कोरोना कहर : बिर्तामोडमा ‘मास स्क्रिनिङ’

बिर्तामोड । निषेधाज्ञा लागू गरी झापाको बिर्तामोड नगरपालिकाले ‘मास स्क्रिनिङ’ थालेको छ । संक्रमितको सम्पर्कमा आएका तथा संक्रमणको उच्च जोखिममा रहेका क्षेत्रका बासिन्दाको पीसीआर परीक्षण थालिएको हो । नगरपालिकाले एक सातामा नगर क्षेत्रका ८ सय ४४ जनाको स्वाब नमुना संकलन गरी पीसीआर परीक्षणका लागि ल्याबमा पठाएको छ । कम्तीमा एक हजार जनाको पीसीआर परीक्षण गर्ने […]

एयर इण्डियाको विमान कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा दुई टुक्रा

काठमाण्डौ । दुवईबाट आउँदै गरेको एयर इंडियाको विमान केरलाको कोझिकोड एयरपोर्टको रनवेमा पल्टिदा जहाज दुई टुक्रा भएको छ । विमानमा १ सय ९१ यात्रु सवार रहेको भनिएको छ । तर स्पष्ट जानकारी आइसकेको छैन । अधिकांश यात्रु घाइते भएका छन् । भारतका गृहमन्त्री अमित शाहले टुइटरमा दिएको जानकारी अनुसार घटनास्थलमा उद्धारकार्य भइरहेको छ । केरलाको […]

प्रधानमन्त्रीसहित अन्य ६ जनाको कोरोना रिर्पोट नेगेटिभ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य ६ जनाको पीसीआर परीक्षण गर्दा कोरोना रिर्पोट नेगेटिभ आएको छ । शुक्रबार बिहान लिइएको स्वाबमा प्रधानमन्त्रीसहित अन्य ६ जनाको रिर्पोट नेगेटिभ आएको हो । शुक्रबार प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवाष नेम्वाङ, कानुन न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार राजन […]

हत्या अभियुक्त दुर्गाबहादुर १७ वर्षपछि पक्राउ

काठमाडौं । झापामा एक व्यक्तिको हत्याकाण्डका अभियुक्त १७ वर्षपछि पक्राउ परेका छन्। २०६० कात्तिक ३० गते बिरिकलाल माझीको हत्या गरेको अभियोगमा दुर्गाबहादुर मगरलाई झापा प्रहरीले पक्राउ गरेको हो। १७ वर्षपछि पक्राउ परेका मगरलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। झापाको टाघनडुब्बाका ४५ वर्षीय बिरिकलाल छोरी ज्वाईको घरमा गएको बेला कुटपीटबाट मारिएका थिए। साँझ घुमफिर गर्न बाहिर […]

काभ्रेको क्वारेन्टिनमा युवतीले गरिन् आत्महत्या,गाउँलेको आक्रमणमा प्रहरी र स्वास्थ्यकर्मी घाईते

काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिका वडा न। ४ घर भई हाल गाउँपालिकाकै क्वारेन्टिनमा बसिरहेकी २१ वर्षिया युवतीले झुण्डिएर आत्महत्या गरेकी छन् । गत साउन १६ गते दुबईबाट नेपाल आएकी उनलाई क्वारेन्टिनमा राखिएको थियो । गाउँपालिकाको स्वास्थ्य चौकीमा रहेको क्वारेन्टिनमा बसेकी उनीे शुक्रबार दिउँसो झुण्डिएको अवस्थामा फेला परेकी हुन् । उनको मृत्यु भएसँगै आफन्तले क्वारेन्टिन व्यवस्थापनको […]

नेपालमा कोरोना संक्रमण : थप ५ जनाको मृत्यु, ४६४ संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट शुक्रबार थप पाँच जनाको मृत्यु भएको छ । पाटन अस्पतालमा २, धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा, विराटनगरको कोशी अस्पताल र वीरगञ्जको गण्डक अस्थायी कोभिड अस्पतालमा १÷१ जनाको मृत्यु भएको हो । पाटन अस्पतालको आईसीयूमा सर्लाहीका ४५ वर्षीय पुरुष र रुपन्देही सुनौलीकी ४१ वर्षीया महिलाको कोरोना संक्रमणबाट शुक्रबार […]

प्रदेश १ मा शुक्रबार ६७ कोरोना संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शुक्रबार हाल सम्मकै धेरै कारोना संक्रमित थपिएका छन् । मोरङका दुई स्थानीय तहमा मात्रै शुक्रबार ६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश १ को राजधानी समेत रहेको विराटनगर महानगरपालिका र मोरङको पुरानो सदरमुकाम रहेको रंगेली नगरपालिकामा यति ठूलो संख्यामा संक्रमण भेटिएको हो । विराटनगरमा ३२ र रंगेलीमा […]

काका भतिजीबिच अनैतिक सम्बन्ध, पोल खुल्ने डरले दाजुको हत्या

ताप्लेजुङ । ताप्लेजुङमा भतिजीसँगको अनैतिक सम्बन्ध खुल्ने डरले आफ्नै भाईले दाजुको हत्या गरेका छन् । भतिजीसँगको अनैतिक सम्बन्ध थाहा पाएपछि मेरिङ्देन गाउँपालिका ५ का पेम्बालाक्पा शेर्पाले आफ्नै दाजु फुर्वाग्यावेको हत्या गरेको प्रहरीले जनाएको छ । हत्यामा भतिजीको समेत संलग्नता रहेकाले दुबैजनालाई साउन १९ गते पक्राउ गरिएको ताप्लेजुङका प्रहरी प्रमुख महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । घरबाट […]

कार्यालयमा हुने बैठक र जमघट बन्द गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी र निजी कार्यालयमा हुँदै आएका भेला, सेमिनार, बैठक र अन्य जमघट तत्कालै बन्द गर्न निर्देशन दिएको छ । काेराेना भाइरसकाे महामारी बढेकाले भेला र बैठक नगर्न, गर्नै परे भर्चुअल बैठक गर्न मन्त्रालयले निर्देशन दिएको छ । पछिल्लो समय सुरक्षा निकाय, अस्पताल, बैंक, न्यायालय, अख्तियारलगायतका कार्यालयमा कोरोनाको सङ्क्रमण पुगेको […]

प्रदेश १ मा पीसीआर परिक्षण, पहुँच भए आजै रिपोर्ट

विराटनगर । प्रदेश-१ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीसहित मन्त्रालयका कर्मचारीले विहीबार पीसीआर परीक्षण गरे। दिउँसो संकलन गरेको स्वाबको रिपोर्ट साँझनै आयो। सामाजिक सञ्जालमा मन्त्रीसहित कर्मचारीको रिपोर्ट नेगेटिभ भन्दै व्यापक प्रचार भयो। मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका कर्मचारीको पनि बिहीबारनै स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा सबैको रिपोर्ट बेलुकानै आयो। आवश्यकतानै नभएका बिना लक्षण, बिना […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा