काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने ६३४ जना सवारी चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार नियमित निगरानी तथा चेकजाँचका क्रममा ट्राफिक नियम उल्लंघन गर्ने चालकलाई कारबाही गरिएको हो। कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६० जना, सिसीटिभीमार्फत पहिचान […]
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसदहरुले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा सो पार्टीका सांसदहरुले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्री अभिव्यक्ति राष्ट्रघाती भएकाले रोस्टमबाटै सच्याइनुपर्ने वा संसदको रेकर्डबाट हटाइनुपर्ने माग लामो समयदेखि गरिँदै आएको स्मरण गराएका हुन् । बैठक सुरु हुनेबितिकै श्रम संस्कृतिका सांसदहरुले उठेर […]
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र शाह भारत भ्रमणमा जाने पक्का भएको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले मंगलबार प्रधानमन्त्री बालेनसँग बिदाइ भेट गर्दै उनको भारत भ्रमणको मिति तय गरेका हुन् । श्रीवास्तव चार वर्ष तीन महिना कार्यकाल सकेर बिहीबार नयाँ दिल्ली फर्किँदैछन् । स्वदेश फर्किनुअघि श्रीवास्तवले प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति प्रस्ताव […]
काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ। १८ असोजदेखि हुने महाधिवेशनका लागि प्रतिनिधि शुल्क तय गरिएको हो। १५औँ महाधिवेशनमा अघिल्लो महाधिवेशनको तुलनामा २ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन्। निर्वाचन समितिका अनुसार यसपटक करिब ७ हजार प्रतिनिधि हुनेछन्। १४औँ महाधिवेशनमा ४७ सयभन्दा […]
काठमाडौं । नेकपा एमालेकी सांसद साजिदा खातुन सिद्धिकीले कानुन न्याय तथा मानव अधिकार समिति बैठक चल्दाचल्दै बहिस्कार गरेकी छन् । बुधबार बिहान सिंहदरबारमा बसेको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्था सम्बन्धी निरीक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ मा छलफल चलिरहेको बेलामा सांसद सिद्धिकीले बैठक बहिस्कार गरेर हिँडेकी हुन् । […]
विराटनगर । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत विराटनगर महानगर समितिको अधिवेशन आजदेखि सुरु भएको छ। महानगर सभापति पदका लागि कृष्णबहादुर कार्की र केशव गिरी चुनावी मैदानमा उत्रिएका छन्। सभापति पदमा दुई जनाको उम्मेदवारी परेसँगै नेतृत्व चयनका लागि प्रतिस्पर्धा हुने भएको हो। अधिवेशनमा महानगर कार्यसमितिका विभिन्न पदका लागि पनि उम्मेदवारी र निर्वाचन प्रक्रिया अघि बढिरहेको छ।
काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१औँ महासभा सहभागी भई स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको महासभा एवं सो अवसरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रम र द्विपक्षीय बैठकहरूमा सहभागिता जनाई उनी आज बिहान स्वदेश फर्किएका हुन् । उनी महासभा र सो अवसरमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुन यही असोज ४ गते संयुक्त राज्य […]
काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया प्रभावित भएपछि आज महाधिवेशनका लागि नयाँ कार्यतालिका सार्वजनिक गरिएको सो पार्टीले जनाएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले क्षेत्रीय अधिवेशन सम्पन्न गरी महाधिवेशन प्रतिनिधिको नामावली […]
काठमाडौं । संघीय संसद्, प्रतिनिधि सभाको बैठक आज अपराह्न १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यसैगरी, कानुनमन्त्री गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ […]
विराटनगर । नेपाली कांग्रेस सुनसरी–४ को क्षेत्रीय अधिवेशनमा मतदानका क्रममा विवाद बढेपछि दुई पक्षबीच हात हालाहाल भएको छ। विवादका कारण केही समय निर्वाचन प्रक्रिया प्रभावित भएको हो। क्षेत्रीय सभापति पदमा मनोज साह र गफार अन्सारीबीच प्रतिस्पर्धा भइरहेका बेला मतदानस्थलमा फर्जी मतपत्र भेटिएको दाबीपछि विवाद सुरु भएको बताइएको छ। वर्तमान क्षेत्रीय सभापति तथा कोशी गाउँपालिकाका अध्यक्ष […]