ईन्द्र आङ्वोलाई हत्या गर्ने भन्दै उनी सवार गाडी खेदाउने को हो ? (भिडियो सहित)

काठमाडौं – साविक प्रदेश १ को नाम कोशी प्रदेश राखिएको भन्दै कोशी प्रदेशका विभिन्न जिल्लामा केहिदिन देखि आन्दोलन र हड्ताल भइरहेका छन् । यसै क्रममा कोशी प्रदेश नेकपा माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि ताप्लेजुङमा मंगलबार आक्रमणको प्रयास भयो । पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे […]

नेपालले आणविक कानून बनाउँदा परराष्ट्र सम्बन्ध र नीतिलाई ध्यान दिनुपर्छ : योगेश भट्टराई

काठमाडाैं – प्रतिनिधि सभाका सदस्य योगेश भट्टराईले नेपालले आणविक कानून बनाउँदा देशको परराष्ट्र सम्बन्ध र नीतिहरुलाई ध्यान दिएर बनाउनु पर्ने बताउनुभयो । मंगलबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा भएको आणविक कानूनको सम्बन्धमा सचेतना बैठक तथा राष्ट्रिय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएको हो । उहाँले पञ्चशीलको सिद्धान्त, असंलग्न परराष्ट्र नीति लगायतका परराष्ट्र सम्बन्धका […]

कोशी प्रदेशका माओवादीका संसदीय दलका नेता आङ्वोमाथि किन भयो आक्रमण प्रयास ?

ताप्लेजुङ – कोशी प्रदेशका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता ईन्द्र आङ्वोमाथि आक्रमणको प्रयास भएको छ । मंगलबार पार्टीको बैठकका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ जाने क्रममा फुङलिङ नजिकै मेची राजमार्ग अन्तर्गत बहानन्दे क्षेत्रमा आङ्वो सवार गाडीमा ढुंगा प्रहार भएको हो । आक्रमणको प्रयास भएपनि आङ्वो भने सकुशल रहेको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले जानकारी दिनुभयो […]

विदेशी पर्यटकको लेक लागेर मृत्यु

सोलुखुम्बु – सोलुखुम्बुको खुम्बु क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको सोमबार राति लेक लागेर मृत्यु भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेपमा स्लोभाकियाका ६८ वर्षीय पोहिङ स्का विस्ट्रिका जान्कोको अक्सिजन अभावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी रामकिशोर साहले जानकारी दिनुभयो । खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले उद्धारमा समस्या […]

भोलिदेखि वैदेशिक क्षेत्रका श्रमिक सामाजिक सुरक्षामा समेटिँदै

काठमाडौं – बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा स्वरोजगारमा रहेका श्रमिक सामाजिक सुरक्षा योजनामा समेटिँदै छन् । सामाजिक सुरक्षा कोषले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा एक कार्यक्रमको आयोजना गरी वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई योजनामा सूचीकृत गर्ने कार्य प्रारम्भ गर्दैछ । वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार […]

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्षको मन्त्रालयलाई पत्र : हाम्रा कर्मचारी फिर्ता गर

ताप्लेजुङ – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका अध्यक्ष दिपेन लिम्बूले आफ्ना कर्मचारीलाई तुरुन्त फिर्ता गर्न संघीय मामिला मन्त्रालयलाई पत्र लेखेका छन् । आफ्नो गाउँपालिकामा रहेका विभिन्न तहका कर्मचारीलाई मन्त्रालयले सुगमका पालिकाहरुमा काज खटाइदिएपछि आफूहरुलाई काम गर्न असहज भएको लिम्बूले लेखेको पत्रमा उल्लेख छ । शिक्षा प्रशासन, इन्जिनियरिङ लगायतका क्षेत्रका कर्मचारीलाई विभिन्न ठाउँमा काज खटाइदिंदा आफ्नो पालिकाको […]

हामीलाई प्रचण्डमाथि विश्वास छैन, तसर्थ मत दिँदैनौँ : ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले इमान तोडेको बताएका छन्। सोमबार नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरूले प्रधानमन्त्री बनाए पनि प्रचण्डले इमान छोडेको बताएका हुन्। ‘यसपटक हामीले वापन्थीसहितको सरकार बनाउन चाहेका थियौँ। उहाँलाई त्यो सह्य भएन। प्रधानमन्त्री भएपछि इमान छोड्नुभयो। प्रधानमन्त्रीजीको बारेमा यसो भन्नु […]

हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै सेना

काठमाडौँ – नेपाली सेनाले विश्वको सर्वाेच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ । उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० […]

सत्र परिवारद्वारा सञ्चालित होमस्टे, जहाँ पर्यटक फर्कीफर्की आउँछन्

कमलामाई (सिन्धुली) – पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित […]

क्रिकेटमा ऐतिहासिक उपलब्धि, उचाइ दिने अवसर

काठमाडाैं – चैत २ मा कीर्तिपुरस्थित, त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आईसीसी लिग-२ अन्तर्गतको खेलमा संयुक्त अरब इमिरेट्स ( यूएई)लाई पराजित गरेसँगै नेपाल क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्वालिफायरमा छनोट भयो। एक शताब्दी पहिला शुरू भएको नेपाली क्रिकेटका लागि यो अहिलेसम्मकै ठूलो उपलब्धि हो। सन् १९२० को दशकमा विदेशमा पढेर फर्केका राणा परिवारका सदस्यहरूले नेपालमा क्रिकेट भित्र्याएका […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा