विराटनगर । प्रदेश १ मा आज ४६३ जना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१३ महिला र २५० पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६२ हजार ४७१ पुगेको छ । प्रदेश १ मा आज ४२९ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १६०, मोरङमा १२२, झापामा ९७, धनकुटामा १७, इलाममा ८, उदयपुरमा ६, […]
विराटनगर । आज असार १५ मोरङका कृषकहरु धान रोपाईँमा व्यस्त छन् । मंगलबार सम्ममा मोरङमा १२ प्रतिशत धान रोपाइ भएको छ । कृषि विकास निर्देशनालय प्रदेश १ विराटनगरका अनुसार मोरङमा ८३ हजार ३ सय हेक्टर धान खेती हुने क्षेत्रफल मध्ये ९ हजार ९ सय ९६ हेक्टर क्षेत्रफलमा धान रोपाईँ भएको हो । आज विभिन्न स्थानमा […]
काठमाडौँ । सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ । विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने […]
काठमाडौ । मङ्गलबार देशभर राष्ट्रिय धान दिवस मनाइँदै छ । आगामी आर्थिक वर्षका लागि देशको खाद्यान्नको मुख्य आधार रहेको धान उत्पादन बढाउन सरकारको सहजीकरणमा विशेष गरी कृषकको व्यक्तिगत पहलमा धान रोप्ने कार्य हुन्छ । यसै सन्दर्भमा हामीले नेपालको धानको उत्पादन, माग र आत्मनिर्भरताको स्थितिबारे प्रदेशगत खोज गरेका छौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार […]
घर-परिवार त्यो स्थान हो जहाँ तपाईं आफ्नो सबै थकान भुलेर सहज महसुस गर्नुहुन्छ। तपाईं कस्तो ठाउँमा बस्दै हुनुहुन्छ त्यसले कुनै फरक पार्दैन, केवल परिवारको साथ आनन्दका साथ बाँच्नको लागि परिवार एउटा उपयुक्त स्रोत हो । जब तपाईंको घरमा एउटा आमाबाबु र बच्चाहरू हुन्छन् त्यसलाई एउटा परिवार मान्ने गरिन्छ । यही परिवारले हामीमा खुसीको सञ्चार भर्छ […]
काठमाडौ । नेपालमा पहिलो पटक रिम्डेसिभिर उत्पादन भएको छ । नेशनल हेल्थकेयर प्राइभेट लिभिटेडले हिजोबाट नेपालमा उत्पादित रिम्डेसिभिर बजारमा ल्याएको हो । कोरोना सङ्क्रमितको उपचारमा निकै महत्वपूर्ण मानिएको सो औषधि नेपालमा उत्पादन नहुँदा विगतमा आपूर्तिमा समस्या हुने गरेको थियो । औषधि व्यवस्था विमागले करिब एक महिनाअघि सो कम्पनीलाई नेपालमा रिम्डेसिभिर उत्पादन गर्न अनुमति दिएको विभागका […]
विराटनगर । सोमबार बसेको प्रदेश १ प्रदेशसभा बैठक नेकपा माओवादी केन्द्रले अवरुद्ध गरेको छ । प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले सदनमा उपस्थित भएर माफि माग्नु पर्ने भन्दै माओवादीले सदन अवरोध गरेको हो । बजेटका विषयमा सदनमा उठेको जवाफ दिने क्रममा आइतबार भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबू गुरुङले माओवादी केन्द्रका सांसद मोहन […]
काठमाडौं । भोलिदेखि काठमाडौं उपत्यकामा २५ सिट माथिका सार्वजनिक बस चल्ने भएका छन् । सोमबार काठमाडौ उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यो निर्णय गरेको हो । जोर बिजोर प्रणालीका आधारमा सार्वजनिक बस चल्न दिने निर्णय भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । ती बसहरूले स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, बसमा सेनीटाइजर […]
काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर सकिन नपाउँदै तेस्रोको जोखिम उच्च देखिएको छ। डेल्टा भाइरस र यसको उत्परिवर्तित रूप डेल्टा प्लसको संक्रमण अब धेरै टाढा छैन। पहिलो र दोस्रो लहरमा ज्येष्ठ र वयस्क व्यक्तिमा बढी संक्रमण पाइएको थियो। स्वास्थ्य मन्त्रालयले कोरोनाको तेस्रो र चौथो लहर आउन सक्ने भएकाले स्वीकृत शैय्याको कम्तीमा २० प्रतिशत बालबालिकाको उपचारका लागि […]
एजेन्सी । आफ्ना नेता किम जोङ उन दिनदिनै दुब्लाउँदै गएपछि उत्तर कोरियाली जनता चिन्तित बनेका छन्। समाचार संस्था रोयटर्सका अनुसार गत शुक्रबार उत्तर कोरियाको सरकार नियन्त्रित केआरटी टेलिभिजनमा प्रसारण भएको अन्तर्वार्तामा राजधानी प्योङयाङका एक बासिन्दाले दुब्लाउँदै गएका किमलाई देखेर आफूहरू भावुक हुने गरेको बताएका छन्। विदेशी विश्लेषकहरूले ३७ वर्षीय किमको स्वास्थ्यमा समस्या भएको हुन सक्ने […]