काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर ३ लाख १ सय रुपैयाँ कायम भएको छ। सोमबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २० रुपैयाँले घटेर ४ हजार […]
काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनका लागि चारवटा समिति गठन गरी संयोजक तोकेको छ। पूर्वमहामन्त्री एवं महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले निर्वाचन समितिमा एगराज पोखरेल, सदस्यता व्यवस्थापनमा किरणराज शर्मा, अनुशासनमा पद्मनारायण चौधरी र विधान मस्यौदा समितिमा शिव हुमागाईंलाई संयोजक तोकेका हुन्। देउवा पक्षले असोज १५ गते वडा अधिवेशन र […]
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हालसम्म १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणमा विभिन्न नौवटा बैंकमा १० अर्ब ४० करोड ९९ लाख ४३ हजार ५१६ रुपैयाँ जम्मा भएको छ। त्यस्तै, कोषका अन्य दुईवटा बैंकमा रहेका डलर खातामा […]
विराटनगर । मोरङको बूढीगंगामा बसको ठक्करबाट सशस्त्र प्रहरी बल नेपालका सहायक हवल्दारको मृत्यु भएको छ। सोमबार साँझ वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले बूढीगंगा–४ मा पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्रदेश १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक बूढीगंगा–४ निवासी ३६ वर्षीय सुदीप खड्का गम्भीर घाइते […]
इलाम । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित प्रस्तावित धार्मिक तथा सांस्कृतिक क्षेत्र भञ्ज्याङमा राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेनको पूर्ण कदको सालिक निर्माण सुरु भएको छ। गाउँपालिकाका अनुसार सालिक २५ फिट अग्लो र आठ फिट चौडाइको हुनेछ। निर्माणका लागि चालु आर्थिक वर्ष २०८३/0८४ मा ३६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। यसअघि २०८२/0८३ मा २५ लाख रुपैयाँ […]
झापा । आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य तथा प्रधानमन्त्री कार्यालयको सचिवालय सदस्य भन्दै सरकारी कार्यालय, बैठक र विभिन्न शैक्षिक संस्थामा प्रवेश गरी दबाब तथा धाकधम्की दिने गरेको आरोपमा एक युवक झापाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका–१ का २६ वर्षीय सुजन विश्वकर्मा रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार विश्वकर्माले […]
काठमाडौं । अग्र पूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ । यस अवसरमा आज उपत्यकाका अशोक विनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेश लगायत देशभरका गणेश मन्दिरमा विशेष […]
मुस्ताङ । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु हुँदैछ । सम्मेलनको आज कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्दै छिन् । सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् । सोमबार साँझसम्म सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजार बढी […]
काठमाडौं । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक १ बजे बस्दै छ । आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ । यस्तै, बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री […]
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय अर्थमन्त्री निर्मला सितारमणको निमन्त्रणमा उनी भारत जान लागेका हुन्। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय समकक्षी सितारमणसहित उच्चस्तरीय अधिकारीसँग भेटवार्ता गर्नेछन्। उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ। गत भदौ १० गते […]