संसद् अधिवेशन अन्त्यको तयारी

काठमाडौं । सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्ने तयारी थालेको छ। असोज १५ गतेसम्मको सम्भावित कार्यसूचीसहितको संसदीय क्यालेन्डर प्रकाशित भएसँगै त्यसपछि एक वा दुई बैठक राखेर अधिवेशन अन्त्य गर्ने तयारी भएको हो। संसदीय क्यालेन्डरअनुसार असोज १५ गतेसम्म विभिन्न विधेयक र अन्तर्राष्ट्रिय सम्झौतामाथि छलफल तथा विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने कार्यसूची छ। […]

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही भूभागमा पनि वर्षाको सम्भावना रहेको छ। […]

४१ प्रमुख प्रशासकीय अधिकृतको एकैपटक सरुवा (नामावलीसहित)

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४१ प्रमुख प्रशासकीय अधिकृतसहित ५२ जना अधिकृतको सरुवा तथा कामकाजमा खटाएको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत अधिकृतहरूको सरुवा तथा कामकाजमा खटाएको हो। मन्त्रालयको निर्णयअनुसार कुल ५२ जना कर्मचारीको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवा तथा कामकाजमा खटाइएकामध्ये ४१ जना […]

बेलबारीका प्रमुख प्रशासकीय अधिकृत राजलवटलाई किन सरूवा गरियाे राष्ट्रिय किताबखाना ?

विराटनगर । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५ प्रमुख प्रशासकीय अधिकृतसहित ९ जना उपसचिवको सरुवा गरेको छ। मन्त्रालयले सोमबारको निर्णयअनुसार विभिन्न मन्त्रालय, स्थानीय तह तथा निकायमा कार्यरत नेपाल प्रशासन सेवा/सामान्य प्रशासन समूहका राजपत्राङ्कित द्वितीय श्रेणीका कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाएको हो। सरुवा गरिएकामध्ये विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत ५ […]

वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको निधन

विराटनगर । उच्च अदालत विराटनगरउच्च अदालत विराटनगर तथा वरिष्ठ कानुन व्यवसायी योगेन्द्रकुमार शर्मा न्यौपानेको ८० वर्षको उमेरमा निधन भएको छ ।  न्यौपानेको २०८३ साल भदौ २९ गते बिहान ८ः२५ बजे इटहरी–६ स्थित पिसजोन मार्गमा रहेको आफ्नै निवासमा उपचारका क्रममा निधन भएको परिवारले जनाएको छ ।  न्यौपाने विगत पाँच वर्षदेखि लिभर सिरोसिसबाट पीडित थिए । लामो […]

कांग्रेस इतर समूहद्वारा असोज १५ देखि अधिवेशनमा सहभागी हुन आह्वान

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता–कार्यकर्तालाई आह्वान गरेको छ। डा। शशांक कोइराला संयोजक रहेको तयारी समितिले गगन थापा नेतृत्वले असोज ३ गतेदेखि अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन आग्रह गरेको हो। संस्थापन पक्षले मंसिर १६–१९ गते महाधिवेशन गर्ने तय गरे पनि इतर समूहले मंसिर […]

तेह्रथुममा लोप हुँदै भटमास, बाह्य क्षेत्रबाट ल्याउनुपर्ने अवस्था

तेह्रथुम। कुनै समय तेह्रथुमका गाउँबस्तीमा प्रमुख दलहन बालीका रूपमा खेती हुँदै आएको भटमास पछिल्लो समय लोप हुने अवस्थामा पुगेको छ। जिल्लाको म्याङलुङ आसपासका क्षेत्रमा एक दशकअघिसम्म बारीभरि देखिने भटमासका बोट अहिले फाट्टफुट्ट मात्र देखिन थालेका छन्। प्रशस्त प्रोटिन पाइने भटमास स्थानीय समुदायको खानपानसँगै कृषि संस्कृतिसँग पनि जोडिएको बाली हो। यसको हरियो कोसा उसिनेर खाने, तरकारीका […]

धर्म होइन, कर्मले जोड्छ : तीजको मेलामा खेलौना बेच्दै मुस्लिम महिला 

विराटनगर ।  बरगाछी नजिकै रहेको श्री एक हजार आठ बाबा वासुकिनाथ धाम मन्दिरमा सोमबार तीजको अवसरमा महिलाहरू पूजा अर्चना गर्न व्यस्त थिए। त्यही भीडमा ४० वर्षीया याशिया खातुन भने खेलौनाका सामग्री लिएर व्यापारमा व्यस्त थिइन्। मुस्लिम समुदायकी यशिया तीज मनाउन मन्दिर पुगेकी भने होइनन्। पर्वको अवसरमा हुने भीड र मेलालाई आफ्नो व्यवसायको अवसरका रूपमा उपयोग […]

बनसखण्डी मन्दिरमा तीजको रौनक (फोटोसहित )

विराटनगर । तीजको व्रत, पूजाआजा र तीजका गीतमा नाचगानसँगै विराटनगर–७ देवकोटा चोकस्थित श्री बनसखण्डी महादेव मन्दिरमा चहलपहल देखिएको छ। बिहानैदेखि व्रतालु महिला दिदीबहिनीहरू भगवान् शिवको दर्शन तथा पूजाआजाका लागि मन्दिर पुगेका छन्। मन्दिरमा पूजाआजाका लागि भक्तजनहरू लाइनमा बसेका छन्। यद्यपि, विगतका वर्षहरूको तुलनामा यस वर्ष भक्तजनको उपस्थिति केही कम देखिएको छ। पूजाआजा सम्पन्न गरेका व्रतालु […]

तीजमा घट्यो सुनचाँदीको भाउ

काठमाडौं । आज  सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३ लाख १ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य पनि आज प्रतितोला […]

Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : अर्बिट डिजिटल मिडिया नेटवर्क प्रा.लि
सूचना विभाग दर्ता नं. : ५३९७–२०८२/२०८३
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय कोशी प्रदेशको राजधानी विराटनगरमा छ, भने काठमाडाैंमा शाखा कार्यालय रहेकाे छ ।

हाम्रो टिम

सम्पादक
रविन भट्टराई

 

सम्पर्क

केन्द्रीय कार्यालय : विराटनगर – ४, मोरङ
021-465302
9705660565
[email protected]
शाखा कार्यालय : थापागाउँ, काठमाडौं