काठमाडौं । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि सरकारले हैजाविरुद्धको खोप–औषधि रसुवा पठाएको छ। बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेसँगै रसुवामा हैजाविरुद्धको २१ हजार डोज खोप पठाइएको हो । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)को सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टरमार्फत आइतबार बिहान त्यसतर्फ पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ । यसै सन्दर्भमा […]
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन वैकल्पिक आपूर्ति प्रणालीलाई तीव्र बनाइएको छ। नियमित ढुवानीको मुख्य मार्ग अवरुद्ध भए पनि तराईका विभिन्न जिल्लास्थित उद्योगमा ग्यास भरेर वैकल्पिक सडकमार्फत काठमाडौं ल्याउने क्रम जारी छ। नेपाल आयल निगमका अनुसार भदौ १८ देखि २० गतेसम्म तीन दिनमा […]
काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४१ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय, नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेका शवमध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ वटा शव पहिचान गर्न […]
विराटनगर । महिला प्रहरी कर्मचारीलाई महिनावारीका समयमा आवश्यक महिनावारी प्याड सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा प्याड भेन्डिङ मेसिन जडान गरिएको छ। महिला प्रहरी कर्मचारीको महिनावारी स्वास्थ्य तथा स्वच्छतालाई ध्यानमा राख्दै कार्यालय परिसरमा ह्वाइट मून ब्रान्डको प्याड भेन्डिङ मेसिन जडान गरिएको हो। आवश्यक परेको समयमा कार्यालयमै सहज रूपमा प्याड उपलब्ध हुने […]
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत वडा अधिवेशन एक साता पछि सार्ने तयारी गरिएको छ। आज बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा तल्लो तहका अधिवेशनको मिति परिवर्तनबारे छलफल हुने भएको छ। सभापति गगन थापाले दिउँसो १ बजे कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मिति १६ देखि १९ असोजमै गर्ने गरी तल्लो तहको कार्यतालिका […]
काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ। अघिल्लो कारोबार दिनको तुलनामा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार १०० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन प्रतितोला ३ लाख ७ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार ३ हजार १०० रुपैयाँले घटेर प्रतितोला ३ लाख ४ […]
कायरो । इजिप्टमा एक टेलिभिजन प्रस्तोता र अन्य ११ जनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय तोकेको छ । इजिप्टको सरकारी अखबार अल अकरमलाई उद्धृत गर्दै बीबीसीले जनाए अनुसार उनीहरू एक आपराधिक गिरोहमा संलग्न थिए । उक्त गिरोहले लागू औषध निर्माणका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट मगाउने गरेको र त्यसबाट उत्पादन भएको लागु औषध इजिप्टमा बेच्ने गर्दथ्यो […]
काठमाडौं । पूर्वी चीनको जियाङ्सी प्रान्तस्थित जियान सहरको सुइचुआन काउन्टीमा शनिवार बिहान गएको पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने ११ जना अझै बेपत्ता भएका छन् । स्थानीय अधिकारीहरूकाअनुसार शनिवार बिहान करिव ४ बजेतिर एक गाउँमा उक्त प्राकृतिक विपद् आएको हो । काउन्टीको बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयकाअनुसार ‘साउदेल’ आँधीका कारण केही दिनदेखि […]
चितवन । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमुना संकलन र पहिचान गर्ने काम भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्र भूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत […]
काठमाडौं । पछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको छ । नेपाल प्रहरीले अध्यावधिक विवरण सार्वजनिक गर्दै विभिन्न सडकखण्डको अवस्थाबारे जानकारी गराएको छ। काठमाडौँको चन्द्रागिरि नगरपालिका-२ स्थित चिसापानी र ललितपुरको बागमती गाउँपालिका-३ भट्टेडाँडामा पहिरोका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ । काठमाडौँ-धादिङ र […]