म्याग्दी– धवलागिरि गाउँपालिका–४ नाउरास्थित म्याग्दी नदीमा ‘बेलिब्रिज’ जडान भएको छ । म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले जडान गरेको बेलिब्रिजबाट स्थानीयवासी, धवलागिरि हिमाल आरोहण र चक्रीय धवलागिरि पदमार्गमा जाने पर्यटकलाई सुविधा पुगेको छ । हाइड्रो भिलेज प्रवर्द्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला र हाइड्रो इम्पाएरले निर्माण गर्न लागेको ३७ मेगावाट क्षमताको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाले नाउरास्थित […]
काठमाडौं– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जसमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रुपैयाँ सहित जुम्ला हिमा गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला […]
काठमाडौं– प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले राष्ट्रिय महत्वका योजना हटाउन थालेकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले देश बनाउनतिर लाग्न सरकारलाई आग्रह गरे । ‘हामीले तीव्र तर आर्थिक विकास र सामाजिक न्यायका लागि कतिपय महत्त्वाकाङ्क्षी योजनाहरू बजेटमार्फत प्रस्ताव गर्यौँ । सुनिँदै छ, हामीले […]
पाल्पा– राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजीरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन आइपुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । जात्रामा सहभागी हुन रक्षामन्त्री मानवीर राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पनि पाल्पा आएका छन् । तानसेनस्थित […]
काठमाडौं– ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्दैछन् । परराष्ट्रमन्त्री आरजु राणाको निमन्त्रणमा हिजो काठमाडौं आइपुगेका विदेशमन्त्री हमाले दिउँसो १ बजे प्रधानमन्त्री ओली र ३ बजे राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि बिहान […]
काठमाडौं– पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बङ्गलादेशबाट फर्केका मेडिकल विद्यार्थीहरूलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । केही समयअघि बंगलादेशमा आएको असहज परिस्थितिका कारण नेपाल फर्किएका विद्यार्थीहरुसँतको भेटमा उनले विशेष परिस्थितिका कारण एक पटकका लागि त्यस्तो व्यवस्था गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै त्यसका लागि […]
काठमाडौं– तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये पाच जनालाई सडकमा निकालिएकाे छ । बेनीटार प्रहरी चेकपोष्टबाट दुर्घटनास्थलमा उद्धार निम्ति खटिएका प्रहरी हवलदार ईश्वर थापाका अनुसार तीन जना महिला र दुई पुरुषलाई अचेत अवस्थामा डोरीको सहायताले सडकमा ल्याइएको हाे । सडकबाट करिब १५० मिटर तल बस खसेको कारणले यात्रुको उद्धार कार्यमा कठिनाइ भएको उनले […]
काठमाडौं – २०८० कात्तिक २७ गते प्रतिबन्ध भएको टिकटक बिहीबार साँझदेखि खुलेको छ। तत्त्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले प्रतिबन्ध लगाएको टिकटक केपी शर्मा ओली नेतृत्वको सरकारले खुला गरेको हो। प्रचण्ड सरकारले टिकटक खुला गर्नका निम्ति दर्जन बढी सर्त अगाडि सारेको थियो। ओली सरकारले टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी […]
काठमाडौं – संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक पर्ने ऐन, कानुन बनाउने विधेयक सङ्घीय संसद्का दुवै सदनबाट पारित भएकामा स्वागत गरेको छ। संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्का उच्चायुक्त भोल्कर टर्कले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक नेपालका दुवै सदनबाट पारित भएकामा त्यसको स्वागत गर्दै […]
काठमाडौं– पोखराबाट काठमाडौंतर्फ आउँदै गर्दा तनहुँको आँबुखैरेनी नजिक ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको बस भारतीय रहेको खुलेको छ । झण्डै ४० यात्रु रहेका सो बसको नम्बर युपी ५३ एफटी ७६२३ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ । पृथ्वी राजमार्गको आँबुखैरेनी-मुग्लिङ सडकखण्डमा पर्ने ऐनापहरा आँबुखैरेनी गाउँपालिका-२ मा पर्छ । सो भारतीय बस शुक्रबार बिहान करिब […]