गरेपछि इलाका प्रहरी कार्यालय, सिजुवाका प्रमुख प्रहरी […]

लगानी नीति कार्यान्वयनमा ढिलाइले पुँजी बिदेसिन सक्छ

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले लगानीसम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयन हुन नसके स्वदेशी पुँजीसमेत बिदेसिन सक्ने बताएका छन्। नेपाल चेम्बर र एनआरएनएबीचको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उनले प्रशासनिक झमेला, कानुनी अस्पष्टता र निर्णय प्रक्रियाको ढिलाइले लगानीकर्ताको विश्वास कमजोर बनाएको बताए। कानुन संशोधनसँगै त्यसको व्यावहारिक कार्यान्वयनमा ध्यान दिनुपर्ने उनको भनाइ छ। चेम्बर र एनआरएनएबीचको […]

मोरङ–सुनसरीका उद्योगीले मागे भरपर्दो विद्युत

विराटनगर । मोरङ–सुनसरी औद्योगिक करिडोरमा लामो समयदेखि देखिँदै आएको लोभोल्टेज, बारम्बार हुने ट्रिपिङ तथा विद्युत आपूर्तिको समस्या समाधान गर्न उद्योगी व्यवसायीले सरकारसँग १५ बुँदे माग राखेका छन्। मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले संयुक्त रूपमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ समक्ष १५ बुँदे ज्ञापनपत्र बुझाउँदै औद्योगिक क्षेत्रमा भरपर्दो र नियमित विद्युत आपूर्तिको […]

पर्वतारोही पलायन रोक्न नीतिगत सुधार आवश्यक : सांसद शेर्पा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा पर्वतारोही मिङ्मा ग्याबु शेर्पाले दक्ष पर्वतारोही तथा हिमाली पथप्रदर्शकलाई विदेश पलायन हुनबाट रोक्न सरोकारवाला सबै एकजुट हुनुपर्ने बताएका छन्। सगरमाथा आरोही संघको २५औँ वार्षिकोत्सवमा बोल्दै उनले पर्वतारोहीलाई उचित पारिश्रमिक, सम्मान र अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक रहेको बताए। नयाँ पर्यटन विधेयकमा पर्वतारोहीका समस्या र अधिकार समेट्न सरोकारवालाले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं