काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ । वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञसहितको १५ सदस्यीय ‘टास्क फोर्स’ गठन गरिएको छ । सो कार्यदलले वन्यजन्तुबाट हुने […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव समितिका सभापति गणेश पराजुलीले प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, आजको बैठकमा आर्थिक वर्ष २०८३र८४ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्ताव बाहेक) […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर वडा अधिवेशन गर्दै छ । गत वैशाख २० गते अघि तदर्थ समिति गठन भएका करिब १५०० वडाको अधिवेशन आज गर्न लागेको हो । करिब ३ हजार वडामा तदर्थ समिति बनेका छन् । तीमध्ये ५० प्रतिशतको अधिवेशन चुनाव अघि र पछि गरेर सकिएको छ । तदर्थ समिति बनेका तर […]
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा आज देशका विभिन्न भागका स्मृति सभासहित विविध कार्यक्रम गर्दै छ । मदननगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटारस्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचारगोष्ठीको आयोजना हुँदैछ । अन्य स्थानमा मदन–आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, […]
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आफ्नो नाम, प्रधानमन्त्रीको नाम तथा कार्यालयको लोगो दुरुपयोग गरी धम्की, प्रभाव वा दबाब सिर्जना गर्ने गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल तथा विभिन्न माध्यममार्फत प्रधानमन्त्री वा कार्यालयको नाम प्रयोग गरेर अनुचित प्रभाव पार्ने, धम्की दिने तथा व्यक्तिलाई भ्रममा पार्ने कार्य भइरहेको […]
काठमाडौं । संविधान संशोधनका लागि बहस पत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले ‘जेन जी आन्दोलन’का घाइते तथा सहिद परिवारसँग यसअघिको सरकारले गरेका सम्झौता कार्यान्वयन गर्न वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको स्पष्ट पारेका छन् । संविधान संशोधनका विषयमा सुझाव संकलनका लागि कार्यदलले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरूलाई छलफलका लागि बोलाएको थियो। तर, […]
काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुन्डुमा बस्ने भएको हो । बैठकमा पार्टीभित्रको कार्यविभाजनबारे छलफल हुने बताइएको छ । साथै फागुन २१ को निर्वाचनको समीक्षा समेत हुने जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता भएको हो । भेटका क्रममा सरकारले हिजोमात्रै पारित गरेको नीति तथा कार्यक्रम र आगामी बजेट लगायतका विषयमा छलफल भएको सचिवालय स्रोतले जनाएको छ । प्रधानमन्त्री बालेनलाई भेटेर अर्थमन्त्री वाग्ले केहीबेरअघि निस्किएका हुन् ।
काठमाडौं । राष्ट्रिय सभाबाट आगामी आर्थिक वर्ष २०८३/०८४ को लागि प्रस्तुत नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति […]
काठमाडौं । सरकारले पूर्व गृहमन्त्री सुधन गुरुङ्ग मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरेको छ। मन्त्रिपरिषद्को २०८३ वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्यूतप्रसाद भण्डारी अध्यक्ष, महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधीवक्ता अच्युतमणी नेउपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री वालेन्द्र शाहकी […]