चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष गिरीको नियुक्ती बदर गर्न माग गरेको रिट निवेदन दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीको नियुक्ति बदरको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । यो सँगै गिरीलाई नैतिक मात्र होइन, कानुनी रूपमा पनि पदमा बसिरहन नमिल्ने अवस्था आएको छ । सर्वोच्च अदालतले राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीको योग्यता नपुगेको भन्दै उनको नियुक्ती बदर गर्न माग गरेको रिट […]

सिन्धुपाल्चोकको मेलम्चीमा पहिरो, ८ वेपत्ता, वेपत्ता हुनेमा ६ विराटनगरका नागरिक

काठमाडौँ । गएराती देखि भएको निरन्तरको वर्षाले सिन्धुपाल्चोकको मेलम्ची–११ मा गएराति पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् । प्रदेश सरकारद्वारा निर्माणाधीन कभर्ड हलको निर्माणमा खटिएका कामदारहरु पहिरोमा पुरिएका हुन् । उनीहरु बस्दै आएको टहरो पहिरोले पुरिएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका मध्ये एक जना जिवितै रहेको र अन्य ८ […]

प्रदेश १ मा आज सार्वजनिक बिदा

विराटनगर । प्रदेश १ सरकारले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ । श्रावण शुक्ल पूर्णिमा रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व परेकाले सोमबारसार्वजनिक बिदा दिएको प्रदेश १ सरकारले जनाएको छ । आज बिदा दिने आकस्मिक निर्णय नभई प्रदेश १ सरकारले यस अघि राजपत्रमानै उल्लेख गरेर बिदा दिने निर्णय गरेको थियो ।

जनै पूर्णिमा, रक्षाबन्धन र क्वाँटी खाने दिन आज

काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक […]

‘इनफ इज इनफ’ अभियन्ता र सरकारबीच वार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कोभिड–१९ नियन्त्रणमा भएका कमजोरी सच्याउने र माग पूरा गर्ने भन्दै अनशन तोड्न आह्वान गरेका छन् । उनले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन पनि अनुरोध गरेका छन् । अभियानका अभियन्तासँग आइतबार सिंहदरबारमा भएको छलफलमा उपप्रधानमन्त्री पोखरेलले स्वास्थ्य सामग्री खरिदमा कमजोरी भएको स्विकारे । ‘अचानक लकडाउन गर्नुपर्ने अवस्था आयो । देशभर क्वारेन्टाइनजस्ता संरचना तयार […]

इलाम सशस्त्र प्रहरीको गणमा कोरोना, मालपोत र शिक्षा बन्द

इलाम । इलामस्थित सशस्त्र प्रहरी बल हेड क्वाटर एक नम्बर गणमा कोरोनाको संक्रमण फैलिएपछि त्यसकै आसपासमा रहेको मालपोत कार्यालय र शिक्षा विकास तथा समन्वय इकाइको सेवा केही दिनलाई बन्द हुने भएको छ । कोभिड १९ जिल्ला संकट व्यवस्थापन केन्द्र (डिएमसिसिले) को बैठकले दुई कार्यालयले सेवाग्राहीलाई दिँदै आएको सेवा केहि दिनलाई बन्द गर्ने निर्णय भएको सहायक […]

झापाको बिर्तामोडमा पनि अनिश्चितकालिन लकडाउन

झापा । कोरोना संक्रमण रोक्न झापाको विर्तामोड नगरपालिकाले अनिश्चितकालिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार राति १२ बजेदेखि लकडाउन गरिने नगरपालिका कार्यालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण समुदायमा पुगेकाले थप सङ्क्रमण फैलिन नदिन लकडाउन गर्नु परेको नगर कार्यपालिकाकी सदस्य निता घतानीले जानकारी दिइन्। उनका अनुसार खाद्यान्न तथा तरकारी पसल विहान ८ बजेदेखि ११ बजेसम्म खुल्नेछन्। […]

विराटनगरमा नापीका कर्मचारीमा पनि देखियो कोरोना संक्रमण

विराटनगर । विराटनगरमा आइतबार नापी कार्यालयका दुई कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ । नापी कार्यालय विराटनगरका प्रमुख गणपति साहले ३६ र ३८ वर्षीय पुरुषमा संक्रमण देखिएको बताए। उनका अनुसार परीक्षणका लागि सात जना कर्मचारीको स्वाब संकलन गरिएकोमा दुई जनाको नतिजा पोजिटिभ आएको हो। संक्रमण देखिएका पुरुष कार्यालयका खरिदार र सुरक्षा गार्ड हुन्। यसैबीच कोशी […]

नेपालमा कोरोनाको उपचार पहिलो पटक सुरु, प्लाज्‌मा थेरापीबाट उपचार

काठमाडौं । नेपालमा पहिलोपटक प्लाज्‌मा थेरापीबाट कोरोना संक्रमितको उपचार गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अधिकृत डा। मेघनाथ धिमालले नेपालमै पहिलो पटक कोरोना निको भएका व्यक्तिको प्लाज्‌मा लिएर कोरोनाको जटिल बिरामीको उपचारका लागि प्लाज्‌मा थेरापी सुरु गरिएको जानकारी दिए । उनले,“यो विधिबाट नेपालमै पहिलोपटक उपचार सुरु भएको हो ।” प्लाज्‌मा थेरापी कोरोनाका गम्भीर प्रकृतिका […]

उदयपुरको बेलकामा प्रहरी र प्रदर्शनकारीबीच झडप, १० जना बढी घाईते

उदयपुर । उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं