इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता

इटहरी । इटहरीस्थित यातायात कार्यालयको भवन सार्न बहालवाला प्रदेश मन्त्रीकै संलग्नता रहेको खुलेको छ। आफ्नै भवन इटहरी १० मा केही महिनाभित्रै बनिसक्ने अवस्थामा अहिले भाडामा बसेको घर अनुपयुक्त भएको भन्दै नयाँ भाडाको घरमा कार्यालय सार्न सेटिङ गरिएको हो। इटहरी—२ धरान रोडस्थित दिनेश भट्टराईको घर भाडामा लिएर सञ्चालन हुँदै आएको कार्यालयलाई इटहरी—८ का वडाध्यक्ष रोहित चौधरीको […]

पाँचथरमा वृद्ध हत्याको अनुसन्धानमा लागे ‘लैला’ र ‘पिकु’

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ कुमालेटारका ८० वर्षीय वृद्ध टेकबहादुर इङ्वाको हत्यारा पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । धरानबाट ल्याइएका लैला र पिकु नामका दुई कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरीका सई दमानन्द श्रेष्ठको कमाण्डमा कुकुर परिचालन गरिएको हो। सुरुमा लैला कुकुरलाई घटनास्थलमा परिचालन गरिएको थियो। लैला हत्या भएको घरबाट […]

झापामा निषेधाज्ञा असार ७ सम्म थपियो, के खुल्छ ? के बन्द ?

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले आइतबार निषेधाज्ञा थप गरेको छ । प्रशासन कार्यालयले आगामी असार ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को आइतबार सम्पन्न बैठकले कोभिडको संक्रमण दर घट्दै गएपनि संक्रमणको जोखिम उस्तै रहेकाले निषेधाज्ञा थप गरिएको डीसीसीएमसीका संयोजक प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जनाए । बैठकको […]

ताप्लेजुङका थप दुई कोरोना संक्रमितको काठमाडौ र विराटनगरमा मृत्यू

ताप्लेजुङ । ताप्लेजुङका थप दुई जनाको कोरोना संक्रमणका कारण मृत्यू भएको छ । मृत्यू हुनेमा फुङ्लिङ नगरपालिकाकी कृष्णमायाँ गुरुङ र आनन्द श्रेष्ठ रहेका छन् । गुरुङको काठमाडौं र श्रेष्ठको विराटनगरमा उपचारका क्रममा निधन भएको बताइएको छ । दुबै जनालाई कोरोना पुष्टि भइ थप उपचारका लागि हेलिकोप्टरमार्फत् जिल्ला बाहिर लगिएको थियो ।

प्रदेश १ को नीति तथा कार्यक्रम बहुमतले पारित

विराटनगर । प्रदेश १ सरकारले ल्याएको बार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिएको आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रमलाई जनता समाजवादीसमेतले समर्थन जनाएपछि सहजै बहुमतका साथ पारित भएको हो । सरकारको बार्षिक नीति तथा कार्यक्रममा चुरे क्षेत्र संरक्षणसम्बन्धि बिषयलाई समेट्न जनता समाजवादी संसदीय दलका नेता जयराम यादवले […]

पाँचथरमा ३२ सहित प्रदेश १ मा ३३७ संक्रमित थपिए, ३०९ संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ३३७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १०७, झापामा ९५, सुनसरीमा ५०, पाँचथरमा ३२, उदयपुरमा २४,सोलुखुम्वुमा १३, संखुवासभामा ५, इलाममा ३, धनकुटा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका ६ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५४, सुन्दरहरैचामा २३, उर्लाबारीमा १०, पथरीशनिश्चरेमा ५,रतुवामाई […]

को हुन् बेला बेला झमेलामा पर्ने ज्ञानेन्द्र शाही ? उनको विगत यस्तो छ

विराटनगर । ज्ञानेन्द्र शाही सामाजिक सञ्जालमा चर्को बोलेर लोकप्रियता कमाएका एक व्यक्ति हुन् । उनका हजारौं फ्यान छन् र उनी तिनै फ्यानको सपोर्टमा बोल्ने गर्छन् । तर, शाही बोलेर मात्र चर्चामा आउँदैनन्, उनीमाथि बेलाबेला सडकमै हुने ‘आक्रमण’ वा उनी संलग्न हुने झडपले पनि चर्चामा ल्याइरहन्छ । पछिल्लो पटक शाहीको समूहमाथि शुक्रबार राति गृहजिल्ला सुर्खेतमा आक्रमण […]

प्रदेश सरकारलाई ६२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । प्रदेश १ सरकारलाई ६२ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । युएनडिपी र युएसएआडीको सुआहारा परियोजनाबाट ६२ लाख ५० हजारको स्वास्थ्य सामाग्री सामाजिक विकास मन्त्री उषाकला राईलाई आज हस्तान्तरण गरिएको छ । युएनडिपीका तर्फबाट ६० वटा कन्सनट्रेटर हस्तान्तरण गरिएको छ । ६० वटा मध्ये १० लिटरको ३० वटा र ५ लिटरको ३० […]

अलैंची प्रतिमन ११ हजार बढीले वृद्धि, स्टक रकेको अलैंची सकिन लाग्यो

बिर्तामोड । कोरोना महामारीकै बीच अलैंचीले राम्रो मूल्य पाएको छ । विश्व बजारमा नेपाली अलैंचीको माग र मूल्य दुवै बढेको व्यवसायी बताउँछन् । मूल्य राम्रो पाएपछि यस वर्ष नेपाली व्यवसायीका सबै स्टक सकिन लागेको उनीहरूको भनाइ छ । ‘अब २० प्रतिशत मात्रै अलैंची बाँकी होला,’ अलैंची व्यवसायी महासंघका पूर्वअध्यक्ष निर्मल भट्टराईले भने, ‘मूल्य बढ्नु र डिमान्ड पनि […]

नेताहरुको अहंकार र शक्तिको टकराबले एमाले समस्यामा पर्यो : योगेश भट्टराई

काठमाडौं । एमाले नेता योगेश भट्टराईले नेताहरुको अहंकार र शक्तिको टकराबका कारण हरेक क्षेत्रको नेतृत्व खतरामा पर्दै गएको बताएका छन् । गण्डकी प्रदेशमा एमालेको सरकार विस्थापन भएर शनिबार काँग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेपछि नेता भट्टराईले फेसबुकमार्फत आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै गण्डकीमा एमालेले सत्ता गुमाउनुको कारण नेताहरुको अहंकार र शक्तिको टकराब भएको उल्लेख गरे । उनले […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं