उखु किसानको बक्यौता नतिर्ने उद्योगीलाई पक्राउ गर्ने सरकारको निर्णय

काठमाडौं । उखु किसानको बक्यौता रकम नतिर्ने चिनी उद्योगीलाई पक्राउ गर्ने सरकारले निर्णय गरेको छ। गृहमन्त्री राम बहादुर थापाको अध्यक्षतामा गृह मन्त्रालयमा बसेको कृषि मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र संघीय मामिला तथा स्थानीय विकास मन्त्री हृदयश त्रिपाठीको बैठकले किसानको पैसा नतिर्ने उद्योगीलाई पक्राउ गर्ने निर्णय गरेको हो । सरकारले बक्यौता […]

विराटनगरमा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश १ को राजधानी विराटनगरमा शक्ति प्रदर्शन गरेको छ । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाको नेतृत्वमा सोमबार मध्यान्न विराटनगरमा सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत प्रदर्शन गरेको हो । विराटनगर स्थित तीनपैनि चोकबाट निस्किएको मोटरसाईकल ¥यालीसहितको प्रदर्शनले विराटनगर बजार परिक्रमा गरेको छ । सरकार गलत मार्गमा हिडेकाले सरकारलाई सजग […]

सरकारविरूद्ध संघर्षमा कांग्रेस, आज देशभर प्रदर्शन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरूद्ध संघर्षमा उत्रिएको छ । गृह जिल्ला तनहुँमा पुल उद्घाटन गर्न पुगेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि रूष्ट बनेको कांग्रेसले सरकारविरूद्ध संघर्ष गर्ने पूर्वघोषित कार्यक्रम अन्तर्गत आज प्रदर्शन गर्दैछ । मुलुकभरका ७७ वटै जिल्लामा हुने प्रदर्शनमा पदाधिकारी तथा कांग्रेसका केन्द्रीय तहका नेताहरूलाई परिचालन गरिएको छ । […]

पर्यटनमन्त्री भट्टराईद्वारा ४ करोड बजेटका ३८ योजना छनोट

ताप्लेजुङ । ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वाचित पर्यटनमन्त्री योगेशकुमार भट्टराईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सडकलाई प्राथमिकता दिँदै चार करोड बजेटका ३८ योजना छनोट गरेका छन् । जम्मा २८ योजनामध्ये १८ वटा योजना मोटरबाटो छनोट परेको छ । दोस्रो प्राथमिकता खेल मैदानलाई दिएको ३८ योजनामध्ये सात योजना खेलमैदान छनोटमा परेका छन् । आठराई त्रिवेणी गाउँपालिकामा नाबुखोला–भलायो, […]

सार्वजनिक बिदा हप्तामा २ दिन दिने प्रारम्भिक निष्कर्ष

काठमाडौं । पर्यटन मन्त्रालयलले सार्वजनिक बिदा हप्तामा २ दिन दिने गरी प्रारम्भिक निष्कर्ष निकालेको छ। सार्वजनिक बिदा हप्तामा २ दिन गर्ने सम्बन्धमा गठित समितिले २ दिन उपयुक्त हुने निष्कर्षसहित प्रारम्भिक मस्यौदा तयार पारेको पर्यटन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईको संयोजकत्वमा करिब २ महिनाअघि गठित समितिले बिदा २ दिन हुँदा कार्यदक्षता बढ्नुका साथै उत्पादकत्व […]

प्रदेश १ मा विप्लव समूहप्रति निर्मम बन्दै गृह प्रशासन, अब के हुन्छ ?

विराटनगर । शिक्षक राजेन्द्रकुमार श्रेष्ठको हत्यापछि मोरङको मिक्लाजुङ र आसपासका क्षेत्रमा नेपाल तथा सशस्त्र प्रहरीको संयुक्त टोलीले घटनामा संलग्नको खोजी तीव्र पारेको छ । विशेष सर्च अभियान सञ्चालन गर्न मंगलबार रातिदेखि नै मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वमा प्रहरी खटिएको छ । सबै नाका शील गर्दै जंगल र ग्रामीण क्षेत्रमा विशेष अप्रेसन जारी राखिएको […]

मोरङमा एक शिक्षकको गोली हानी हत्या, विप्लव समूह माथि आशंका

विराटनगर । मोरङमा एक शिक्षकको गाली हानी हत्या भएको छ । मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको मंगलबार बिहान गोली हानी हत्या भएको हो । हत्या गर्नेको पहिचान नखुले पनि प्रहरीले हत्यामा नेत्रविक्रम चन्द विप्लव समुहको संलग्नताको आशंका गरेको छ । शिक्षक श्रेष्ठलाई घरबाटै उठाएर बर्खे जंगलमा लगेर हत्या गरेको प्रहरी उपरीक्षक […]

आज पनि नेकपा सचिवालय बैठक, अध्यक्ष ओली नजाने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ । तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक […]

अपांगमैत्री प्रदेश निर्माणमा प्रदेश सरकार सचेत छ : मुख्यमन्त्री राई

विराटनगर । मुख्यमन्त्री शेरधन राईले अपांगमैत्री प्रदेश निर्माणमा आफू सचेत रहेको बताएका छन् । आइतबार स्पाइनल इन्जुरी भएका झापा, मोरङ र सुनसरीका १५ जनालाई ह्वीलचियर प्रदान गर्दै मुख्यमन्त्री राईले कानून, नीतिनियम निर्माण र बजेट तर्जुमा गर्दा अपांगमैत्री बनाउनु पर्नेमा प्रदेश सरकार सचेत रहेको बताए । ‘यस आर्थिक वर्षमा अपांगताको क्षेत्रमा जति कार्यक्रम तय भएका छन्, […]

चिनियाँ रक्षामन्त्री फेङहे आज आउँदै

काठमाडौं । भारतीय कूटनीतिज्ञ एवं सुरक्षा निकायका प्रमुखहरूको आउजाउ भइरहेका बेला चिनियाँ रक्षामन्त्री वेइ फेङहे केही घण्टाका लागि आइतबार काठमाडौं आउँदै छन्। पछिल्लो पटक नेपाल भ्रमण गर्ने भारतीय कूटनीतिज्ञहरूले यहाँ भएको चिनियाँ उपस्थितिप्रति चासो राखिरहेका बेला हुन लागेको रक्षामन्त्री फेङहेको छोटो नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ। परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्तिमार्फत आइतबार चिनियाँ रक्षामन्त्री फेङहेको एक […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं